मंसिर २०, २०८२ शनिबार | १४:२३:५७
सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ

विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य

काठमाडौं । क्वालिफायरमा स्थान बनाइसकेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल)मा विराटनगर किंग्सविरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार र्कीतिपुरस्थ्ति त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १४७ रनको योगफल खडा गर्यो । १२औं ओभरसम्म ६ भन्दा कमको रनरेटमा ब्याटिङ गरेको सुदूरपश्चिमका लागि इशान पाण्डे र आरिफ शेखले पारीलाई उकासेका थिए । दुबैले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे ।

आरिफ ३२ बलमा एक चौका र तीन छक्कासहित ४५ रनमा अविजित रहे । इशानले ३८ रन बनाए । त्यस्तै ओपनर जस ब्राउनले २४ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरिले १९ रनको योगदान गरे । यसैगरी ओपनर विनोद भण्डारी १५ रनमा पवेलियन फर्किए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा २० रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै प्रतीस जिसी र वसीर अहमदको नाममा समान एक विकेट रह्यो ।

ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा सुदूरपश्चिमले एक विकेट गुमाउँदै ३६ रन जोडेको थियो । चौथो ओभरको चौथो बलमा विनोदलाई वसीरले बोल्ड गरिदिए ।

आठौं ओभरको अन्तिम बलमा ब्राउनलाई लामिछानेले साम हेजलेटबाट क्याच गराए । त्यसपछि इशान र दीपेन्द्रले पारी उकासेका हुन् ।  १७औं ओभरको पहिलो बलमा इशानलाई लामिछानेले मार्सेन्ट डी ल्याङबाट क्याच गराउँदै विराटनगरलाई ‘ब्रेकथ्रु’ दिलाए । लगत्तैको बलमा हर्मित निरीह बने । यसपाली क्याच लिने खेलाडी थिए, फाफ डुप्लेसी ।

हर्मितको विकेटपछि क्रिजमा आए दीपेन्दसिंह ऐरि । ऐरिले आरिफसँग मिलेर पाँचौं विकेटका लागि २९ रनको साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा ऐरिलाई प्रतीस जिसीले हेजलेटबाट क्याच गराए । अन्तिम बलमा दीपक बोहरा बोल्ड भए ।
 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas