फाल्गुन १७, २०८२ आइतबार | ०६:२८:१३
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन नेपाली भलिबल

‘ट्र्यु लिजेन्ड’ हुने बाटोमा अरुणा

काठमाडौं । खेल्न सुरु गरेपछि एक दिन त्यसबाट टाढिनुपर्छ । यो त स्वाभाविक नियति न हो । कुनै दिन त्यस्तो आउने छ, जतिबेला अरुणा शाहीले भलिबलबाट संन्यास लिने छिन् । त्यतिबेला उनको सही पहिचान हुनेछ, ‘ट्र्यु लिजेन्ड’ को । यो प्रसंग किनभन्दा उनले संन्यास लिन लागेकी होइनन् । बरू अहिले नै आँकलन मात्र हो, त्यतिबेला उनको परिचय दिँदा सबैभन्दा उपयुक्त शब्द के हुन्छ भनेर । भर्खरै अरुणाकै नेतृत्वमा नेपालले काभा वुमन्स नेसन्स लिग भलिबल खेल्यो र उपविजेतामै चित्त बुझायो ।

फेरि एकपल्ट उपाधिसम्मको यात्रामा भारतले अवरोध पुर्यायो । फाइनलपछि मिडियासामु प्रस्तुत हुँदा त्यसको कारण खोज्ने क्रममा अरुणासँग शब्दको कमी देखिन्थ्यो । त्यसै पनि कम बोल्ने बानी । उनी प्रस्ट स्तब्ध देखिन्थिन् । उनी लगभग माफी माग्ने मनसायमा थिइन्, नेपालको हारका लागि । तर हाम्रो धारणा हो, अरुणाले यो हारमा माफी माग्नुपर्ने कुनै कारण छैन । नेपाली भलिबलका लागि उनले जति गरिन्, त्यो आफैंमा ठूलो, बृहत र अतुलनीय भइसकेको छ ।

साढे चार दशक जति पुरानो महिला भलिबलको इतिहास पल्टाउने हो भने त्यसमा जति खेलाडी आए र गए । त्यसमध्ये अरुणाको योगदान सबैभन्दा बढी छ, यसो भन्न दुविधा छैन । नेपाली महिला भलिबलको अनुहार हुन्, उनी । लिग चरणमा नेपालले भारतलाई हराउँदा पनि अवाक जस्तै थिइन्, शब्द नै फुटिरहेको थिएन । यस्तो नहोस् पनि किन र ? आखिरमा भारतमाथि जित निकाल्ने सपना पहिलो पटक पूरा भएको अवसर थियो । त्यतिबेला पनि मिडियासामु प्रस्तुत हुँदा उनी शून्यतामै हराइरहेकी देखिन्थिन् ।

अरुणाको योगदानको अहिले चर्चा तथ्यांकको आधारमा गरिएको होइन, यो बढी भावनात्मक हो । तथ्यांकले त भन्छ नै उनी नम्बर एक भलिबल खेलाडी हुन् भनेर । उनकै नेतृत्वमा नेपालले पहिलो उपाधि जितेको थियो ।

तर, भारतलाई हराउन सकिन्न भन्ने एउटा मिथक भने तोडिएकै थियो । नेपाली महिला भलिबलले पछिल्लो समय गरेको प्रदर्शनको सार हो, टिम आफैंमा त्यति कमजोर रहेन, जति पहिले थियो । सुरु/ सुरुमा यही भारतीय टिमले नेपालविरुद्धको खेल सजिलै जित निकाल्थ्याे । अब त्यस्तो दिन रहेन । भारतले पनि नेपाललाई हराउन संघर्ष गर्ने दिन आइसके, नेपालको सामना गर्दा प्रतिद्वन्द्वीको रूपमा सम्मान दिन भारत बाध्य हुन थालेको छ ।

यो केही नभएको स्थितिबाट अहिलेको अलिकति केही भएको स्थितिसम्मको यात्रामा कोही एक खेलाडीको सबैभन्दा बढी योगदान भएको छ भने तिनै अरुणा हुन् । अबको स्थिति हो, अरुणालाई मन पराउन पनि सकिन्छ, नपराउन पनि सकिन्छ । तर, उनलाई बेवास्ता गर्न सकिन्न । जब नेपाली महिला भलिबलको चर्चा हुनेछ, त्यसमा अरुणाको नाम सबैभन्दा अगाडि आउने छ । त्यसमा उनको नाम कहिल्यै छुट्ने छैन । छुटे, त्यो इतिहास हुने छैन, बदनियतको एक लेखन मात्र हुनेछ ।

अरुणाको योगदानको अहिले चर्चा तथ्यांकको आधारमा गरिएको होइन, यो बढी भावनात्मक हो । तथ्यांकले त भन्छ नै उनी नम्बर एक भलिबल खेलाडी हुन् भनेर । उनकै नेतृत्वमा नेपालले पहिलो उपाधि जितेको थियो । यस्तो सूची बनाउँदै जाने हो भने त्यो लामो हुनेछ । त्यता जाँदै नजाऔं । जसरी अरुणा भारतमाथिको जितपछि अवाक् भइन्, त्यसरी नै हामी भावनात्मक रूपमा अवाक् भएर भन्छौं, साँच्चै उनी ‘ट्र्यु लिजेन्ड’ हुने बाटोमा छिन् ।उनी भन्छिन्, ‘मेरो पहिलो प्रेम भलिबल नै हो ।’ अरुणाले नेपाली भलिबलमा बिताएको समय केही नभए पनि १८ वर्षको हाराहारी छुन लागेको छ । दुई दशक जतिको समय हुनै लाग्यो । समग्र नेपाली महिला भलिबलकै इतिहास साढे चार दशकजति मात्रै छ । त्यसको लगभग आधा भागमा अरुणा कुनै न कुनै रूपमा संलग्न छिन् । निश्चित छ, नेपाली भलिबल नै उनीप्रति सधैं अनुग्रहित रहने छ । उनी जत्तिको खेलाडी बारम्बार आउने छैन, ‘ट्र्यु लिजेन्ड’ केहीमात्र हुने गर्छन् । अरुणा त्यसमध्येकी एक हुन् ।