मंसिर १८, २०८१ मंगलबार | २२:२५:४९
नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन मनाङको सहज जित अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित पहिला ब्याटिङ गर्न हामी मानसिक रूपमा तयार थियौँः दीपेन्द्रसिंह ऐरी चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट एकै ओभरमा पोखराले तीन विकेट गुमायो भुर्तेल पहिलो बलमै आउट नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन मनाङको सहज जित अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित पहिला ब्याटिङ गर्न हामी मानसिक रूपमा तयार थियौँः दीपेन्द्रसिंह ऐरी चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट एकै ओभरमा पोखराले तीन विकेट गुमायो भुर्तेल पहिलो बलमै आउट
शनिबारको दिन चन्द्रा भण्डारी

धनगढीबाट चम्केकी चन्द्राको एउटै सपना

काठमाडौं । महिला फुटबल विकासमा के के न गर्छौं भन्दै चर्को भाषण गर्ने अखिल नेपाल फुटबल संघका लागि महिला टोलीले साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिपमा गरेको प्रदर्शन गतिलो झापड हुनसक्छ ।

महिला फुटबलको घरेलु संरचनमा मौन बस्ने एन्फाले पछिल्लो दुई वर्षमा फिफाबाटै अनुदान आउने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बाहेक माखो मार्न सकेको छैन ।

एन्फाले पछिल्लो पटक २०७८ सालमा चितवनमा महिला राष्ट्रिय लिग सुरु गरेको थियो । चितवनमा पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरण विराटनगरमा हुने भनिएको थियो । तर एन्फामा नयाँ नेतृत्व आएपछि आधा बाटोमा पुगेको लिगलाई त्यतिमै रोकेर तत्काल शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई विजेता घोषणा गर्यो ।

उनको यो लय चितवनमा भएको महिला राष्ट्रिय लिगको पहिलो चरणमा पनि कायम रह्यो । पहिलो चरण सकिँदासम्म धनगढी चौथो स्थानमा थियो । तर त्यसक्रममा चन्द्राले ८ गोल गरिसकेकी थिइन् ।

लिग पूरा नहुँदा निराश भए पनि धनगढीकी खेलाडी चन्द्रा भण्डारीलाई भने विभागीय टोली हुँदै महिला राष्ट्रिय टोलीमा स्थान बनाउन उक्त प्रतियोगिता नै एउटा प्रमुख कारण बन्यो ।

राष्ट्रिय महिला लिगको छनोट प्रतियोगिताको रूपमा रहेको उपमेयर कप महिला फुटबल प्रतियोगितामा च्याम्पियन बन्दै धनगढी टिम लिगलाई छानिएको थियो । धनगढीको सफल यात्रामा चन्द्राको भूमिका महत्त्वपूर्ण थियो । ललितपुर महानगरपालिकालाई पेनाल्टी शुटआउटमा हराउँदै विजेता बनेको धनगढीबाट चन्द्राले प्रतियोगिताभर ९ गोल गरेकी थिइन् ।

उनको यो लय चितवनमा भएको महिला राष्ट्रिय लिगको पहिलो चरणमा पनि कायम रह्यो । पहिलो चरण सकिँदासम्म धनगढी चौथो स्थानमा थियो । तर त्यसक्रममा चन्द्राले ८ गोल गरिसकेकी थिइन् ।

उनले विभागीय क्लब नेपाल पुलिस क्लबविरुद्ध दुई गोल गरेकी थिइन । दोस्रो चरणमा थप उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई राम्रो स्थानमा उभ्याउने उनको चाहना एन्फा नेतृत्वको गैरजिम्मेवारपनका कारण पूरा हुन पाएन ।

‘हामीले राष्ट्रिय महिला लिगको पहिलो चरणमा राम्रो प्रदर्शन गरेका थियौं । दोस्रो चरणमा थप सुधारिएको प्रदर्शनका साथ राम्रो स्थानमा रहेर लिग टुंग्याउने लक्ष्य थियो । तर, लिग नै पूरा नभएपछि हाम्रो सपना पनि अलपत्र पर्यो,’ चन्द्राले सुनाइन्, ‘राम्रो प्रदर्शन गर्दागर्दै प्रतियोगिता पूरा खेल्न नपाउनुको निराशा एउटा खेलाडी र टिमका लागि के होला ? तैपनि फुटबलमै केही गर्ने प्रयासमा छौं ।’

धनगढीमा आयोजना भएको महिला गोल्डकपमा पनि उनको प्रभावशाली प्रदर्शन कायम रह्यो । उनको टोली  सेमिफाइनलसम्म यात्रा तय गर्न सफल भयो ।

आर्मीमा अनुबन्ध भएसँगै राष्ट्रिय टोलीमा स्थान बनाउने सपना देखेकी चन्द्राले त्यसका लागि भने पाँचौं अवसर कुर्नुपर्यो ।

सिनियर टोलीमा स्थान बनाउने प्रतीक्षामा रहेकी चन्द्राले उमेर समूहको प्रतियोगितामा राष्ट्रिय युवा टोलीको प्रतिनिधित्व गरिसकेकी थिइन् ।

सन् २०१८ मा भुटानमा सम्पन्न साफ यु–१६ प्रतियोगितामा उनले दुई गोल गरेकी थिइन । नेपाली टोली फाइनलमा भुटानसँग निराश भएको थियो । सन् २०२० मा साफ यु–१९ प्रतियोगितामा बंगलादेशसँग निराश भएको खेलमा पनि उनी नेपाली टोलीको सदस्य थिइन् ।

महिला लिगमा गरेको उत्कृष्ट प्रदर्शनसँगै उनलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले अनुबन्ध गर्यो । प्रशिक्षक चक्र तामाङले उनलाई आर्मीबाट खेल्न प्रस्ताव गरेका थिए । घरेलु महिला फुटबलमा विभागीय क्लब आर्मी, एपिएफ र पुलिसको प्रभाव विशेष रहँदै आएको छ । यससँगै उनको विभागीय क्लबबाट खेल्ने लक्ष्यले पनि पूर्णता पायो । उनले गण्डकी प्रदेशमा गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा आर्मीको प्रतिनिधित्व गरेकी थिइन् ।

आर्मीमा अनुबन्ध भएसँगै राष्ट्रिय टोलीमा स्थान बनाउने सपना देखेकी चन्द्राले त्यसका लागि भने पाँचौं अवसर कुर्नुपर्यो ।

‘राष्ट्रिय महिला टोलीबाट खेल्ने सपना थियो । त्यसका लागि मिहिनेत पनि गरेकी थिएँ,’ चन्द्राले भनिन, ‘तर चार पटक प्रारम्भिक टोलीमा छानिए पनि अन्तिम टोलीमा भने स्थान बनाउन सकिनँ । तर, मैले मिहिनेतलाई निरन्तरता दिएँ । त्यसको फल पाँचौं पटकको प्रयासमा मिल्यो । म राष्ट्रिय टोलीको अन्तिम छनोटमा सफल भएँ । राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान उत्रने सपना पनि पूरा भयो ।’

धनगढीबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय स्तरमा पुग्दा उनी आफूलाई फुटबल खेल्न प्रेरित गर्ने प्रशिक्षक राघव कार्की, सुशील राना मगर, डबलबहादुर थापालगायतप्रति कृतज्ञ छिन् ।

वाफ महिला च्याम्पियनसिपमा इराकविरुद्धको खेलसँगै उनले महिला राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन् । उनी खेलको ७९औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । उक्त खेल नेपालले ५–० को नतिजामा जितेको थियो ।

‘मैले जुन खेलाडीहरूको खेल हेर्दै उहाँहरूलाई आदर्श मान्दै आएकी थिएँ । अहिले उहाँहरूसँगै एउटै टिमबाट खेल्न पाउँदा निकै खुसी छु,’ चन्द्राले राष्ट्रिय टोलीबाट खेल्दा क्षण सुनाइन्, ‘यो मेरा लागि विशेष क्षण हो । मेरो डेब्यु खेलमा टिमको रूपमा हामीले सानदार जित निकाल्न सफल भयौं । प्रतियोगितामा उपविजेतामा सीमित भए पनि हामी आफ्नो छाप छोड्न सफल भयौं । अझै मिहिनेत गरे धेरै गर्न सकिन्छ भन्ने लागेको छ ।’

उनलाई आफ्नो पोजिसनमा आफूभन्दा सिनियर दिदीहरू निकै बलियो रहेको थाहा छ । त्यसैले राष्ट्रिय टिममा पर्न र मैदानमा उत्रने मौका पाउन गर्नुपर्ने संघर्षबारे पनि उनी जानकार छिन् । तथापि सबैखाले दबाब झेल्दै मिहिनेतका साथ सिनियर दिदीहरूको स्थान लिनेमा उनी विश्वस्त छिन् । उनको अबको सपना जपना नै राष्ट्रिय टोलीको पहिलो रोजाइको टिममा पर्नुहुनेछ ।

धनगढीबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय स्तरमा पुग्दा उनी आफूलाई फुटबल खेल्न प्रेरित गर्ने प्रशिक्षक राघव कार्की, सुशील राना मगर, डबलबहादुर थापालगायतप्रति कृतज्ञ छिन् ।

उनको अठोट छ, ‘मेरो करियरमा राघव गुरु, सुशील दाइ र डबलबहादुर काकाहरूको धेरै ठूलो प्रेरणा छ । उहाँहरूकै कारण अहिले यहाँसम्म पुगेको छु । आगामी दिनमा अझै मिहिनेत गर्दै उहाँहरूलाई थप गौरवान्वित बनाउने छु । देशका लागि योगदान गर्न उहाँहरूले दिनुभएको प्रेरणा साकार बना