काठमाडौं । नवीन न्यौपाने । यी हुन् नेपाली फुटबल इतिहासका मिलनसार र भलाद्मी खेलाडीमध्ये एक । नवीनले बोकेको अर्को परिचय हो, सबै पोजिसनमा उत्तिकै न्याय गर्न सक्ने खेलाडी ।
नवीनको परिचय यतिमै सकिँदैन । नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीको छवि बलियो बनाउने सिमेन्ट हुन् नवीन । अनि समकक्षीबीच सबैका प्यारो ‘बाजे’ । बाजे अर्थात फुटबल परिवारभित्र सीमित हुने गरी उनलाई दिइएको माया मिश्रित उपनाम ।
नेपाली राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीनले फुटबलमा बिताएको समय ३० वर्ष हुन लागिसकेछ । यो तीन दशकको फुटबल यात्रामा उनले धेरै उतारचढाव भोगेका छन् । नेपाली फुटबलबारे उपन्यास लेखिने हो भने नवीनका किस्साहरूले पनि पाठकलाई मनोरञ्जन दिन सक्छ । कतिपय घटनाहरूमा मन रुँदो पनि हो ।
कुनै समय उमेर समूहमा नेपाली टोलीको कप्तान रहेका नवीनले सन् २००२ देखि २००८ सम्म अन्तर्राष्ट्रिय फुटबलमा देशको प्रतिनिधित्व गरे । उनी चार पटक घरेलु फुटबलको शीर्ष डिभिजन सहिद स्मारक लिग जित्ने भाग्यमानी खेलाडीमध्ये एक हुन् ।
मनाङले ६० को दशक घरेलु लिगमा राज गर्दा नवीनको भूमिका उल्लेखनीय थियो । प्रशिक्षण करिअरमा पनि उनले आफ्नो प्रभुत्व जमाएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबमा सात वर्ष बिताउँदा उनले दुई दर्जनभन्दा बढी उपाधि जिते । भर्खरै उनले राष्ट्रिय टोली सम्हाल्ने सौभाग्य प्राप्त गरेका छन् ।
नेपाली फुटबलमा बिताएको लामो यात्रामा नवीनले विभिन्न रोचक घटनाहरू भोगेका छन् । कतिपयमा साक्षी बनेका छन् । नेपाली फुटबलका अलराउन्डर नवीन न्यौपानेको उतारचढावपूर्ण करियरका ९ महत्त्वपूर्ण मोड:
१. मनाङको गोल्डेन जेनेरेसनका प्रमुख खेलाडी
नवीनले २०५३ सालमा नक्साल युवा मण्डलबाट उच्च श्रेणीको फुटबल सुरु गरेका थिए । अर्को वर्षको ‘ए’ डिभिजन लिग नक्सालबाटै खेले । २०५५ सालमा पूर्व खेलाडी विराटजंग शाहीले प्रशिक्षकको जिम्मेवारी लिएपछि नवीन मनाङमा आबद्ध भए ।
२०५२-५३ तिर नवीनले काठमाडौं जिल्लाबाट सानमिगेल यु-१६ कप खेलेका थिए । उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको चयन त्यतिबेला सानमिगेल कपमा गरेको प्रदर्शनका आधारमा गरिन्थ्यो । राजेश राही, दीपक लामा र नवीनसम्मिलित काठमाडौं च्याम्पियन भएको थियो । काठमाडौंको प्रशिक्षक शाही नै थिए ।
काठमाडौंका लागि गरेको त्यही प्रदर्शनले नवीनसँगै राजेश र दीपकका लागि मनाङको ढोका खुलेको हो । शाहीले यी तीन खेलाडीसँगै अन्य जिल्लाबाट सानमिगेल कपमा राम्रो प्रदर्शन गरेका वसन्त थापा, वसन्त गौचन, अनिल सुब्बा, राजन रायमाझी र नारायण मानन्धरलाई पनि टोलीमा सामेल गरे । टोलीमा सिनियर खेलाडी कुमार थापा पहिले नै थिए । पहिलो सिजन २०५६ मा मनाङले लिग जितेन । त्यसलगत्तै मनाङले २०५७, २०६० र २०६२ मा गरी चार संस्करणमध्ये तीन पटक लिग जित्यो ।
नवीन काठमाडौंका रैथाने बाहुन हुन् । त्यसैले साथीहरूले उनको उपनाम बाहुन बाजे हुँदै बाजे राखिदिएका थिए । मनाङको पहिलो वर्षदेखि नै नवीनलाई सबैले बाजे नै भन्थे ।
‘म आफूलाई मनाङको गोल्डेन जेनेरेसनको खेलाडी भन्न पाउँदा निकै गर्व गर्छु । मनाङको जर्सी लगाउँदा मणि (शाह) दाइको विरासतलाई निरन्तरता दिइरहेको महसुस हुन्थ्यो । मणि दाइहरूको पनि एउटा छुट्टै जेनेरेसन थियो । उहाँहरुले ‘डी’ डिभिजन छनोटदेखि शीर्ष डिभिजनसम्म क्लबलाई पुर्याउनुभयो । त्यसपछि तीन पटक लिग नै जित्नुभयो । त्यस्तो टोलीमा खेल्न पाउनु आफैंमा सौभाग्यको कुरा थियो,’ नवीन नोस्टाल्जिक हुन्छन्, ‘मनाङ र थ्री स्टारको खेल हेर्न ठमेल र पाटनका पसल सबै बन्द हुने समय थियो त्यो । मनाङका खेलाडीमा छुट्टै खालको टिम बन्डिङ थियो । उमेर समूहमा खेलेर पनि होला तालमेलमा कुनै समस्या थिएन । गल्ती गर्दा गाली गर्ने भन्ने हुँदैनथ्यो । आँखा जुधाएरै एकअर्काको कुरा बुझिन्थ्यो । जुनसुकै टोली आए पनि हराउन सक्छौं जस्तो लाग्थ्यो ।’
नवीनले त्यसपछि विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, शिव श्रेष्ठ, नीराजन मल्लसम्मिलित अर्को पुस्तासँग पनि केही वर्ष बिताए । नवीनले विशालको पुस्तासँगै २०७० मा मनाङबाट अर्को लिग उपाधि चुम्न पाए ।
विशालहरूले पछि मनाङबाट ०७५ मा थप अर्को लिग उपाधि जिते ।
२. बाजे अनि हर्लिक्स
नेपाली फुटबलमा उपनाम नभएका खेलाडी सायदै होलान । फुटबल परिवारभित्र वास्तविक नामले पुकारिने खेलाडी निकै कम छन् । नवीनलाई सबैले बाजे भनेर बोलाउँछन् । अहिले पनि नवीन खेल्ने बेलादेखि रिपोर्टिङ गर्ने पत्रकार तथा समकालीन खेलाडीलाई बाजे उपनाम प्यारो लाग्छ । खासमा यो बाजे उपनामचाहिँ कसरी सिर्जना भयो ?
नवीन काठमाडौंका रैथाने बाहुन हुन् । त्यसैले साथीहरूले उनको उपनाम बाहुन बाजे हुँदै बाजे राखिदिएका थिए । मनाङको पहिलो वर्षदेखि नै नवीनलाई सबैले बाजे नै भन्थे ।
नवीन सुनाउँछन्, ‘टोलीमा जिस्किने, एकअर्काको मजाक उडाउने जस्ता क्रियाकलापहरू भइरहन्थे । मैले वसन्त (थापा र गौचन) लाई भोटे भनेर बोलाउँथें । त्यसपछि उनीहरूले पनि मलाई बाहुन बाजे भन्न थाले । प्रशिक्षणका दौरान होस् वा रंगशालामा बल माग्दा यही नामले एकअर्कालाई पुकाथ्र्यौं । पछि अरू टोलीका खेलाडीले पनि थाहा पाउँदै गए । मनाङमा प्रायः सबैको उपनाम छ । राजेश (शाही) लाई अहिले पनि ओइ ! खरायो भनेर बोलाउँछु । राजेन्द्र (तामाङ) सिडी भइहाल्यो ।’
अनि हर्लिक्स नि ? नवीन एकैछिन् हाँस्छन् अनि दुई दशकअघिको त्यो कुरा सम्झन्छन्, ‘६० सालको कुरा हो । संकटाविरुद्ध हाम्रो लिग खेल चलिरहेको थियो । राइट साइडबाट क्रसिङ बल आएको थियो । बलसँग मेरो खुट्टाको कन्ट्याक त्यस्तो राम्रो भयो कि मैले पेनाल्टी बक्सभित्र दौडेर हानेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । विपक्षी गोलकिपर उज्ज्वल (मानन्धर) हल्लिन पनि पाएनन् । मूर्ति जस्तै बसिरहे । त्यो प्रहार हेरिसकेपछि मिडिया बक्समा रहेका एकजना पत्रकारले कस्तो हर्लिक्स शट हानेको भनेर भन्नुभयो । त्यसपछि मलाई हर्लिक्स भनेर पनि भन्न थाले ।’
३. नवीन र जीवेशलाई एन्फाको कारबाही
नवीनले २००० जुनमा काठमाडौंमै भएको एएफसी यु–१६ च्याम्पियनसिप छनोटमा पहिलो पटक देशको प्रतिनिधित्व गरेका थिए । त्यतिबेला समूह विजेता बन्दै नेपाल फाइनल चरणमा पुगेको थियो । त्यसपछि उनी फाइनल चरण खेल्न भियतनाम पनि गए । त्यहाँ नेपालले एक खेल पनि जितेन । नवीनले त्यसपछि २००३ अप्रिलमा प्यालेस्टाइनविरुद्धको एएफसी ओलम्पिक छनोटको पहिलो चरणमा यु-२३ टोलीको पनि प्रतिनिधित्व गरे । दशरथ रंगशालामा सम्पन्न दुई लेगमा नेपालले ३-१ को समग्र पराजय बेहोरेको थियो । यही दौरान नवीनले जनवरी २००३ मा साफ च्याम्पियनसिपको पाँचौं संस्करणमा आयोजक बंगलादेशविरुद्ध ‘डेब्यु’ गरे । समूह चरणको उक्त खेलमा नेपाल १-० ले पराजित भयो । नेपाल पछि समूह चरणबाटै बाहिरियो । बंगलादेशले भने पहिलो पटक उपाधि नै जित्यो ।
रावलपिन्डीस्थित पाकिस्तानी सेनाको मैदानमा टसका लागि कप्तान भए पनि नवीनले टिमको प्रतिनिधित्व गर्न पाएनन् । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा सिक्का हुराल्न आफै अघि सरे ।
त्यही वर्षको अन्त्यतिर नेपाली युवा टोली अर्को वर्ष मलेसियामा हुने एएफसी युथ च्याम्पियनसिपमा छनोट हुन सफल भएको थियो । एन्फा एकेडेमीका पहिलो पुस्ताका खेलाडीले भरिएको टोलीले उक्त छनोट प्रतियोगिता खेलेको थियो । अर्को वर्ष अर्थात २००४ सेप्टेम्बरमा युथ च्याम्पियनसिप हुँदै थियो ।
च्याम्पियनसिपमा यु-१९ टोलीसँगै चार सिनियर खेलाडी पनि राख्न पाउने नियम भएकाले एन्फाले उक्त च्याम्पियनसिपका लागि नवीनसँगै सिनियर टोलीबाट खेलिसकेका जीवेशकुमार (पाण्डे), रितेश थापा र जनक सिंहलाई टोलीमा बोलाएको थियो । प्रशिक्षक थिए, श्याम थापा ।
अनुभवी खेलाडीका हिसाबले प्रशिक्षक थापाले पछि नवीनलाई कप्तान र जीवेशलाई उपकप्तानको जिम्मेवारी नै दिए । तर, कथा यतिमै कहाँ सकिन्थ्यो र ! एन्फा एकेडेमीका खेलाडीहरू त्यतिबेला बानेश्वरको ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढ्थे । नवीन र जीवेश चाहिँ पुतलीसडकको शंकरदेव क्याम्पसमा बिबिएस । बन्द प्रशिक्षणकै दौरान सानो गौचरणमा अन्तर कलेज फुटबल प्रतियोगिता हुँदै थियो । प्रतियोगितामा ग्लोबल र शंकरदेव दुवैले सहभागिता जनाएका थिए । यही कारण एन्फाले प्रशिक्षणमा रहेका खेलाडीलाई कलेजबाट खेलेमा कारबाही हुने सूचना निकाल्यो ।
क्याम्पबाट हटाउने सूचना निकालेपछि ग्लोबलबाट एकेडेमीका खेलाडीहरू खेल्न डराए । उता नवीन र जीवेश भने दोधारमा थिए । क्याम्पस स्ववियूका सबै पदाधिकारीहरू साथी भएकाले उनीहरूकै जोडबलमा नवीन र जीवेशले फाइनल खेल खेले । फाइनल शनिबार भएकाले एन्फाले थाहा नपाउला भन्ने विश्वासमा खेल हेर्न पुगेका नवीन र जीवेशले खेले । उनीहरूको टोली च्याम्पियन पनि भयो ।
आइतबार बिहान अभ्यासमा खेलाडी लाइनअप गर्दै गर्दा महासचिव धिरेन्द्र (प्रधान) हातमा पत्रिका बोकेर मैदानमा आइपुगे । पत्रिकामा ‘राष्ट्रिय खेलाडीसम्मिलित शंकरदेव क्याम्पस च्याम्पियन’ शीर्षकको समाचार देखाउँदै अनुशासन मिचेको आरोपमा प्रधानले उनीहरूलाई क्याम्प छाड्ने निर्देशन जारी गरे । जुन स्वीकार्नुको विकल्प उनीहरूसँग थिएन ।
४. गणेश थापाको त्यो क्वाइन टस र नवीनको टर्निङ प्वाइन्ट
युथ च्याम्पियनसिपअघि मार्चमा पाकिस्तानको इस्लामावादमा भएको नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ, जसलाई हाल साग भनिन्छ)मा नवीन यु-२३ टोलीको कप्तान थिए । एन्फा एकेडेमीको पहिलो ब्याचका र केही सिनियर खेलाडी मिश्रित नेपाली टोली स्वर्ण पदकको प्रबल दाबेदार थियो । प्रशिक्षकमा थिए, कृष्ण थापा र ध्रुव केसी ।
फुटबल टोलीले प्रतियोगिताका लागि अन्य सबै खेलका खेलाडी, प्रशिक्षक, पदाधिकारी र खेल पत्रकार गरी झण्डै तीन सय जनासँगै भारतको बाटो हुँदै ट्रेनमार्फत इस्लामावादसम्म कठिन यात्रा गरेको थियो । व्यवस्थापन यतिसम्म भद्रगोल थियो कि एउटा सिटमा दुई जना बसेका थिए । फेरि खेलाडीले बोकेको सामानको भार पनि उस्तै गह्रोँ । तीन दिनको त्यो यात्रामा न खानेको ठेगान न त सुत्नेकै । त्यसैले कतिपय खेलाडी खेलअघि नै बिरामी भइसकेका थिए । जस्को असर प्रदर्शनमा पर्न गयो ।
नवीन आफ्नो करिअरकै टर्निङ प्वाइन्टमा थिए । पहिलो पटक देशको नेतृत्व गर्दै थिए । सागमा स्वर्ण जितेको भए राष्ट्रिय टोलीमा नवीनको यात्राले अर्कै रूप लिन्थ्यो । तर, भाग्यले उनलाई साथ दिएन । माल्दिभ्सले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएसँगै समूहमा तीन देशमात्र थिए ।
भुटान र नेपाल दुवैलाई श्रीलंकाले १-० को समान अन्तरमा हरायो । नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगियो । त्यसपछि प्रतियोगिताको नियमावलीअनुसार टस गरेर समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टिम चयनको प्रक्रिया सुरु भयो ।
नवीनको अनुपस्थितिका बावजुद मनाङले त्यो सिजन सुपर लिगमा थ्री स्टारलाई एक अंकले पछाडि पार्दै कीर्तिमानी सातौं पटक लिग जित्यो । नवीनले त्यो सिजन ३२ नम्बरको जर्सी लगाएका थिए । मनाङका समर्थक उनलाई लगाइएको प्रतिबन्धको विरोध गर्दै ३२ औं मिनेटमा ३२ चोटि ताली बजाउँथे ।
रावलपिन्डीस्थित पाकिस्तानी सेनाको मैदानमा टसका लागि कप्तान भए पनि नवीनले टिमको प्रतिनिधित्व गर्न पाएनन् । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा सिक्का हुराल्न आफै अघि सरे । थापाले फालेको सिक्का भुटानतर्फ ढल्कियो । र, नेपाली फुटबल टोली प्रतियोगिताको समूह चरणबाटै बहिरियो ।
‘त्यो क्वाइन गुरुररर गएर भुटानतर्फ ढक्लेको मलाई अझै पनि याद छ । भुटानका प्रतिनिधि खरे बस्नेत यअअअअस ! भनेर चिच्याएको अझै पनि बिर्सेको छैन,’ नवीन भावुक हुन्छन्, ‘पाकिस्तानको यो नतिजाले मेरो करियरमा धेरै प्रभाव पार्यो । सिक्काले हामीलाई कृपा गरेको भए मैले राष्ट्रिय टोलीको कप्तान भएर लामो समय योगदान गर्थें होला भन्ने अहिलेसम्म पनि लाग्छ ।’
५. एक वर्षे प्रतिबन्ध
भलाद्मी खेलाडीको छवि बोक्दै आएका नवीनले रेफ्रीलाई हात हालेको आरोपमा एन्फाबाट एक वर्षको प्रतिबन्ध पनि भोगे । २०७० माघ २५, दशरथ रंगशाला । अवसर थियो, सहिद स्मारक लिगमा थ्री स्टारविरुद्धको महत्त्वपूर्ण खेल । लिगमा त्यसपछि तीन खेलमात्र बाँकी थियो । हारले लिग जित्न मनाङलाई गाह्रो पर्ने अवस्था थियो ।
नवीनले रेकलेस ट्याकलका कारण पहेँलो कार्ड सामना गरिसकेका थिए । थ्री स्टारले थ्रोइन पायो । नवीन विपक्षी स्ट्राइकर सन्तोष साहुखललाई कभर गरिरहेका थिए । बल थ्रोइन भएलगत्तै सन्तोष चलाखीपूर्ण ढंंगबाट लडे । ठीक विपरीत साइडमा रहेका रेफ्री सुदीश पाण्डेले ठ्याक्क हेर्नु र सन्तोष लडेर ‘रेफ’ भनेर कराउनु एकैचोटि भयो । ‘सन्तोषले आफूलाई समातेर ‘प्रोफेसनल’ तरिकाले लडेको र त्यसमा आफ्नो केही गल्ती नभएको नवीनलाई लागेको थियो ।
तर रेफ्री पाण्डेलाई त्यस्तो लागेन । उनले थ्री स्टारलाई फ्रिकिकको अवसर दिए । रेफ्रीको त्यो निर्णयपछि रंगशालाको माहोल एकाएक परिवर्तन भयो । मनाङका खेलाडी रेफ्रीलाई घेर्न थाले । यही भिडभाडबीच नवीनले पाण्डेलाई कसरी फाउल भयो भन्दै हात लगाए ।
‘सुरुमा पाण्डेले मेरो त्यो प्रतिक्रियालाई सामान्य रूपमा नै लिएका थिए । तर, थ्री स्टारका रक्षक सन्दीप राईले रेफ्रीलाई हात हालेको छ, कार्ड दिनुपर्दैन ? सिनियर खेलाडी भन्दैमा कार्ड नै नदिने ? भनेर प्रश्न गरेपछि पाण्डेले मलाई साइडमा बोलाएर पहेँलो कार्ड देखाए,’ नवीनलाई ११ वर्षअघिको त्यो घटनाले अझै पोलिरहन्छ ।
नवीनले रातो कार्ड सामना गरेपछि मनाङ १० खेलाडीमा सीमित भयो । मनाङका खेलाडीको विरोधबीच खेल १०–१५ मिनेट रोकियो । थ्री स्टारले त्यही फ्रिकिकमा गोल गर्यो । मनाङले अन्त्यमा खेल हार्यो । नवीनको करियरमा त्यो पहिलो रातो कार्ड थियो ।
‘तीन खेल बाँकी थियो । म अन्तिम दुई खेल खेल्ने मनस्थितिमा थिएँ । तर, एक हप्तापछि एन्फाबाट रेफ्रीलाई हात हालेको आरोपमा अनुशासन समितिले नेपालभर हुने प्रतियोगितामा एक वर्षको प्रतिबन्ध लगाएको पत्र आयो । छानाबाट खसेजस्तै भएँ । खेलजीवनको उत्तरार्धमा थिएँ । सक्ने जतिलाई फोन गरें । एन्फामा पनि बारम्बार फोन गरिनै रहें । रेफ्रीलाई पनि सोधें । तर, केही भएन,’ नवीन सुनाउँछन्, ‘त्यतिखेर जस्तो तनाव जीवनमा कहिल्यै भएन । डिप्रेसनमै जान लागेको थिएँ ।’
नवीनको अनुपस्थितिका बावजुद मनाङले त्यो सिजन सुपर लिगमा थ्री स्टारलाई एक अंकले पछाडि पार्दै कीर्तिमानी सातौं पटक लिग जित्यो । नवीनले त्यो सिजन ३२ नम्बरको जर्सी लगाएका थिए । मनाङका समर्थक उनलाई लगाइएको प्रतिबन्धको विरोध गर्दै ३२ औं मिनेटमा ३२ चोटि ताली बजाउँथे । नवीन ३२ लेखिएका प्लेकार्डले प्यारापिट रंगिएका हुन्थे । दशरथ रंगशालामा मात्र नभई पोखरामा पनि यो विरोध चलेको थियो ।
६. खेलाडी, प्रशिक्षक अनि फेरि खेलाडी
प्रतिबन्ध लागेको दुई महिनापछि नवीनले मनाङको प्रशिक्षणको जिम्मेवारी लिए । मंगोलियामा भएको एएफसी प्रेसिडेन्ट कपमा नवीनले मनाङको नेतृत्व सम्हाले । खासमा उनी प्रतिबन्धमा थिए । तर, एएफसीको मापदण्डअनुसार लिग जिताएका प्रशिक्षक हरिओम श्रेष्ठसँग ‘बी’ लाइसेन्स नभएका कारणले गर्दा नवीनलाई क्लबले बोलाएको थियो ।
यसका लागि क्लबले एन्फामा नवीनसहितको नामावली पेस गरेको थियो । क्लबले नवीनविना नजाने अडान राखेपछि एन्फाले अन्तिममा नवीनलाई प्रशिक्षकको रूपमा स्वीकार गरेको थियो । मनाङले मंगोलियामा भएको प्रेसिडेन्ट कपको पहिलो चरणमा समूह विजेता बन्दै फाइनल चरणमा स्थान बनायो । श्रीलंकामा भएको फाइनल चरणमा एक खेल जितेको मनाङले समग्रमा तेस्रो स्थान हासिल गरेको थियो ।
नवीन सानोमा फुटबलभन्दा टेबलटेनिस राम्रो खेल्थे । पछि ०४७ सालमा नक्सालबाट विशालनगर सरेपछि फुटबलमा धेरै समय बिताए । जसका कारण टेबलटेनिस खेल्न कम भयो ।
‘एन्फाले गरेको कारबाहीप्रति अझै पनि सन्तुष्ट छैन । मैले गल्ती नै गरेको भए एन्फाले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक भएर प्रतिनिधित्व गर्न किन दियो ? भन्ने लागिरहन्छ,’ उनी तर्क गर्छन ।
प्रतिवन्ध अवधिभर नवीन मनाङको प्रशिक्षण टोलीसँगै रहे । २०७१-७२ को राष्ट्रिय लिगका लागि मनाङले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यलाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो । त्यतिबेलासम्म नवीनको प्रतिबन्ध समय सकिसकेको थियो । त्यसैले शाक्यकै आग्रहमा नवीनले थप एक सिजन खेलाडी जीवन बिताए ।
उक्त राष्ट्रिय लिगमा मनाङ अन्तिम खेलमा थ्री स्टारसँग २–० ले पराजित भएको थियो । थ्री स्टारलाई हराउँदा मनाङले लिग नै जित्ने समीकरण बनेको थियो । नवीनसँग राष्ट्रिय लिग जित्दै करियरको सुखद अन्त्य गर्ने मौका थियो । तर, भाग्यमा त्यस्तो लेखेको थिएन । थ्री स्टारविरुद्ध हार बेहोरेपछि मनाङले तेस्रो स्थानमा चित्त बुझायो । व्यावसायिक करियरपछि नवीनले शीर्षस्तरको प्रशिक्षक बन्न चाहिने ‘ए’ लाइसेन्स लिइहाले । अनि लगत्तै आर्मीमा आबद्ध भइहाले । आर्मीपछि उनी डेढ वर्षयता एन्फा एकेडेमी प्रमुखका रूपमा काम गर्दै आएका छन् । नवीन नेपालबाट ‘ए’ लाइसेन्स प्राप्त गर्ने पहिलो ब्याचका प्रशिक्षक हुन् ।
७. असाधारण र अलराउन्डर छवि
नवीन जुनसुकै पोजिसनमा उत्तिकै न्याय गर्न सक्ने असाधारण खेलाडी हुन् । विंगरबाट फुटबल यात्रा सुरु गरेका नवीनले पछि राइट ब्याक, लेफ्ट ब्याक पोजिसनबाट पनि खेले । सबै पोजिसनमा उनले उत्तिकै न्याय दिए । उनले विंग ब्याक खेल्दा होस् वा विंगर खेल्दा, उनको क्रसमा स्ट्राइकरले एक टच दिएपछि गोल निस्किन्थ्यो ।
नवीनको प्रभाव यतिसम्म हुन्थ्यो कि उनले स्ट्राइकरलाई त सजिलो बनाउँथे नै, कहिलेकाहीँ विपक्षी रक्षकहरू आफ्नै पोस्टमा गोल गर्न पुग्थे । एकचोटि त उनको अलराउन्डर गुणले हँदै पार गर्यो । उनले एउटा सिजन स्ट्राइकर पोजिसनमा खेलेर १३ गोल पनि गरेका छन् । यसबीच नवीनलाई मनपर्ने पोजिसन चाहिँ कुन हो ? नवीन भन्छन्, ‘मैले मेरो प्राइम समयमा विंगर खेलें । विंगर नै मनपर्छ ।’
मनाङको यात्राबीच उनले आफ्नो करियरमा एनआरटी र हिमालयन शेर्पाबाट पनि खेले । एनआरटीमा ०६४ देखि ०६७ सालसम्म खेलेका नवीन क्लबलाई प्रेसिडेन्ट कपसम्म पुर्याउन सफल भए । ०६७ सालको लिगमा एनआरटी पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा थियो । सोही उपलब्धिमा क्लबले २०१० को प्रेसिडेन्ट कपमा सहभागिता जनाउने मौका प्राप्त गरेको थियो । ०६७ मा लिग सम्पन्न हुँदा एनआरटीले तेस्रो स्थानमा चित्त बुझायो । हिमालयन शेर्पामा नवीनले एक सिजन बिताए । ०६८ को राष्ट्रिय लिगमा नवीनकै प्रेरणादायी प्रदर्शनमा हिमालयन शेर्पा उपविजेता बनेको थियो ।
८. चाडपर्व भगाउने छोराको फुटबल मोह
नवीन २०३६ सालमा माघे सङ्क्रान्तिका दिन नक्साल भगवतीबहालमा जन्मेका हुन् । नवीनकी एक दिदी छन् । संयोग के भने दिदीको जन्मदिन साउने सङ्क्रान्ति हो । त्यसैले नवीनकी आमा जहिल्यै भन्ने गर्छिन्, ‘अरू गतेहरू भयो भने अलमल हुन्छ भनेर भगवानले छोरीलाई साउन १ र छोरालाई माघ १ गते धर्तीमा पठाउनुभयो । छोरीले चाडपर्व लिएर आई अनि छोराले चाहिँ चाडपर्व भगाउने ।’
नवीन सानोमा फुटबलभन्दा टेबलटेनिस राम्रो खेल्थे । पछि ०४७ सालमा नक्सालबाट विशालनगर सरेपछि फुटबलमा धेरै समय बिताए । जसका कारण टेबलटेनिस खेल्न कम भयो ।
ज्वरो आइरहेका बेला नवीनले करियरकै टूलो अवसर पाएका थिए । उनी प्रस्ताव आउँदा एकदमै धेरै खुसी थिए । प्रशिक्षण समय धेरै नभएका कारण प्रेसर पनि उत्तिकै थियो । त्यसैले उनलाई नियुक्ति लगत्तै डबल ज्वरो आएको थियो ।
नवीन सुनाउँछन्, ‘विशालनगरमा टेबलटेनिस बोर्ड थिएन । खुला फाँटहरू थिए । दाइहरू फुटबल खेल्थे । म सानै थिएँ । विशालनगरदेखि धुम्बाराहीसम्म चारजना नवीन थिए । बास्केटबल नवीन, डल्ले नवीन, एन्फाका पूर्वअन्तर्राष्ट्रिय प्रमुख नवीन पाँडे अनि म फुच्चे नवीन । म राम्रो फुटबल खेल्थें । दाइहरू आफै खेल्न बोलाउन आउनुहुन्थ्यो । एकदिन उदयशमशेर (राणा) दाइले सानमिगेल प्रतियोगिताका लागि गौचरण लानुभयो । त्यहाँ मैले विराटजंग (शाही) दाइलाई पहिलो पटक भेटेको हुँ ।’
९. राष्ट्रिय टोलीको प्रशिक्षक
तीन साताअघि ज्वरोका कारण नवीन घरमा सुतिरहेका थिए । त्यहीबेला एन्फा महासचिव किरण राईबाट नवीनलाई फोन आयो । राईले नवीनलाई राष्ट्रिय टोलीको जिम्मेवारी दिने एन्फाको निर्णय सुनाए । राष्ट्रिय टोलीको जिम्मेवारी पाउनु ठूलो अवसर थियो । त्यसैले नवीनले अन्तरिम प्रशिक्षकको जिम्मेवारी स्वीकारे ।
पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको सम्झौता सकिएपछि नेपाल प्रशिक्षकविहीन थियो । राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रो लाइसेन्सको मापदण्ड रहेकाले तत्कालका लागि नवीनलाई अन्तरिमको जिम्मेवारी दिइएको हो ।
‘दुई वर्षअघि पनि मलाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको थियो । तर, त्यतिबेला म आर्मीको जिम्मेवारीमा रहेर नवौं राष्ट्रिय खेलकुदको तयारीमा थिएँ । अहिले विश्राम लिएर बसेका बेला आएको अवसर भएकाले स्वीकारें ।’
नेपालले यही नोभेम्बर १३ देखि १९ सम्म ताजकिस्तानमा दुई अन्तर्राष्ट्रिय फुटबल खेल्दै छ, आयोजक र अफगानिस्तानसँग । ज्वरो आइरहेका बेला नवीनले करियरकै टूलो अवसर पाएका थिए । उनी प्रस्ताव आउँदा एकदमै धेरै खुसी थिए । प्रशिक्षण समय धेरै नभएका कारण प्रेसर पनि उत्तिकै थियो । त्यसैले उनलाई नियुक्ति लगत्तै डबल ज्वरो आएको थियो ।अहिलेको टोली युवा छ, खेलाडीले प्रशिक्षणमा पनि पर्याप्त समय दिन सकेनन् । यो चुनौतीका लागि नवीन कत्तिको तयार छन् ?
नवीन भन्छन्, ‘मैले सबै माइन्ड मेकअप गरेर नै यो अवसर स्वीकारेको हुँ । मनाङ र आर्मीको टोली सम्हाल्दा मैले प्रेसिडेन्ट कप, एसियन क्वालिफायर्स जस्ता प्रतियोगितामा खेलाडीको नेतृत्व गरेको छु । ठूलो खेल खेलाउँदाको दबाव मलाई थाहा छ । अनि मैले आफ्नो खेलाडी जीवनमा खेलाडीहरूमा बन्डिङ राम्रो भए खेल जित्न सकिन्छ भन्ने कुरा सिकेको छु । यो टोलीमा पनि त्यही ल्याउने प्रयास गरेको छु । राष्ट्रिय टोलीको चुनौतीका लागि तयार छु ।’