मंसिर ६, २०८१ बिहीबार | १५:४३:४८
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन पुनम चन्द

महिला भलिबलकी गतिशील पुनम

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर पुनम चन्दलाई आफैंले भलिबल खेल्न थालेको सुरुआती दिनबारे धेरै याद छैन । खासमा त उनी सुरुमा एथलेटिक्स खेल्थिन् । गृहनगर महेन्द्रनगरमा स्कुलस्तरमा हुने दौड प्रतियोगितामा उनको नियमित सहभागिता हुन्थ्यो ।

स्कुले जीवनमै नजानिकनै भलिबलमा उनको पाइला पर्यो । त्यसपछि निरन्तर यही खेल पुनमको जीवनशैली बन्न पुग्यो । यही कारण हो, भलिबलमा पहिलो पाइला हालेको लामो समय नभए पनि उनी नेपाली महिला भलिबलमा एउटा स्टार खेलाडीको रूपमा स्थापित भएकी छन् ।

दुई पटक सेन्ट्रल एसियन भलिबल (काभा) महिला च्यालेन्ज कपमा एक उपाधि र एक कांस्य पदकसँगै दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदकको ताज पुनमको छोटो अन्तर्राष्ट्रिय भलिबल करिअरले हासिल गरिसकेको छ ।

‘राष्ट्रपति रनिङ सिल्डका लागि स्कुल स्कुलबीच छनोट प्रतियोगिता हुन्थ्यो । म आफ्नो स्कुलका सिनियर दिदीहरूले भलिबल खेलेको हेर्ने गर्थे । मलाई भलिबल खेल्न आउँदैनथ्यो । तर, खेलप्रति लगाव भएकाले दौडमा भाग लिन्थें,’ पुनम भन्छिन् ।

नेपालले सन् २०१९ मा काभा महिला च्यालेन्ज कपमा उपाधि जित्दा पुनम टिमकी सदस्य थिइन् ।  दुई वर्षपछि नेपालले उपाधि रक्षा गर्दा भने पुनम टोलीमा थिइनन् । २०१९ मा नेपालले आफैंले आयोजना गरेको सागमा रजत पदक जित्दा पनि टिममा उनको भूमिका महत्त्वपूर्ण थियो ।

सन् २०२३ मा नेपालले घरेलु कोर्टमै काभा महिला च्याम्पियनमा कांस्य जित्दा पनि पुनमको प्रदर्शन उच्च थियो । 

 पछिल्लो केही वर्षयता राष्ट्रिय टोलीमा नियमित रहेकी नेपाल पुलिस क्लबकी पुनमले घरेलु भलिबलमा थुप्रै उपाधि जितिसकेकी छन् । तथापि भलिबलमा सुरुआती दिन सम्झन अनुरोध गर्दा उनी अक्मकाउँछिन् । भलिबलमा लाग्नुको संयोग सम्झिँदा अलि अलि रोमाञ्चित पनि हुन्छिन् ।

‘सायद २०७२/७३ सालतिर हुनुपर्छ, म सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङ सिल्ड खेल्न पहिलो पटक काठमाडौं आएको थिएँ । हामी पहिलो खेलमै पराजित भयौं । मलाई विपक्षी टोलीबारे पनि थाहा थिएन,’ पुनम विगत स्मरण गर्छिन् ।

उनी भलिबल खेलाडी थिइनन् । तर, खेलप्रति विशेष लगाव भएकाले पूर्ण रूपमा खेलबाट अलग हुन पनि सक्दिन थिइन् । खेलप्रतिको त्यही लगावका कारण स्कुलस्तरको दौड प्रतियोगिताहरूमा सहभागी हुन्थिन ।

‘राष्ट्रपति रनिङ सिल्डका लागि स्कुल स्कुलबीच छनोट प्रतियोगिता हुन्थ्यो । म आफ्नो स्कुलका सिनियर दिदीहरूले भलिबल खेलेको हेर्ने गर्थे । मलाई भलिबल खेल्न आउँदैनथ्यो । तर, खेलप्रति लगाव भएकाले दौडमा भाग लिन्थें,’ पुनम भन्छिन् ।

आफ्नो सम्झनामा भएसम्म पुनमले भलिबलको सुरुआत आठ कक्षामा पढ्दा गरेकी हुन् । त्यो पनि अन्जानमै । ‘आठ कक्षामा पढ्दै गर्दा एकदिन सिनियरहरूले खेलेको हेरिरहेकी थिएँ । हेर्नेक्रममा अचानक बल म नजिकै आयपुग्यो । मैले हान्दा बल नेट पार गरेछ,’ पुनम रोमाञ्चित भइन्, ‘त्यतिबेला मलाई यो खेलबारेमा केही थाहा थिएन । तर, त्यसबाट प्रभावित भएर स्कुलका सियिनर, प्रिन्सिपल र गणित शिक्षकले भलिबल खेल्नुपर्छ भनेर सम्झाउन थाल्नुभयो । त्यसपछि मेरो भलिबल करिअर सुरु भएको हो ।’

राष्ट्रपति रनिङ सिल्डमा पराजित भए पनि पुनमको खेलले एभरेस्ट भलिबल क्लबका तत्कालीन प्रशिक्षक अर्जुन घिमिरेको ध्यान तान्यो ।

एसएलसी दिएपछि पुनमले राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टसँग महेन्द्रनगरमै तीन महिना प्रशिक्षण गर्ने मौका पाइन । यसले आफ्नो खेलजीवनमा ठूलो प्रभाव पारेको पुनमको बुझाइ छ । ‘जगदीश गुरुबाट पाएको त्यही प्रशिक्षणका कारण मैले भलिबलको प्रारम्भिक ज्ञान पाएँ । त्यो प्रशिक्षणले मेरो करिअर अगाडि बढाउन सहयोग गरेको छ,’ पुनमले सुनाइन् ।एभरेस्टले देखाएको बाटो

एभरेस्ट भलिबल क्लबमा रहँदा पुनम ( ५ नम्बरको जर्सीमा) ,तस्विरः अर्जुन घिमिरेको फेसबुकबाट

स्कुले जीवनमै भलिबल खेल्न सुरु गरे पनि पुनमलाई खेलको प्राविधिक पक्षबारे गहकिलो ज्ञान थिएन । बुटवलको एभरेस्ट भलिबल क्लबले पुनमको क्षमता निखार्ने काम गर्यो । एभरेस्ट आउनुलाई पुनम आफ्नो करिअरको टर्निङ प्वाइट मान्छिन् ।

राष्ट्रपति रनिङ सिल्डमा पराजित भए पनि पुनमको खेलले एभरेस्ट भलिबल क्लबका तत्कालीन प्रशिक्षक अर्जुन घिमिरेको ध्यान तान्यो । त्यसपछि उनले पुनमलाई क्लबबाट खेल्न प्रस्ताव गरिहाले ।

‘अर्जुन सरले फोन गर्नुभएको थियो । उहाँले एभरेस्टमा आए पूरा स्कलरसिपमा पढ्न र भलिबल सिक्न पनि पाइने भन्नुभयो,’ पुनमले भनिन्, ‘एसएलसी सकिएपछि म एभरेस्ट गएँ । पहिले खेलिरहेको भए पनि भलिबलको बारेमा खासै ज्ञान थिएन । एभरेस्टमा आएपछि मैले भलिबल के हो भनेर बुझें । यो नै मेरो करिअरको टर्निङ प्वाइन्ट हो ।’

पुलिसले दिलाएको चर्चा

केही वर्ष एभरेस्टमा बिताएपछि पुनमको यात्रा विभागीय टोली नेपाल पुलिस क्लबतिर मोडियो । सन् २०१९ मा पुलिसका लागि ‘डेब्यू’ गरेपछि पुनमको चर्चा राष्ट्रियस्तरमा हुन थाल्यो ।

‘पुलिस आएपछि मैले सिनियर खेलाडीबाट धेरै कुरा सिक्न पाएँ । प्रहरी संगठन प्रमुख र एकेडेमी प्रमुखले पनि निकै सहयोग गर्नुभयो । उहाँहरूले खेलाडीलाई निकै माया गर्नुहुन्छ । यसले पनि हौसला बढाउने काम गरेको छ,’ पुनमले संगठनप्रतिको विश्वास पोखिन् ।

राष्ट्रिय टोलीबाट ‘डेब्यू’ क्षण

१३औं सागको रजत विजेता टोली

पुनमले सन् २०१९ मा काभा महिला च्यालेन्ज कपमार्फत नेपालका लागि ‘डेब्यू’ गरेकी थिइन् ।

‘राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ३२ जनालाई बोलाइएको थियो । त्यसमा आफ्नो नाम पनि देख्दा निकै खुसी भएको थिएँ,’ पुनमले उत्साहित हुँदै सुनाइन्, ‘३२ जनाबाट अन्तिम १४ मा पनि परियो । राष्ट्रिय टोलीबाट खेल्ने हरेक खेलाडीको सपना हुन्छ । त्यतिबेलाको खुसी शब्दमा बयान गर्न सकिँदैन ।’

अबको ध्यान उपाधिमा

पुनमको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले शनिबार आठौं आरबिबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा महिलातर्फको उपाधिका लागि एभरेस्ट भलिबल क्लबको सामना गर्दैछ ।

पुनम आफ्नो पुरानो क्लबविरुद्ध कोर्ट उत्रँदै छिन् । पुलिसले समूह चरणमा पनि एभरेस्टलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

पुलिसलाई फाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी पुनम दुई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भइसकेकी छन् ।

पुनम आफ्नो ध्यान उपाधिमै रहेको बताउँछिन् । ‘फाइनलमा पुगेका छौं । निकै खुसी लागेको छ । हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं । अबको लक्ष्य उपाधि जित्नु हुनेछ । फाइनलमा शतप्रतिशत दिनेछौं,’ पुनमले दाबासाथ भनिन् ।