जेष्ठ १९, २०८२ आइतबार | ११:२७:१०
फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन
शनिबारको दिन नेपाली क्रिकेट

सर्वोत्कृष्टको दाबेदारमा रोयल्सका मार्की दीपेन्द्रसिंह

काठमाडौं । दीपेन्द्रसिंह ऐरी एउटा नाममात्रै नभएर नेपाली क्रिकेट र खेलकुदकै ब्रान्डका रूपमा स्थापित भइसकेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)ले यस कुरालाई झनै स्थापित गराएको छ ।

२४ वर्षीय कञ्चनपुरका अलराउन्डरले एनपिएलमा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् । लक्की ड्रमार्फत रोयल्स भाग्यमानी रह्यो । सुदूरकै मार्की खेलाडी पायो । दीपेन्द्रमात्रै हैन, टोलीले सुदूरका ६ भन्दा धेरै खेलाडी अक्सनबाट पाएको थियो ।

मालिक स्वतन्त्रप्रताप शाह पनि सुदूरपश्चिमकै हुन् । त्यसैले टिममा अधिकांश पदाधिकारी नै सुदूरपश्चिमका छन् । प्रशिक्षक जगत टमाटा पनि सुदूरकै हुन् ।

रोयल्सको टिममा मात्रै नभई मैदानमा उपस्थित दर्शकमा पनि त्यसको प्रभाव देखिएको छ । प्रतियोगिताभर टोलीले ८ खेल खेल्दा हरेक खेलमा समर्थकको उत्तिकै साथ रह्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नै सुदूरपश्चिम रोयल्सको घरेलु मैदान भएको भान हुन्छ । हरेक चौका, छक्का र विकेटमा ठुल्ठूलो स्वरमा गर्जन हुन्थ्यो । जितेपछि त सुदूरपश्चिमको मौलिक संस्कृति देउडा सुरु भइहाल्थ्यो ।

चितवनविरुद्ध बलिङ गर्दै दीपेन्द्र ।

तिनै समर्थकमाझ दीपेन्द्रको पनि प्रदर्शन उम्दा भइरहेको छ । उनको कप्तानीमा टिमले मात्र एक खेल हारेको छ । दीपेन्द्रले ८ खेल खेल्दा ८ विकेट नै लिएका छन् । जम्मा १३५ रन दिएका दीपेन्द्रले एकै खेलमा ३ विकेटसमेत हात पारेका छन् । बलिङतर्फ उच्च विकेटकर्ताको शीर्ष १० भित्र अटाएका छैनन् ।

सुदूरपश्चिमका मेन्टर ब्राड हजले पनि दीपेन्द्रलाई अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलसँग तुलना गरेका छन् । 

ब्याटिङतर्फ दीपेन्द्र २१८ रनसहित सर्वाधिक रनकर्ताको छैटौं स्थानमा छन् ।  दीपेन्द्रले एक अर्धशतक बनाउने क्रममा सर्वाधिक ५७ रन बनाएका छन् । उनले ३० चौका र ९ छक्का प्रहार गरिसकेका छन् । दीपेन्द्रले पहिलो खेलमै विराटनगर किंग्सविरुद्ध अविजित ५७ रन बनाएका थिए ।

काठमाडौंगुर्खाजविरुद्ध ४३ तथा लुम्बिनी लायन्सविरुद्ध अविजित ३९ रन बनाएका दीपेन्द्रले पोखरा एभेन्जर्सविरुद्ध २०, कर्णाली याक्सविरुद्ध ३८ र जनकपुर बोल्ट्सविरुद्ध २० रन बनाएका थिए । चितवन राइनोजसँग भने १ रन बनाएर मात्रै आउट भएका थिए ।

त्यसैले टोलीका अनुभवी खेलाडी विनोद भण्डारी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीमा दीपेन्द्र नै दाबेदार रहेको बताउँछन् । ‘ब्याटिङ, बलिङ र फिल्डिङ हेर्ने हो भने दीपेन्द्र नै सर्वाेत्कृष्ट खेलाडीका दाबेदार हुन् ।’

यदि विनोदले भनेझै दीपेन्द्र सर्वाेत्कृष्ट खेलाडी घोषित भए झन्डै ६० लाख बराबरको ओमोडा कार पाउनेछन् ।

कर्णालीविरुद्ध ब्याटिङ गर्दै दीपेन्द्र ।

घर फर्किसकेको सुदूरपश्चिमका मेन्टर ब्राड हजले पनि दीपेन्द्रलाई अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलसँग तुलना गरेका छन् । उनले पनि विनोदकै भनाइसँग सहमत हुँदै ब्याटिङ, बलिङ र फिल्डिङमा दीपेन्द्र म्याक्सवेल जस्तै शैली भएको भन्दै तुलना गरेका छन् ।

दीपेन्द्रले सन् २०१७ मा केन्यासँग खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए । त्यसयता उनी टिमबाहिर बस्नुपरेको छैन । करिअरको ६५ खेलमा अहिलेसम्म डकआउट भएका छैनन् ।

गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा उनले ६ बलमा ६ छक्का प्रहार गरे । ८ बलमै अर्धशतक बनाए । यो कीर्तिमानपछि उनको चर्चा अन्तर्राष्ट्रिय क्षेत्रमै चुलिएको थियो ।