काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सका लागि ओपनर फाफ डुप्लेसीले अर्धशतक प्रहार गरेका छन् ।
शनिबार र्कीतिपुरस्थ्ति त्रिवि क्रिकेट रंगशालामा डुप्लेसीले १९ बलमा पाँच चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् । लगत्तै अर्को बलमा उनी अविनाश बोहराबाट बोल्ड भए ।
एनपिएल सिजन २ मा डुप्लेसीले सबैभन्दा कम बलमा अर्धशतक बनाउने र्कीतिमानमा सुदूरपश्चिमका हर्मित सिंहसँग बराबरी गरेका छन् । यसअघि हर्मितले पनि काठमाडौं गोर्खाजविरुद्ध १९ बलमा अर्धशतक पूरा गरेका थिए । गत सिजन जनकपुर बोल्ट्सको जर्सी लगाएका जिमी निसमले १८ बलमा अर्धशतक बनाएका थिए ।
डुप्लेसीको अर्धशतकसँगै विराटनगरले ७.१ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ९७ रन जोडेको छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
