पुस १४, २०८२ मंगलबार | ०७:१५:२६
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी
शनिबारको दिन सुमित्रा रेग्मी

संखुवासभाको सान बन्दै ‘मिडल ब्लकर’ सुमित्रा

काठमाडौं । ‘म यो नतिजालाई स्तब्धपूर्ण मान्दिनँ । अहिले नेपालमा नयाँ खेलाडी आएका छन् । ती खेलाडीले जुनसुकै अवस्थामा पनि खेललाई परिवर्तन गर्न सक्छन् ।’

भारतीय महिला राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जय नारियनले नेपालको ऐतिहासिक जितमा भनेको वाक्य हो यो ।

नेपालले काभा नेसन्स लिगको राउन्ड रोबिन खेलमा भारतविरुद्ध ३-२ सेटको ऐतिहासिक जित निकालेको थियो । यही खेलमा उत्कृष्ट प्रदर्शन गर्नेमध्येमा सुमित्रा रेग्मी एक थिइन् ।

उनको सानदार प्रदर्शनमा नेपाल भारतविरुद्ध ऐतिहासिक जित निकाल्न सफल भयो । मिडल ब्लकर सुमित्राले ब्लकबाटै १० अंक जोडेकी थिइन् । उनी भारतका स्पाइकर सूर्या, अनुश्री र सालिनीजस्ता अनुभवी खेलाडीलाई दबाबमा राख्न सफल भइन् ।

तस्विरः केशव थापा

त्यसैले प्रशिक्षक नारियनले सुमित्रासँगै आरती सुवेदीको खुलेरै प्रशंसा गरेका थिए । उनले नाम त लिएनन् तर नयाँ खेलाडीको रूपमा चित्रण गरेका थिए । यसै प्रतियोगिताबाट सुमित्रा र आरतीले नेपाली राष्ट्रिय टोलीमा आधिकारिक डेब्यू गरेका हुन् ।

सुमित्राले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगअघि नै राष्ट्रिय टोलीबाट डेब्यू पाएकी थिइन् । रुसी टोलीविरुद्ध भएको दुई खेल नै सुमित्राले प्लेइङ सेटबाट खेलिन् । 

सुमित्राले सबै खेल प्लेइङ सेटमै खेलिन् । नेपाली भलिबलमा निकै सफल न्यु डायमन्ड स्पोर्टस एकेडेमीमा उनी जोडिएको दुई वर्षमात्रै भयो । अग्लो कदका कारण सुमित्रालाई घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा स्थान बनाउन धेरै समय नै लागेन । मुख्य प्रशिक्षक जगदीश भट्टको मन जित्न सफल भइन् । फलतः खेल्न सुरु गरेको चौथो वर्षमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी छन् ।

सुमित्राको आगमनसँगै टोलीको मिडलब्लक राम्रो भएको प्रशिक्षक भट्टको बुझाइ छ । ‘सुमित्राले निकै राम्रो गरेकी छिन् । उनको आगमनसँगै हाम्रो ब्लक राम्रो भइरहेछ ।’

सुमित्राले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगअघि नै राष्ट्रिय टोलीबाट डेब्यू पाएकी थिइन् । रुसी टोलीविरुद्ध भएको दुई खेल नै सुमित्राले प्लेइङ सेटबाट खेलिन् । सुमित्राका लागि यो खेल निकै अर्थपूर्ण रह्यो ।

संखुवासभामा जन्मिएकी यी खेलाडी राष्ट्रिय टोलीबाट डेब्यु गर्दा निकै खुसी थिइन् । ‘डेब्यु गर्न पाउँदा निकै खुसी थिएँ । उत्कृष्ट प्रदर्शन गर्ने योजना थियो । सफल भइनँ । बलियो रुसी टोलीसँग खेल्दा सोचेजस्तो खेल्न सकिएन,’ डेब्युपछि सुमित्राले भनेकी थिइन् ।

तस्विरः केशव थापा

नेपाली भलिबलमा सुदूरपश्चिम, वागमती र गण्डकी प्रदेशका खेलाडीको बाहुल्य छ । यस्तोमा सुमित्रा कोशीको प्रतिनिधित्व गर्ने एक्लो खेलाडी हुन् । त्यो पनि संखुवासभाबाट ।

सुमित्रा अझै घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता धेरै खेलेर अनुभव हासिल गरेको अवस्थामा भारतलाई हराएर उपाधि जित्न सक्ने दाबी गछिन् ।

काभा नेसन्स लिगको पहिलो खेलमा श्रीलंका, दोस्रोमा भारत, तेस्रोमा इरान र चौथोमा माल्दिभ्सविरुद्ध खेल्दा सुमित्राले प्लेइङ सेटबाटै खेलिन् । प्रशिक्षक भट्टले माल्दिभ्सविरुद्ध पहिलो सेटको अन्त्यतिरबाट दोस्रो रोजाइका खेलाडीलाई मौका दिए । त्यसपछि मात्रै सफिया पुन, संगम महतो र कविता भट्टले अवसर पाएका थिए । सुमित्राको आगमनअघि यी तीन खेलाडीले नेपालको मिडलब्लक धान्दै आएका थिए । अब भने सुमित्राले आफ्नो दबदबा बनाएकी छन् ।

लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा सुमित्राले जुन प्रदर्शन गरिन्, फाइनलमा भने सकिनन् । उनीमात्र होइन, पूरा टिम नै चल्न सकेन । सर्भिस र रिसिभमै नेपाली टिम चुकेको थियो । ‘हाउसफुल’ राखेप कभर्डहलमा धेरैले पुनः सुमित्राबाट त्यस्तै प्रदर्शन आशा गरेका थिए । तर, कम अनुभवी सुमित्रासहित पूरा नेपाली टिमले नै दर्शकको आशामा न्याय दिलाउन सकेनन् । पाँचौं सेटमा पुगेर नेपाल भारतसँग पराजित भयो ।  

सुमित्रा नै टिमले जति खेल्नुपर्ने हो खेल्न नसकेको बताउँछिन् । उनी भलिबलमै केन्द्रित हुनेमा प्रस्ट छिन् । ‘जति खेल्नुपर्ने त्यति खेल्न सकिएन । अझै राम्रो गर्न सक्थें,’ सुमित्रा सुनाइन्, ‘पहिलो अवसरमै यतिको प्रदर्शन गरेको छु । अझै भलिबलमै केही गर्छु भन्ने छ, त्यसमै केन्द्रित हुन्छु ।’

पछिल्लो तीन प्रतियोगितामा भारत बाधक बन्दा नेपाल तीनै पटक उपाधिविहीन भयो । सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि यही कोर्टमा पाँचौं सेट खेलेर नेपालले स्वर्ण पदक गुमाएको थियो । सुरुआती दुई सेट जितेपछि त्यसपछिका तीन सेट गुमायो । सन् २०२३ मा यही कभर्डहलमा नेपाल सेमिफाइनलमा पराजित भएको थियो ।

सुमित्रा अझै घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता धेरै खेलेर अनुभव हासिल गरेको अवस्थामा भारतलाई हराएर उपाधि जित्न सक्ने दाबी गछिन् । ‘धेरैभन्दा धेरै घरेलु तथा अन्तर्राष्ट्रिय खेल खेल्न पाएको अवस्थामा हामी एकदिन भारतलाई नै हराएर उपाधि जित्छौं । त्यो सम्भव छ ।’

२१ वर्षकी सुमित्रा दुई वर्षअघि मात्र न्यु डायमन्डसँग जोडिएकी हुन् । पोखराको लामाचौरमा भएको तीज भलिबल प्रतियोगिताबाट घरेलु प्रतियोगितामा देखा पर्न थालिन् । एनभिए लिग खेलेपछि भने उनी सबैको नजरमा परिन् ।