काठमाडौं । बक्सिङसँग नेपाली खेलकुदको गाढा साइनो छ । बक्सिङ नेपालका लागि सधैं पदक दिलाइरहने खेलमा हो । नढाँटिकन भन्दा बक्सिङ देशको लाज बचाउने खेलमध्येमा पर्छ ।
इतिहास साक्षी छ, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता होस्, कम्ब्याट खेलले नेपालको शिर झुक्न दिएको छैन । यस्ता धेरै अवसर छन् जतिबेला कम्ब्याट खेलको विशेषता अन्यको तुलनामा बढी बोक्ने बक्सिङले नेपाललाई पदकविहीन हुनबाट जोगाएको छ ।
उदाहरणमा १६औं एसियाली खेलकुद । सन् २०१० मा चीनको ग्वाङ्झाउमा सम्पन्न एसियाली खेलकुदमा जम्बो नेपाली टोली खाली हात घर फर्कने स्थितीमा पुगेको थियो । त्यस्तो निरीह अवस्थाबाट बक्सर दीपक महर्जनले कांस्य पदक जितेर नेपालको साख जोगाएका थिए ।
अर्को यो भन्दा पनि पुरानो इतिहास जोडिहालौं, सन् १९६४ मा नेपालले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउँदा कुल ६ खेलाडी सहाभागी थिए । त्यसमध्ये ४ खेलाडी बक्सिङका थिए । अर्को कुरा, एसियाली खेलकुदमा नेपालले कुल २६ पदक जितेको छ, त्यसमा ६ पदक बक्सिङबाटै आएको छ ।
गत वर्ष २१ वर्षीया सुष्माले थाइल्यान्डको बैंककमा सम्पन्न एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक सफलता पारिन् । एसियाली बक्सिङ महासंघ (एबिसी)को मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको त्यो पहिलो अवसर थियो ।
तर, यी सबै अतीतका कुरा भए । नेपालले त्यसयता अन्तर्राष्ट्रिय रिङमा यति ठूलो पदक जित्न सकेको छैन । यही अन्तरालमा दीपक राष्ट्रिय बक्सिङ टोलीका प्रशिक्षक भइसके । गत सेप्टेम्बरमा सम्पन्न १९औं एसियाली खेलकुदमा उनी मुख्य प्रशिक्षकका रूपमा चीनको हाङ्चाउ प्रस्थान गरेका थिए । नेपालका लागि टर्च र्यालीमा सहभागिता जनाउने यिनै दीपक थिए ।
गर्विलो नतिजाको लामो शृङ्खलाबद्ध इतिहास बोकेको बक्सिङले वर्ष २०७९ मा भने नेपाली खेलकुदको सान उँचो बनाउन गतिलै योगदान गर्यो । नेपाली बक्सिङमा नयाँ स्टारको उदय भयो, सुष्मा तामाङको नाममा । विगतका दृष्टान्त जोडेर हेर्ने हो भने सुष्मा यस्तो बेला उदाएकी छिन् कि उनलाई कमजोर बन्दै गएको बक्सिङ र नेपाली खेलकुदको साइनोलाई पुनः गाढा बनाउन ल्याइएको जस्तो ।
सुष्मालाई अनभिज्ञ बक्सिङ समर्थकसामु प्रस्तुत गर्ने हो भने ‘राइजिङ कम्ब्याट क्विन’ भन्दा फरक नपर्ला । उनको पछिल्लो सफलताले पनि यही भन्छ ।
गत वर्ष २१ वर्षीया सुष्माले थाइल्यान्डको बैंककमा सम्पन्न एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक सफलता पारिन् । एसियाली बक्सिङ महासंघ (एबिसी)को मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको त्यो पहिलो अवसर थियो ।
४८ केजी तौलसमूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित हुनुअघि उनले भियतनामी र मलेसियन खेलाडीलाई हराएकी थिइन् । फाइनलमा हार बेहोर्नु परे पनि नेपाली बक्सिङका लागि यो अहिलेसम्मकै ठूलो सफलता हो । प्रदर्शनका हिसाबले हेर्ने हो भने पनि अहिलेसम्मकै उत्कृष्ट ।
‘२०२२ मा मैले टर्कीमा आइबिए विश्व महिला बक्सिङ च्याम्पियनसिप खेलेको थिएँ । यहि अन्तर्राष्ट्रिय एक्स्पोजर मैले बैंककमा प्रयोग गरेको हुँ,’ सुष्मा सम्झिन्छन्, ‘टर्कीमा मैले पदक नजिते पनि स्तरीय खेलाडीहरूसँग खेल्ने मौका पाएको थिएँ । राम्रै प्रदर्शन भएको थियो । बैंककमा यो अनुभव प्रेरणाको स्रोत बन्न पुग्यो । सिनियरमा त यति राम्रो गर्न सक्छु भने यो त यु-२२ प्रतियोगिता हो, यसमा मैले पदक ल्याउनुपर्छ भन्ने सोच थियो । सफल पनि भएँ ।’
नेपालगन्जमा सम्पन्न आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ४८ केजीमा स्वर्ण जितेपछि सुष्माको नाम नेपाली बक्सिङमा चुलिन थाल्यो । त्यतिबेला भर्खर १७ वर्ष पुगेकी सुष्माले सबैभन्दा कम उमेरमा राष्ट्रिय बक्सिङ च्याम्पियन बन्ने कीर्तिमान आफ्नो नाममा राखेकी थिइन् ।
बैंककमा ऐतिहासिक पदक जित्नुअघि सुष्माले तीन अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेकी थिइन् । एक त उहि विश्व च्याम्पियनसिप भइहाल्यो, अर्को उनले २०२१ मा पोल्यान्डमा भएको एआइबिए युथ विश्व च्याम्पियनसिप र २०२२ मा बैंककमै भएको किङ्स कपमा सहाभागिता जनाएकी थिइन् । यी सबै अन्तर्राष्ट्रिय अवसरलाई सुष्माले खेर जान दिइनन् । पोल्यान्डको कियल्समा सम्पन्न युथ च्याम्पियनसिपमा त सुष्माले पाँचौं स्थान हासिल गरेकी थिइन् ।
देशका लागि यसरी ऐतिहासिक पदक जित्दा पनि रजतमा सीमित हुनुपरेको पीडा सुष्मामा अझै छ । फाइनलको दिन सम्झँदा उनको मन अहिले पनि खिन्न हुन्छ । भन्छिन्, ‘देशका लागि स्वर्ण जित्ने अवसर थियो । तर, घुँडामा लिगामेन्टको समस्या भएका कारण सोचेजस्तो प्रदर्शन गर्न सकिनँ ।’
बैंककमा नेपालका लागि फरक तौल समूहका समान तीन पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुष्माबाहेक अन्य तीन खेलाडीले कांस्य पदक जितेका थिए । दुई महिनापछि सुष्माले भारतको नयाँ दिल्लीमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर प्राप्त गरिन् । यो अवसर उनलाई बक्सिङ संघले थाइल्यान्डमा पाएको सफलताको सम्मानस्वरुप प्रदान गरेको थियो । दिल्लीपछि सुष्माले गत सेप्टेम्बरमा चीनमा भएको १९औं एसियाडमा सहभागिता जनाएकी थिइन् । यी दुई प्रतिस्पर्धामा उनले पदक भने प्राप्त गर्न सकिनन् ।
बक्सिङ करिअरसुष्मा काठमाडौंको नक्सालमै जन्मिइन्, हुर्किइन् । बक्सिङ खेल्न सुरु गरेको भने १६ वर्षको हुँदादेखि हो । घरबाट हिँडेर दुई मिनेटमा पुग्ने नक्साल बक्सिङ क्लबमा आबद्ध भएपछि उनको बक्सिङ करिअर सुरु भएको थियो । घर नजिकैका साथीभाइ बक्सिङ खेल्थे, आफ्नै दिदी राष्ट्रिय च्याम्पियन भएपछि त झन् अरू के चाहियो र ? देखासिकीमा क्लबमा आबद्ध भइहालिन् । सुष्माकी दिदी कुसुम पूर्व राष्ट्रिय च्याम्पियन हुन् । हाल उनी नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट हुन् ।
खेल कौशल भए पनि उमेर नपुगेका कारण सुष्माले सुरुआती केही समय राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन पाइनन् । यही विषयमा जोडिएको रोचक घटना यस्तो पनि छ कि एकचोटि गुरु नवीन तण्डुकारले वर्ष बढाएर सुष्मालाई प्रतियोगितामा सहभागी गराइछाडे ।
नेपालगन्जमा सम्पन्न आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ४८ केजीमा स्वर्ण जितेपछि सुष्माको नाम नेपाली बक्सिङमा चुलिन थाल्यो । त्यतिबेला भर्खर १७ वर्ष पुगेकी सुष्माले सबैभन्दा कम उमेरमा राष्ट्रिय बक्सिङ च्याम्पियन बन्ने कीर्तिमान आफ्नो नाममा राखेकी थिइन् । पछि प्रतियोगिताको उनी उत्कृष्ट बक्सर पनि भइन् ।
अर्को वर्ष स्वदेशमै हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) सुष्माका लागि एउटा सुनौलो अवसर थियो । तर बिडम्बना, छनोट हुँदाहुँदै पनि उमेर नपुगेकै कारण सुष्माले देशको प्रतिनिधित्व गर्न पाइनन् । घरमै भएको खेलकुदको कुम्भमेला खेल्न नपाएको पीडा सुष्मालाई आज पनि उत्तिकै छ ।
उनी भन्छिन्, ‘छनोट प्रतियोगितामा पहिलो भएकी थिएँ । तर, उमेर नपुगेकै कारण मैले फाइनलमा हराएको दिदीलाई सागमा सहभागी गराइयो । खेल्न नपाउँदा एकदमै नरमाइलो लाग्यो ।’
तर, सुष्मालाई त्यतिबेला सायदै थाहा थियो, उनको करिअरले टर्निङ पोइन्ट लिँदै थियो भन्ने । बक्सिङ संघले सागको केही महिनापछि १६ जनाको टोलीलाई प्रशिक्षणका लागि थाइल्यान्ड पठाएको थियो । त्यसमा अवसर पाए केही गर्छु भन्ने भावना बोकेकी सुष्मा पनि अटाएकी थिइन् । थाइल्यान्डमा गरिएको प्रशिक्षणले सुष्माको प्रदर्शन थप निखारिदियो । र, आजको सफलतामा उक्त प्रशिक्षणले पनि विशेष भूमिका खेलेको छ ।
एनएनआइपिए अवार्ड जितेकै हप्ताको शनिबार सुष्मा फेरि चम्किइन् । यसपालि सुष्माले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितिन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेकी उनले महिला ५० केजीमा वागमतीकी रमिशा श्रेष्ठलाई पराजित गरिन्
सुष्मामय चैत महिनावर्ष २०७९ मा प्राप्त गरेका सफलताकै कारण यस वर्ष सुष्मा अवार्ड कार्यक्रमहरूमा व्यस्त रहिन् । विशेषतः पछिल्लो तीन सातामा सुष्मा दुई ठूला अवार्ड जित्न सफल भइन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले चैत १२ गते सोमबार यलः दरबार भेन्युमा आयोजना गरेको एनएनआइपिए स्पोर्टस अवार्डको १८औं संस्करणमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी चुनिइन् । एनएनआइपिएले धावक दीपक अधिकारीलाई वर्ष पुरुष र सुष्मालाई वर्ष महिला सर्वोत्कृष्ट खेलाडीबाट सम्मान गरेको थियो । त्यसअघि दुवै आ-आफ्नो खेलतर्फ उत्कृष्ट खेलाडी भएका थिए ।
‘नेपाली खेलकुद राष्ट्रिय प्रतियोगितामा मात्र सीमित छ । मैले पहिले पनि दुईचोटि एनएनआइपिए अवार्ड जितिसकेको थिएँ । तर, सर्वोत्कृष्टचाहिँ पहिलो पटक चुनिएकी हुँ । मैले विगतका संस्करणमा दाइ-दिदीले अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकै कारण सर्वोत्कृष्ट अवार्ड जितेको हेरेको थिएँ । त्यही कुरा मनमा जहिल्यै रह्यो । एकदिन म पनि अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउँछु अनि सर्वोत्कृष्ट हुन्छु भन्ने सोच थियो,’ सुष्माले गर्वका साथ भनिन्, ‘यसपालि मैले पदक पनि ल्याएँ अनि अवार्ड जितें ।’
एनएनआइपिए अवार्ड जितेकै हप्ताको शनिबार सुष्मा फेरि चम्किइन् । यसपालि सुष्माले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितिन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेकी उनले महिला ५० केजीमा वागमतीकी रमिशा श्रेष्ठलाई पराजित गरिन् ।
एनएनआइपिएको अवार्ड सम्बन्धित संघको सिफारिसमा प्रदान गरिन्छ । शनिबारको त्यो स्वर्णले बक्सिङ संघका पदाधिकारीको इज्जत झन् बढेको छ । सुष्माले आफू साँच्चै उक्त अवार्डको हकदार रहेको प्रमाणित गरिन् । संयोग के पनि छ भन्दा उनीसँगै अवार्ड जितेका दीपक पनि अवार्डको दुई दिनअघि ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको तेस्रो संस्करणमा उपाधि रक्षा गर्न सफल रहे ।
सुष्माले यही बुधबारमात्र प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड थापिन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)को ६०औं वार्षिकोत्सवमा सुष्मा र दीपक पुनः एकपटक महिला र पुरुष वर्ष खेलाडीमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
उमेश मास्के, पुष्करध्वज शाहीदेखि दीपक महर्जन अनि दीपकपछि अहिले सुष्मा । खेलाडी करिअरको सुरुआती समयमा छिन् सुष्मा । अझै उनले धेरै यात्रा गर्न बाँकी छ । उनीमाथि देशले ठूलो आस बोकेको छ । सुष्मा पनि अहिलेलाई बक्सिङबाहेक अन्य कुरा सोच्न चाहँदिनन् । तर, नेपाली खेलकुदको अवस्था सबैलाई थाहा भएकै कुरा हो । जतिबेला जे पनि हुनसक्ने ।
मूल प्रश्न यो हो कि नेपाली खेलकुदले सुष्मा जस्ता प्रतिभालाई खेलमै केन्द्रित बनाइराख्न सक्छ कि सक्दैन । कतै उनी पनि सुनौलो भविष्यको खोजीमा विदेश भासिने त होइनन् ? अहिलेलाई सकारात्मक नै रहन सकिन्छ । सकारात्मक किनभने उनलाई बुधबार प्रधानमन्त्री प्रचण्डले अवार्ड दिँदै गर्दा भनेका रहेछन्, ‘मैले तिम्रो खेल हेरेको छु । राम्रो छ तिम्रो खेल । खुसी लाग्यो तिमीले अवार्ड जित्दा ।’ प्रधानमन्त्रीका यी शब्दहरू बनावटी हुन् वा साँचो । अनुमान गरौं यो कुरा साँचो हो ।