मंसिर २३, २०८२ मंगलबार | २३:०६:२७
विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल
शनिबारको दिन सहारा रञ्जितकार

अस्ट्रेलियाली फुटबलमा उदाउँदै नेपाली चेली सहारा

सिड्नी । पछिल्लो समय विकसित देशहरूको फुटबलमा नेपाली मूलका खेलाडी देखिने क्रम बढ्दो छ । गत जनवरीमा मात्र किवन राई इङ्लिस फुटबलको सबैभन्दा ठूलो क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध मैदानमा थिए । हाल इङ्ल्यान्डको तेस्रो श्रेणीको क्लब न्युपोर्ट काउन्टीबाट खेल्ने १९ वर्षीय किवनले कुनै दिन इङ्लिस प्रिमियर लिग खेले अचम्म मान्नुपर्दैन ।

इङ्लिस फुटबलमा महिलातर्फ प्रिमियर लिग बराबरकै प्रतियोगिता हो, वुमन्स सुपर लिग । जहाँ प्रिमियर लिगका ठूला क्लबका महिला टिमले खेल्छन् । यही लिगकी एक स्टार खेलाडी हुन्, अस्मिता आले । उनी हालसम्म नेपाली समुदायले पाएको सबैभन्दा ठूलो स्टार हो । गएको सिजन टोटनहम हर्टस्पर र लेस्टर सिटीबाट आधा/ आधा सिजन खेलेकी अस्मिता आउँदो सिजन भने लेस्टरमा हुनेछिन् ।

इङ्ल्यान्डबाट करिब साढे ९ हजार माइल पूर्वको अस्ट्रेलियामा नेपाली समुदायले भविष्यमा अस्मिता बन्न सक्ने एक किशोरी खेलाडी भेटेको छ । उनी हुन्, सहारा रञ्जितकार । १४ वर्षिया सहारा फुटबल करियरको सुरुवाती चरणमा छिन् । 

इङ्ल्यान्डबाट करिब साढे ९ हजार माइल पूर्वको अस्ट्रेलियामा नेपाली समुदायले भविष्यमा अस्मिता बन्न सक्ने एक किशोरी खेलाडी भेटेको छ । उनी हुन्, सहारा रञ्जितकार । १४ वर्षिया सहारा फुटबल करियरको सुरुवाती चरणमा छिन् । यद्यपि उनले उमेरअनुसार सफलताको स्वाद भने चाखिसकेकी छन् ।

यही जुलाइको पहिलो साता अस्ट्रेलियाली फुटबल संघ (फुटबल अस्ट्रेलिया) ले आयोजना गरेको राष्ट्रियस्तरको युवा प्रतियोगितामा सहाराले खेल्न पाइन् । ‘नेसनल युथ च्याम्पियनसिप’ नाम गरेको उमेर समूहको यो प्रतियोगितामा सहाराले भिक्टोरिया राज्यको प्रतिनिधित्व गरेकी थिइन् । १५ वर्षमुनिको किशोरकिशोरी फुटबलरको प्रतियोगितामा अस्ट्रेलियाका ६ राज्य र दुई क्षेत्रका टिम सहभागी थिए ।

भिक्टोरियाको राजधानी मेलबर्न नजिकैको बुन्डोरामा अस्ट्रेलियाली राष्ट्रिय महिला टिमले अभ्यास गर्ने केन्द्र छ । ‘होम अफ माटिलाड्स’ नामको यही केन्द्रको मैदानमा प्रतियोगिता गरिएको थियो । जहाँ भिक्टोरियाले १५ वर्षमुनिको किशोरीतर्फ दुई टिम मैदान उतार्यो । भिक्टोरिया ब्लु र भिक्टोरिया ह्वाइटले भिक्टोरिया राज्यको प्रतिनिधित्व गर्दा सहारा भिक्टोरिया ह्वाइटको हिस्सा बनेकी थिइन् ।

प्रतियोगितामा भिक्टोरिया ह्वाइट क्वाटरफाइनलभन्दा माथि उक्लिन सकेन । तर यो प्रतियोगिता सहाराका लागि भने भविष्यमा राष्ट्रिय टिमसम्म पुग्ने सपना देखाउने माध्यम बन्यो । ग्रासरुट फुटबललाई प्राथमिकतामा राख्ने अस्ट्रेलियाका लागि उमेर समूहका राष्ट्रिय टिम छान्ने माध्यम हो, ‘नेसनल युथ च्याम्पियनसिप’ । जहाँ प्रभावशाली प्रदर्शन गरिराखे राष्ट्रिय टिमको ढोकासमेत खुल्छ ।

१६ वर्षको कलिलो उमेरमा उच्च शिक्षाका लागि पोखराबाट अस्ट्रेलिया आइपुगेका राजेश पेसाले आईटी विज्ञ हुन् । जुन पेसामा भए पनि फुटबल मन पराउने बानी हरेक पोखरेलीमा हुन्छ नै ।

मिडफिल्ड र अग्रपंक्तिका लगभग सबै पोजिसनमा खेल्न सक्ने सहारा एफसी बुलिन लायन्ससँग आबद्ध छिन् । मेलबर्नको बुलिन लायन्सको पुरुष टिम भिक्टोरिया राज्यमा दोस्रो श्रेणीको लिग खेल्छ भने महिला टिम भने पहिलो श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।

सहाराले फुटबलमा पाइला राखेको धेरै भएको छैन । उनी सुरुमा नेटबल खेलाडी थिइन् । तर, पछि उनी फुटबलमा सरेकी हुन् । स्थानीय एकेडेमीमा भर्ना भएकी सहारको फुटबल सिकाइमा कोभिड–१९ महामारीले बाधा ल्याइदियो । तर उनको सिकाइ यात्रालाई भने कोभिडले छेक्न सकेन । उनले घरमै अभ्यास गर्न थालिन् । अभ्यासमा उनको प्रशिक्षक बने, पिता राजेश ।

१६ वर्षको कलिलो उमेरमा उच्च शिक्षाका लागि पोखराबाट अस्ट्रेलिया आइपुगेका राजेश पेसाले आईटी विज्ञ हुन् । जुन पेसामा भए पनि फुटबल मन पराउने बानी हरेक पोखरेलीमा हुन्छ नै । राजेशलाई किन अपवाद बन्नु थियो र ? राजेशको फुटबल प्रेम सानी छोरीमा सर्योे । यही बानी आखिरमा सहाराका लागि ऊर्जा बनेको छ । तब त जम्मा तीन वर्षको सिकाइले नै सहारालाई राष्ट्रिय प्रतियोगितासम्म पुर्यायो  ।

फुटबल खेल्ने हरेक किशोर किशोरी जस्तै सहाराको पनि लक्ष्य त्यही हो, राष्ट्रिय टिमबाट खेल्ने । उनी कुनै दिन अस्ट्रेलियाको पहेँलो जर्सी लगाउन चाहन्छिन् । ‘युथ च्याम्पियनसिप खेल्न पाउँदा खुसी छु । खेल्दा, क्याम्पमा रहँदाको अनुभव महत्त्वपूर्ण थियो । आशा छ, फुटबलमै करियर बनाउन सक्छु । उमेर पुगेपछि अस्ट्रेलियाको सिनियर टिमबाट खेल्ने सपना छ,’ सहारा भन्छिन् ।

गत वर्ष महिला विश्वकप आयोजना भएको अस्ट्रेलियामा फुटबलले पाउने महत्त्व बढ्दो छ । हरेक स्थानीय स्तरमा पर्याप्त पूर्वाधार निर्माण गरेको अस्ट्रेलियामा पक्का फुटबल संरचना छ । जसका कारण सहारा जस्ता प्रतिभा उत्पादन भइरहेको छ । जन्मले अस्ट्रेलियाली भए पनि सहारामा नेपालप्रतिको आस्था र स्नेह अगाध छ । त्यही भएर त उनको कलिलो मनमा नेपालको इज्जत बढाउनुपर्छ भन्ने छाप गढेको छ ।

‘हाल म जहाँ पुगेको छु, यसमा मलाई गर्व छ । भविष्यमा फुटबल यात्रालाई अझ माथि लैजान मिहिनेत गर्नु छ । अन्ततः म लक्ष्यमा पुगें भने नेपालले पनि गर्व गर्नसक्छ भन्ने लाग्छ,’ सहाराको भनाइ छ ।