मंसिर २०, २०८२ शनिबार | ००:४६:१०
साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा
शनिबारको दिन

साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आफ्नो क्षेत्रको महिला फुटबलको स्तरवृद्धिका लागि शुक्रबारदेखि नयाँ अध्याय सुरु गरेको छ ।

साफले पहिलो पटक दशरथ रंगशालामा महिला क्लब च्याम्पियनसिप फुटबल सुरु गरेको हो । यो सुरुआतले साफमा रहेका महिला खेलाडीको स्तरवृद्धि र विकास हुने आशा गरिएको छ । दक्षिण एसियाली क्षेत्रमा महिला फुटबलको प्रतिस्पर्धा निकै कम हुँदा साफले यो योजना ल्याएको हो ।

यद्यपि महिला फुटबलमा कमजोर देखिँदै आएका माल्दिभ्स र श्रीलंकाले नै पहिलो संस्करणमा हात झिकेका छन् । दुई देशका क्लबले यो प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।

पहिलो पटक भएको प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश, भुटान र पाकिस्तानको घरेलु लिग च्याम्पियन टोलीको सहभागिता रहेको छ ।

नेपालबाट विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, बंगलादेशबाट नास्रिन स्पोर्ट्स एकेडेमी, भारतबाट इस्ट बंगाल एफसी, पाकिस्तानबाट कराँची एफसी तथा भुटानबाट ट्रान्सपोर्ट युनाइटेड सहभागी छन् ।

खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा सबै टोलीले नै उपाधि जित्ने योजना सुनाएका छन् । लगातार फ्लाइट डिले हुँदा भारतको लिग च्याम्पियन बंगाल भने पत्रकार सम्मेलनमा उपस्थित भएन । तर, प्रतियोगिताको मुख्य दाबेदार नै उसैलाई मानिएको छ ।

नेपालको एपिएफबाहेक सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । बंगालले नै सबैभन्दा धेरै पाँच विदेशी अनुबन्ध उतार्ने छ । एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले घरमै उपाधि राख्ने दाबी गरेका छन् । बंगलादेशको नास्रिनकी कप्तान संजिदा अख्तरले राष्ट्रिय टोलीले नै नेपालमा दुई पटक लगातार साफ च्याम्पियनसिपको उपाधि जितिसकेकाले त्यही लय कायम राख्ने दाबी गरेकी छन् ।

कस्ता छन् सहभागी टिम ? एपिएफ क्लब (नेपाल)

घरेलु महिला फुटबलमा एकछत्र राज गरिरहेको एपिएफ नेपालको प्रतिनिधित्व गर्र्दै क्लब च्याम्पियनसिपमा सहभागी हुन लागेको हो । सहभागी टोलीले पाँच विदेशी खेलाडी राख्ने पाउने नियम रहे पनि एपिएफले त्यसलाई मध्यनजर गरेको छैन । प्रशिक्षक जीवेश नेपाली खेलाडीमै विश्वस्त छन् । 

यद्यपि लिग च्याम्पियन बनाएकी प्रीति राईसहित प्रभावशाली स्टार स्ट्राइकर सावित्रा भण्डारी र अनुभवी गोलकिपर अञ्जिला तुम्बापो सुब्बा टिममा हुने छैनन् । उनीहरू व्यावसायिक फुटबल खेल्न विदेशमा छन् । यस्तै लिग च्याम्पियन बनाएकी रक्षक गीता राना र मिडफिल्डर सविता रानामगर पनि घाइते हुँदा उनीहरूले खेल्ने सम्भावना न्युन छ । प्रशिक्षक जीवेशले अर्काे विभागीय टोली नेपाल पुलिसबाट खेल्दै आएका राष्ट्रिय टोलीका आक्रमक रक्षक पूजा राना र युवा स्टार मीना राना तथा त्रिभुवन आर्मीबाट रक्षक विमला बिकलाई भित्र्याउँदै टिम मजबुत बनाउने कोसिस गरेका छन् । यी तीनै खेलाडी एपिएफको पहिलो ११ मा खेल्नेछन् ।

उनीहरूलाई कप्तान अनिता बस्नेत, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, अनिता केसी, निशा थोकर, मनमाया दमाई, हीराकुमारी भुजेल, अञ्जना रानामगरले साथ दिनेछन् ।

पछिल्लो समय राष्ट्रिय टोलीबाट १३ पटक उपाधि नजिक पुगेर पनि चुक्दै आएका उनै खेलाडीलाई एउटा नयाँ अवसर पनि छ । त्यो हो पहिलो पटक भएको साफकै नयाँ प्रतियोगिताको उपाधि जिताउने ।

इस्ट बंगाल (भारत)

गोकुलम केरलाको प्रभुत्व तोड्दै गतवर्ष भारतको लिग च्याम्पियन बन्यो इस्ट बंगाल । पहिलो पटक च्याम्पियन भएको बंगाल पहिलो संस्करण नै साफ क्लब च्याम्पियनसिप खेल्ने भाग्यमानी बन्यो । टोलीले स्तरिय विदेशी खेलाडी र अधिकांश भारतको राष्ट्रिय टिमका खेलाडी अनुबन्ध गर्दै च्याम्पियनको बाटो तय गरेको थियो ।

टोलीका मुख्य प्रशिक्षक एन्थोनी सामसन आन्द्रेको प्रशिक्षणमा पहिलो संस्करणको उपाधि उचाल्ने योजनामा छ । सोहीअनुसार टोलीले कोटाअनुसार पाँच विदेशी खेलाडी डिफेन्डर एबेना एनोमा ओपोकु, मौरिन तोभिया ओकेपाला, मिडफिल्डरद्वय अम्ना नाबाबी र रेस्टी नान्जिरी तथा स्ट्राइकर फाजिया इक्वापुटलाई अनुबन्ध गरेको छ । भारतीय टिमबाट खेलिसकेका असलता देवी, स्विटी देवी, सन्ध्या रंगनाथान, सौम्या गुगुलोथ तथा गोलकिपर इलाङबाम पान्थोइ चानु जस्ता खेलाडी नेपाल ल्याइएको छ ।

कराँची सिटी एफसी (पाकिस्तान)

कराँची सिटी एफसी पाकिस्तानको राष्ट्रिय महिला च्याम्पियनसिप विजेता हो । प्रशिक्षक आदिल मिर्जा रिज्कीका अनुसार पाकिस्तानको लिगमा २० टिम सहभागी थिए । जसमा टोली च्याम्पियन बनेको थियो । नेपाल आउँदा उसले राष्ट्रिय टोलीकै कप्तान मारिया खान र गोलकिपर जियना जिभराजसँगै स्थानीय र लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अनुबन्ध गरेको छ । पाँच विदेशी खेलाडी नै नेपाल ल्याएको छ । जसको प्रदर्शन आधारमा टोली च्याम्पियन बन्ने योजनामा छ । टोलीले टर्कीकी सामिया ओउनी, न्युजिल्यान्डकी इभ लौरेन्स बेरी, युएईकी फतिमा अल्होसानी र नोउफ फाले अलदवान र जोर्डनकी कप्तान मायसा जेबाराहलाई अनुबन्ध गरेको छ । टोली नेपालमा उपाधि जितेर पाकिस्तानी फुटबलमा नयाँ आयम दिलाउने योजनामा छ ।

नसरिन स्पोर्ट्स एकेडेमी (बंगलादेश)

नसरिन स्पोर्ट्स एकेडेमी बंगलादेश महिला फुटबल लिगको विजेता हैसियतमा नेपाल आएको हो । टोली बंगलादेशको राष्ट्रिय टिमबाट खेलिसकेका संजिदा अख्तरको कप्तानीमा छ । टोलीमा दुई जनामात्रै राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन् । अधिकांश खेलाडी बंगलादेशको यु–१७ र यु–२० खेलेका छन् । टोलीले भारतका केही खेलाडी पनि टोलीमा समावेश गरेको छ । टोलीको गोलकिपरमा तलसिमा अख्तर छिन् । रक्षकमा रुमा अख्तर, अर्पिता विश्वास, इश्रात जाहान इसिता, कानोन रानी बहादुर, मोमिता खातुन, सोरोभी रानी, पूर्णिमा मुर्मा, सौरभी अकान्दा, शान्ति मार्दी, श्रीमोती तृष्णा रानी र पूजा दास जस्ता खेलाडी छन् ।

ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी (भुटान)

ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भुटानको लिग च्याम्पियन हैसियतमै नेपाल आएको छ । टोलीले भुटान राष्ट्रिय टोलीकै खेलाडीलाई विश्वास गरेको देखिन्छ । दुई मात्रै विदेशी खेलाडीमा मिडफिल्डर जिवान्थी र स्ट्राइकर अन्जना रहेका छन् । दुवै भारतीय हुन् । भुटानी लिग खेल्दा नेपालका रक्षक पूजा राना, मिडफिल्डर विर्सना चौधरी र स्ट्राइकर सम्झना लावती टोलीमा थिए । तर, च्याम्पियपसिपमा उनीहरू टिममा छैनन् । टोलीको कप्तानमा सुनीता राईसँगै छिरिङ चोदेन, पेमा छिरिङ, टासी छन् ।