काठमाडौं । केही दिनअघिसम्म नेपालको टेबलटेनिसले देखेको सबभन्दा ठूलो सपना दक्षिण एसियामा पदक जित्ने मात्र थियो । एसियाली खेलकुदसम्म पनि व्यावहारिक चुनौती थिएन । सहभागिता जनाउनका लागि छनोट प्रतियोगिता पार गर्नु नपर्ने भएकाले मात्र एसियाली खेलकुदमा नेपाली टेबलटेनिसको उपस्थिति रहने गरेको छ ।
तर, अब दृश्य फेरिइसकेको छ । नेपाली टेबलटेनिसको पहिचान एकाएक उँचो भएको छ । दक्षिण एसियामै संघर्ष गरिरहेको टेबलटेनिसले नेपाललाई ओलम्पिकमा प्रतिनिधित्व गराउने गौरवको कथा लेखिसकेको छ ।
तेक्वान्दोपछि अब टेबलटेनिसले छनोट चरण पार गरेर ओलम्पिकमा नेपालको झण्डा फहराउने भएको छ । नेपाली भूमिमै भएको ओलम्पिकको दक्षिण एसियाली छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै स्यान्टु श्रेष्ठले टेबलटेनिसको इतिहासमा सुनौलो अध्याय लेखेका छन् । अब उनी तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टपछि छनोट प्रतियोगितामा सफलता प्राप्त गर्दै ओलम्पिक खेल्ने तेस्रो नेपाली हुनेछन् ।
ओलम्पिकलाई छानिएपछि स्यान्टुले इमान्दार प्रतिक्रिया दिएका थिए, ‘मैले कहिल्यै पनि ओलम्पिकको सपना देखेको थिइनँ । मैलेमात्र होइन, सिनियर खेलाडीहरू, मेरा गुरुहरूले पनि ओलम्पिक खेलौला भनेर कल्पना गर्नुभएको रहेनछ ।’
नेपाली खेलकुदको मूलधारमा खासै नपत्याइएको टेबलटेनिसले अब सानका साथ भन्न सक्नेछ, ‘हामी पनि कम छैनौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेलालाई छानिने नेपालको दोस्रो खेल हामी नै हौं ।’
खासमा नेपालको टेबलटेनिस इतिहास धेरै पुरानो छ । देशकै पुरानोमध्येको खेल हो यो । तर, केही दिनअघिसम्म यसको छवि उपलब्धिहीन, गतिविधिहीन र लोकप्रियता नभएको एउटा दयनीय खेलमै सीमित थियो । त्यहीअनुसार थिए, यो खेलमा लाग्नेहरूको सपना पनि ।
ओलम्पिकलाई छानिएपछि स्यान्टुले इमान्दार प्रतिक्रिया दिएका थिए, ‘मैले कहिल्यै पनि ओलम्पिकको सपना देखेको थिइनँ । मैलेमात्र होइन, सिनियर खेलाडीहरू, मेरा गुरुहरूले पनि ओलम्पिक खेलौला भनेर कल्पना गर्नुभएको रहेनछ ।’
सपनाले अब आकार लिइसकेको छ । ओलम्पिक खेल्ने कुरा यथार्थ भइसक्यो । अब खेल्ने मात्र होइन, त्यहाँ प्रभावशाली उपस्थितिको सपना नेपाली टेबलटेनिसले देख्न थालेको छ । अनि टेबलटेनिसको आँखाबाट सम्पूर्ण नेपाली खेलकुद नयाँ सपनामा रमाउन थालेको छ ।
पहिला ओलम्पिक छनोटमा नेपाली खेलाडीले एसियालीस्तरमै प्रतिस्पर्धा गर्नुपर्थ्यो । एसियामै टेबलटेनिसका महारथी देशहरू भएका कारण नेपालको सम्भावना व्यवहारिक रूपमा छँदै थिएन । यसपालि दक्षिण एसियाली खेलाडीबीचको प्रतिस्पर्धा त्यसमा पनि भारत नहुने भएपछि नेपालको सम्भावना एकाएक चुलिएको थियो ।
‘परिस्थितिहरू फेरिएका छन् । हिजोसम्म टेबलटेनिसलाई नेपाली खेल क्षेत्र र समाजले खास महत्व दिँदैनथ्यो । तर ओलम्पिकमा छनोट भएपछि जताततै मसँगै टेबलटेनिसको चर्चा छ,’ खुसीले स्यान्टुको ओठ जोडिएको छैन, ‘अब नेपाली खेलकुदको नेतृत्व र सरकारले पनि मेरा कुरा सुन्ला । टेबलटेनिसका कुरा सुन्ला । टेबलटेनिस पनि एउटा राम्रो खेल हो । यसले पनि देशको इज्जत राख्न सक्छ भन्ने विश्वास गर्ला । फेरि देशभित्र टेबलटेनिसको माहोल सिर्जना होला भन्ने आशा जागेको छ ।’
स्वयं यही खेलमा लाग्नेहरूले पनि नदेखेको सपना एक्कासि कसरी पूरा भयो त ?
यसको सुखद परिस्थितिहरूबाट बुनिएको एउटा छुट्टै कथा छ । कथा के भने यसपालि ओलम्पिकका लागि दक्षिण एसियाली देशहरूका बीचमा मात्र छनोट प्रतियोगिता गरियो । त्यसमा पनि उच्च वरीयताका कारण भारतीय खेलाडीहरू सोझै छानिए । उनीहरू छनोट प्रतियोगितामा आउनै परेन ।
पहिला ओलम्पिक छनोटमा नेपाली खेलाडीले एसियालीस्तरमै प्रतिस्पर्धा गर्नुपर्थ्यो । एसियामै टेबलटेनिसका महारथी देशहरू भएका कारण नेपालको सम्भावना व्यवहारिक रूपमा छँदै थिएन । यसपालि दक्षिण एसियाली खेलाडीबीचको प्रतिस्पर्धा त्यसमा पनि भारत नहुने भएपछि नेपालको सम्भावना एकाएक चुलिएको थियो ।
यही कारण हो, दुई वर्षअघि नै खेल्न छोडेर सुखद भविष्य सुरक्षित गर्ने उद्देश्यमा अध्ययनका लागि अस्ट्रेलिया हानिएका स्यान्टु दुई/दुई पटक नेपाल आएको । १६ वर्षमै नेपाल नम्बर वान भएर सनसनी मच्चाउनुका साथै दक्षिण एसियाली खेलकुदमा चारवटा पदक जितेर बटुलेको उर्जाले पनि स्यान्टुलाई टेबलटेनिसमा थेग्न सकेको थिएन ।
तर, ओलम्पिकलाई छानिने व्यवहारिक सम्भावना देखेपछि उनले दसौं लाख रुपैयाँको व्यक्तिगत जोखिम मोलेर नेपालको टिकट काटेका थिए ।
स्यान्टुले ओलम्पिक तयारीका लागि पाँच लाख रुपैयाँभन्दा बढी हवाई टिकट र ट्रेनिङ शुल्कमा खर्चिए । लामो समयसम्म काम गर्न नपाउँदा गुमेको पैसाको हिसाब छैन । तर त्यसअनुरुप नतिजा आउँदा उनले सबथोक बिर्सिएका छन् ।
‘अस्ट्रेलियामा जीवन निकै कठिन छ । विद्यार्थीका लागि झन संघर्षपूर्ण । म पनि त्यहीँ संघर्ष गरिरहेको थिएँ । सीमित कमाइबाट कलेजको शुल्क, घरभाडा, मोटरको किस्ता र इन्धन सबथोक थेग्न गाह्रो हुन्थ्यो । पढाइले गर्दा खेल्न समय निकाल्न झन कठिन थियो,’ स्यान्टु भावुक सुनिए, ‘मैले बाध्यतावश टेबलटेनिस छोडेजस्तै भएको थियो । त्यहीँका केही प्रतियोगिता खेलें, जितें पनि । तर खासमा म खेलबाट टाढै थिएँ । तर यहाँबाट ओलम्पिक छनोट छ, सम्भावना राम्रो छ भनेर शंकर गौतम सर र चतुरानन्द वैद्य सरले आउ भन्नुभयो ।’
पहिलो पटक टेबलटेनिसको ओलम्पिक छनोट दक्षिण एसियाली स्तरमा हुने र त्यसमा पनि भारतीय खेलाडी नहुने खबर सुरुमा स्यान्टुलाई विश्वासै लागेन । तर उनले अस्ट्रेलियाबाटै पाकिस्तानका खेलाडी साथीहरूलाई फोन गरे । नेपालमा पहिला उनले खेल्ने गरेको नेपाल पुलिस क्लबका प्रशिक्षक राकेश महर्जन र आफूलाई ब्याट समाउन सिकाउने गुरु नविता श्रेष्ठसँग पनि प्रष्ट हुन चाहे । धेरैतिरबाट खबर पुष्टि भएपछि मात्र उनले नेपाल आउने निधो गरेका थिए ।
‘सुरुमा त पत्याउनै गाह्रो भयो । पछि दक्षिण एसियाका खेलाडी मात्र हुने र भारत पनि नहुने भनेपछि मेरो पनि सम्भावना छ जस्तो लाग्यो । आन्तरिक छनोटका लागि पहिलोचोटि आएँ । त्यसमा छानिएपछि कलेजको असाइनमेन्टका कारण फर्किनुपर्यो । उतै अभ्यास गर्ने मेरो सोच थियो,’ स्यान्टु आफ्नो रोमाञ्चक सफलताको तयारीका कथा सुनाउँछन्, ‘अन्तिम छनोट हुने भएपछि मैले उतै एकजना दक्षिण कोरियालीको टेबलटेनिस एकेडेमीमा ९ दिन कडा प्रशिक्षण गरेँ । घण्टाको ५० डलर तिर्नुपर्थ्यो । तर, उसले यति राम्ररी ट्रेनिङ गरायो कि ९ दिनमै मेरो फर्म फर्काइदियो ।’
स्यान्टुले ओलम्पिक तयारीका लागि पाँच लाख रुपैयाँभन्दा बढी हवाई टिकट र ट्रेनिङ शुल्कमा खर्चिए । लामो समयसम्म काम गर्न नपाउँदा गुमेको पैसाको हिसाब छैन । तर त्यसअनुरुप नतिजा आउँदा उनले सबथोक बिर्सिएका छन् ।
अन्तिम चारको भिडन्तमा श्रीलंकाका चामिरा गिनिजमाथि ४-२ को जित पक्का गरेपछि उनी ओलम्पिकको बोर्डभन्दा एक खेलले टाढा थिए । अर्को समूहबाट शीर्ष खेलाडीका रूपमा अगाडि बढेका नेपालकै संयोग कपालीले सेमिफाइनलमा श्रीलंकाका जयशंका डी सिल्भालाई ४-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।
‘पहिला त यति धेरै पैसा खर्च गरेँ छनोट भइनँ भने सब खेर जान्छ भन्ने चिन्ता थियो । अब लगानी सही ठाउँमा परेछ भन्ने लागेको छ,’ उनले भने ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा कुल ५ म्याच खेलेका स्यान्टुले सबैमा जित हासिल गरेका थिए । समूह चरणमा माल्दिभ्सका अकायर अहमदलाई ४-१ को सेटमा हराउँदै प्रतियोगिताको सुखद सुरुआत गरेका उनले दोस्रो खेलमा बंगलादेशका बम रमहिमलियङसँग केही संघर्ष गर्नुपर्यो । तथापि रमहिमलियङलाई ४-२ को सेटमा हराएका उनले समूहको अन्तिम खेलमा श्रीलंकाका जयशंका डी सिल्भालाई ४-० को सेटमा निराश पार्दै ६ अंकसाथ समूह विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरे ।
अन्तिम चारको भिडन्तमा श्रीलंकाका चामिरा गिनिजमाथि ४-२ को जित पक्का गरेपछि उनी ओलम्पिकको बोर्डभन्दा एक खेलले टाढा थिए । अर्को समूहबाट शीर्ष खेलाडीका रूपमा अगाडि बढेका नेपालकै संयोग कपालीले सेमिफाइनलमा श्रीलंकाका जयशंका डी सिल्भालाई ४-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।
संयोग र स्यान्टु दुवैले सेमिफाइनल जितेपछि अब पेरिस ओलम्पिकमा टेबलटेनिसबाट नेपालीको उपस्थिति पक्का भइसकेको थियो । प्रतियोगितामा जो च्याम्पियन भयो, उही ओलम्पिकलाई छानिने प्रावधान थियो ।
नेपालको ओलम्पिक सहभागिता पक्का भए पनि स्यान्टुको लक्ष्य प्राप्त भइसकेको थिएन । एकाएक देखेको ओलम्पिक खेल्ने सपना अनि ओलम्पियन खेलाडी हुने भएपछि समाजमा पाइने वाहवाहीको हुटहुटीले उनलाई निकै सताएको थियो । ‘हारिएला कि भन्ने डरले निकै सतायो । खेल पनि निकै प्रतिस्पर्धात्मक भयो । तर अन्ततः मैले आफ्नो अनुभवको प्रयोग गरेर निर्णायक खेल जितें,’ स्यान्टुले फाइनलमा संयोगमाथि हासिल गरेको ४–३ को जित सम्झिए ।
गुरु चुक्दाको दुःख
स्यान्टुलाई ८ वर्षको उमेरदेखि ब्याट समाउन सिकाउने गुरु थिइन, पूर्वनेपाल नम्बर वान खेलाडी नविता श्रेष्ठ । सानो छँदा पौडीमा रमाइरहेका स्यान्टुलाई टेबलटेनिसको दुनियाँमा प्रवेश गरेदेखि नेपाल बसेसम्म उनले सधैं नविताको मार्गदर्शन पाइरहे । यही कारण नविता उनका लागि निकै पूजनीय छन् ।
नविताको यात्रा क्वार्टरफाइनलमै रोकिएको थियो । समूह चरणमा पाकिस्तानकी पेर्निया खानलाई ४-१, बंगलादेशकी सोनम सोमालाई ४-३ र माल्दिभ्सकी मिस्का इब्राहिमलाई ४-१ को नतिजामा हराउँदै ६ अंकसाथ शीर्ष स्थानमा रहेर उनले अन्तिम १६ को यात्रा तय गरेकी थिइन् ।
तर, क्वार्टरफाइनलमा उनले श्रीलंकाकी इसारा मदुरागीको चुनौती पन्छाउन सकिनन् । मदुरागी नवितामाथि ४-३ को सेटमा जित हासिल गर्दै सेमिफाइनल पुगेकी थिइन ।
आफू अस्ट्रेलियाबाट फर्केर ओलम्पिकलाई छानिँदा स्यान्टु जति खुसी छन्, त्यति नै आफ्नी गुरु नविताको असफलतामा उनको मन दुखेको छ ।
‘नविता म्याम निकै राम्रो खेलाडी हो । उहाँले आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गर्नुभएको थियो । उहाँ साच्चै यसपालि ओलम्पिक खेल्नका लागि हकदार हुनुहुन्थ्यो । तर एउटा दुर्भाग्यजनक नतिजाले गर्दा सबथोक सकियो,’ स्यान्टुले भने, ‘कम्तीमा मेरो सफलताले उहाँलाई सान्त्वना दिएको हुनुपर्छ ।’
बितेको साता सोमबार, मंगलबार र बुधबार गरी तीन दिनसम्म चलेको प्रतियोगितामा नविताको यात्रा क्वार्टरफाइनलमै रोकिएको थियो । समूह चरणमा पाकिस्तानकी पेर्निया खानलाई ४-१, बंगलादेशकी सोनम सोमालाई ४-३ र माल्दिभ्सकी मिस्का इब्राहिमलाई ४-१ को नतिजामा हराउँदै ६ अंकसाथ शीर्ष स्थानमा रहेर उनले अन्तिम १६ को यात्रा तय गरेकी थिइन् ।
तर, क्वार्टरफाइनलमा उनले श्रीलंकाकी इसारा मदुरागीको चुनौती पन्छाउन सकिनन् । मदुरागी नवितामाथि ४-३ को सेटमा जित हासिल गर्दै सेमिफाइनल पुगेकी थिइन ।
महिलातर्फ नेपालबाट सहभागिता जनाएकी इभाना थापाको यात्रा पनि सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन ।
समूह चरणमा श्रीलंकाकी मदुरंगीलाई ४-१ तथा माल्दिभ्सकी मौसदिया रहमानलाई ४-३ ले हराएर विजेताको हैसियतमा क्वाटरफाइनल पुगेकी इभानाले सेमिफाइनलमा श्रीलंकाकी बिमन्थी बन्दारासँग नतिजा सुम्पिइन । समूह विजेताको हैसियतमा अगाडि बढेका कारण क्वाटरफाइनलमा बाइ पाएकी इभानाले सेमिफाइनलमा ४–१ को हार भोगेकी थिइन ।
आफ्नो समूहबाट विजेताको हैसियतमा अगाडि बढेको कारण क्वाटरफाइनलमा बाइ पाएकी माल्दिभ्सकी अली फातिमा महिलातर्फबाट ओलम्पिकलाई छानिइन । सेमिफाइनलमा श्रीलंकाकी मदुरंगीलाई ४-१ ले हराउँदै अगाडि बढेकी उनले श्रीलंकाकै बन्दारालाई फाइनलमा ४-१ कै नतिजामा निराश पार्दै ओलम्पिकको टिकट काटेकी थिइन ।