मंसिर ६, २०८१ बिहीबार | १३:३३:५५
भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो
शनिबारको दिन नेपाली क्रिकेट

नयाँ युगको सुरुआतमा शक्ति गौचन

काठमाडौं । सिनियर क्रिकेटमा देशको प्रतिनिधित्व गरिरहँदा शक्ति गौचनले एउटा सपना बोकेका थिए, आफ्नो देशलाई अन्तर्राष्ट्रिय रूपमा एकदिवसीयको मान्यता दिलाउने । अन्ततः अन्तर्राष्ट्रिय क्रिकेटमा फालेको अन्तिम बलअगाडि स्पिनर शक्तिले त्यो सपना पूरा गरे ।

 नेपालले सन् २०१८ मा भएको आइसिसी विश्वकप छनोटका दौरान एकदिवसीय मान्यता पाएको थियो । एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय शृङ्खला खेलेको हो । त्यही शृङ्खलाको पहिलो खेल नै अन्तर्राष्ट्रिय क्रिकेटमा शक्तिको अन्तिम खेल रह्यो ।

त्यही वर्षको डिसेम्बरमा सम्पन्न फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजको प्रतिनिधित्व गरेका शक्तिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु क्रिकेटबाट पनि बिदा लिए । नेपाली क्रिकेटको विश्व क्रिकेटको डिभिजन-५ देखि एकदिवसीय मान्यतासम्मको यात्रामा शक्तिको भूमिका उल्लेखनीय रह्यो । अहिले शक्तिले व्यावसायिक क्रिकेटबाट संन्यास लिएको ६ वर्ष बितिसकेको छ ।

होराइजन र स्टार क्रिकेटमा गरेको मिहिनेतको फल नेपाली क्रिकेटले आजका दिन पाइरहेको छ । उनले थुप्रै क्षमतावान खेलाडी उत्पादन गरेर नेपाली क्रिकेटमा गुन लगाएका छन् । सिनियर क्रिकेट टोलीका नियमित सदस्य कुशल मल्ल त्यही होराइजनका शक्तिबाट प्रशिक्षित विद्यार्थी थिए ।

शक्ति राष्ट्रिय टोलीको जिम्मेवारीमा नहुँदा गृहजिल्ला रूपन्देहीको बुटवलस्थित न्यु होराइजन स्कुलमा विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण दिने गर्थे । उनले त्यहाँ २० वर्ष बिताए । आफ्नो खेल जीवनकै दौरान शक्ति गृहजिल्लामा क्रिकेट एकेडेमी स्थापना गर्न चाहन्थे । तर, देशको जिम्मेवारीलाई शक्तिले पहिलो प्राथमिकतामा राखे । त्यसैले एकेडेमीको सुरुआत गर्न सकेनन् । हुन त उनको एकेडेमी स्थापना गर्नुको मुख्य उद्देश्य पनि प्रतिभावान खेलाडी उत्पादन गर्नु थियो । संन्यास लगत्तै उनले सन २०१९ मा रूपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नो व्यक्तिगत सम्पत्तिमा स्टार क्रिकेट एकेडेमी स्थापना गरे । त्यहाँ उनले १० वर्षभन्दा कम उमेरका बालबालिकालाई तालिम दिन थाले ।

होराइजन र स्टार क्रिकेटमा गरेको मिहिनेतको फल नेपाली क्रिकेटले आजका दिन पाइरहेको छ । उनले थुप्रै क्षमतावान खेलाडी उत्पादन गरेर नेपाली क्रिकेटमा गुन लगाएका छन् । सिनियर क्रिकेट टोलीका नियमित सदस्य कुशल मल्ल त्यही होराइजनका शक्तिबाट प्रशिक्षित विद्यार्थी थिए । त्यस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका सुसन भारी र यु-१९ बाट देशको प्रतिनिधित्व गरिसकेका निर्मल थापा र सौरभ खनाल पनि उनकै उत्पादन हुन् ।

आइसिसी ट्वान्टी-२० विश्वकप २०१४ का दौरान शक्ति गौचन (बिच) ।

शक्ति त्यस्ता व्यक्ति हुन्, जसको शरीरभरि क्रिकेट बसेको छ, टाउकोदेखि खुट्टासम्म । समकालीन साथीहरू खेलाडी जीवनपछि विभिन्न बाटोमा लागे । तर, शक्ति भने यही क्रिकेटमै छन् । अहिले नेपाली क्रिकेटमा दुई दशकभन्दा लामो समय बिताइसकेका शक्तिको दोस्रो इनिङ्स सुरु भएको छ । शक्तिले भर्खरै नेपाल यु-१९ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । शक्तिको नेतृत्वमा नेपालले यही मंसिर १४ देखि हुने एसिसी यु-१९ एसिया कप खेल्दै छ ।

आफ्नो खेल जीवनमा नेपालले एकपछि अर्को खुड्किलो पार गरिरहँदा उनले पक्कै पनि सोचेका थिए होलान्, नेपाल चाँडै टेस्ट खेल्ने राष्ट्र बन्नेछ । निजी स्तरबाट खेलाडी उत्पादन र क्रिकेटको भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेका शक्ति देशलाई टेस्ट राष्ट्र बनाउने बाटोका सारथि बन्दैछन् । यु-१९ प्रतिभा निखार्ने राम्रो प्लेटफर्म हो । उमेर समूहको यो प्रतियोगितालाई राष्ट्रिय टोलीको ढोकाको रूपमा पनि लिने गरिएको छ ।

शक्ति सिनियर क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । उनले २०१२ मा दुबईमा भएको आइसिसी विश्व टी-२० छनोटको समूह चरणमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । 

शक्ति आफैं पनि यु-१९ खेल्दै सिनियर टोलीसम्म आइपुगेका हुन् । सन् २००१ मा बंगलादेशमा सम्पन्न यु-१७ एसिया कपमा टोलीका कप्तान रहेका शक्तिले एक वर्षपछि न्युजिल्यान्डमा भएको यु-१९ विश्वकप पनि खेलेका थिए । सोही वर्ष ओमानविरुद्ध सिनियर टोलीबाट डेब्यु गरेका शक्तिले २००४ मा बंगलादेशमा भएको यु-१९ विश्वकपमा टोलीको नेतृत्व सम्हाले । यही बेला त हो, शक्तिले आफ्नो कप्तानी इनिङ्स खेल्दै समूह चरणमा दक्षिण अफ्रिकालाई एक विकेटले पराजित गरेको । नटआउट ५१ रन जोडको शक्तिले २ विकेट पनि लिएका थिए । यो जितलाई अहिलेसम्म पनि ऐतिहासिक सफलताका रूपमा लिने गरिन्छ ।

बायाँहाते स्पिनर शक्तिको नाममा ८ अन्तर्राष्ट्रिय टी-२० विकेट छ । करिअरको सुरुआती वर्षमा शक्ति शीर्षक्रमका ब्याटिङ अलराउन्डर थिए । २००५ मा आइसिसी विश्वकप छनोट सिरिजमा इटालीविरुद्ध १०३ बलमा अविजित १०६ रन बनाएर शक्ति अन्तर्राष्ट्रिय शतक बनाउने दोस्रो नेपाली ब्याटर बनेका थिए ।

विश्वकप छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक लिएपछि खुसीयाली मनाउँदै शक्ति गौचन ।  

शक्ति सिनियर क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । उनले २०१२ मा दुबईमा भएको आइसिसी विश्व टी-२० छनोटको समूह चरणमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । सोही वर्ष उनले बलिङमा उनले अर्को दुर्लभ कीर्तिमान पनि बनाए । क्वालालम्पुरमा भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा मलेसियाविरुद्ध उनले १० ओभर बलिङ गर्दा मात्र २ रन खर्चिएका थिए । उनले ८ मेडनसहित तीन विकेट लिए ।

शक्तिको करिअरमा बिर्सन नसक्ने अर्को क्षण हो, ट्वान्टी-२० विश्वकपको डेब्यु खेल । नेपालले सन् २०१४ मा हङकङविरुद्ध पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो । त्यस खेलमा ४ ओभर बलिङ गरेका शक्तिले जम्मा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । शक्तिको म्यान अफ द म्याच प्रवद्र्धनमा नेपालले हङकङमाथि ८० रनको फराकिलो जित हासिल गरेको थियो ।

नेपाली क्रिकेटले सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ देखि सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दासम्मको यात्रामा शक्तिको भूमिका महत्वपूर्ण रह्यो । शक्ति नेपाली क्रिकेटले फड्को मारेका सबै क्षणका साक्षी थिए । अहिले उनीमाथि अर्को जिम्मेवारी थपिएको छ । सायद विगतभन्दा पनि गाह्रो जिम्मेवारी । शक्तिले युवा टोली सम्हालिरहँदा नेपाली क्रिकेटमा एउटा नयाँ युग सुरु भएको आभाष गर्न सकिन्छ । शक्तिपछि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । अहिले पारस क्यानको सचिव पदमा छन् भने ज्ञानेन्द्र पनि घरेलु प्रतियोगितामा प्रशिक्षक भएर टोलीको नेतृत्व गर्दै छन् । साँच्चै नेपाली क्रिकेटमा नयाँ युग सुरु भएको छ ।

विश््वकपका अफगानिस्तानविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै शक्ति गौचन ।