चैत्र १६, २०८२ सोमबार | ०९:५२:१७
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

प्राज्नाको विजयी सुरुआत

काठमाडौं । नेपालकी प्राज्ना मानन्धरले १४ वर्ष मुनिको एसियाली वरियता टेनिस प्रतियोगिताअन्तर्गत सर्किट  १ को छात्रा एकलमा सोमबार विजयी सुरुआत गरेकी छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-४, ६-१ को सोझो सेटमा पराजित गरिन् ।

सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, शिभाली गुरुङ, आध्या पौडेल र सुनिरा थापाले पनि जितका साथ यात्रा सुरु गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको छात्र एकलमा नेपालका श्रृजन भट्टराई, निश्चल कायश्थ, आद्रित नेपाल, वृजेश अर्याल, स्लोककेशर खड्का, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र भारतका सिद्धार्थ जिबुले विजयी सुरुआत गरे ।

छात्र युगलमा नेपालका आयुश्मान हजुर घले र सक्षमविक्रम शाह, नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठ, भारतका अविर श्रीवास्तव र नेपालका वृजेश अर्याल तथा नेपालका श्रीयोग अधिकारी र निश्चल कायश्थको जोडीले सफलता पाए ।

उक्त स्पर्धाको गल्र्समा नेपालका कृषा अधिकारी र नाला जोस्फिन मास्के, नेपालका समृद्धि महर्जन र आध्या पौडेल तथा नेपालका जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले जित आत्मासात् गरे ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ छात्र र १६ छात्रा गरी ३३ खेलाडी सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो