मंसिर १९, २०८२ शुक्रबार | १५:४५:२२
लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत

राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नयाँ सदस्यसचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले पदभार ग्रहण गरेका छन् ।

खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को व्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले सहसचिव मेहतालाई जिम्मेवारी दिएको हो ।

गत मंरि १२ गते निवर्तमान सदस्यसचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेसँगै पद एक हप्तादेखि रिक्त थियो ।

परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीलाई सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिएका मेहताले आफू पदमा रहुन्जेल नमूना योग्य काम गर्ने दाबी गरे ।

त्यस्तै परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख दायित्व भएको उल्लेख गरेका थिए ।

मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरुः कमल भट्टराई, भान बहादुर चन्द, बोर्ड सदस्यहरु, परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas