फाल्गुन २६, २०८२ मंगलबार | २१:२४:२९
पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो

विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित

काठमाडौं । विवेक राना मगरको अलराउण्ड प्रदर्शनमा ललितपुर जिल्लाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको वागमती छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित हात पार्ने क्रममा मंगलबार सम्पन्न खेलमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टिमलाई १८५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

ललितपुरको फराकिलो जितमा विवेकले ४१ बलमा अविजित ७९ रन बनाउँनुको साथै ३ विकेट पनि लिएका थिए । पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल तयार गरेको थियो ।

ललितपुरका लागि विवेक, रोमन तिवारी, आदिल खान र सचिन लेखकले अर्धशतकीय इनिङ खेलेका थिए । त्रिभुवन विश्वविद्यालयका लागि दिनेश थापाले ३ तथा सन्तोष चन्द र सुरज तिरुवाले समान १ विकेट लिए ।

२ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको त्रिभुवन विश्वविद्यालयले ४३ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । त्रिविका लागि कप्तान लकि कडायतले ९९ रन बनाउँनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहेन । ललितपुरका लागि तिलकराज भण्डारीले ४ तथा विवेकले ३ विकेट लिए ।

पहिलो खेलमा भक्तपुरलाई पराजित गरेको ललितपुर लगातार २ जितका शीर्ष स्थानमा उक्लिएको छ । त्रिवि भने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै पराजित भएको हो ।

आज नै भएको अर्को २ खेलमा चितवन र भक्तपुर विजयी भए । चितवनले नुवाकोटलाई तथा भक्तपुरले मकवानपुरलाई पराजित गरे । तल्लो मुलपानी मैदानमा भएको खेलमा चितवनले नुवाकोटमाथि १७७ रनको फराकिलो जित हासिल गर्यो ।

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६१ रनको योगफल तयार गरेको थियो । चितवनका लागि पवन थापाले ९८ बलमा १०७ रनको शतकीय इनिङ खेल्दा रोशन झा ६० रनमा आउट भएका थिए । नुवाकोटका लागि विधान खतिवडा र गणेश गौतमले समान ३ तथा अजय विकले १ विकेट लिए ।

३६२ रनको विशाल लक्ष्य पछ्याएको नुवाकोट ४२ दशमलब ५ ओभरमा १८४ रनमा अल आउट भयो । नुवाकोटका लागि अनुभव खनालले ५७ रन बनाउँनु बाहेक अन्य प्रदर्शन खास रहेन । चितवनका लागि प्रतिक श्रेष्ठले ३ तथा गौतम केसी र कृजन गुरुङले समान २ विकेट लिए ।

पहिलो खेलमा नै जित हात पारेको चितवनको २ अंक हुँदा लगातार दोस्रो हार बेहोरेको नुवाकोट अंकबिहिन रहेको छ ।

मंगलबारकै अर्को खेलमा भक्तपुर जिल्लाले दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा मकवानपुरलाई ४१ रनले पराजित गर्यो ।

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||