फाल्गुन २३, २०८२ शनिबार | ०२:०७:५८
आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने

एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी

फाइल तस्वीर

काठमाडौं । जापानको आइची-नागोयामा यही सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औं एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।

एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ । संयोजक श्रेष्ठ बोसले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताए ।

‘हामीले पनि ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न विगत तीन वर्षदेखि एसियाली खेलकुदअघि फन रनको आयोजना गर्दै आएका छौँ । यसअघि, एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड र पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसारस्वरुप फन रनको आयोजना गरेको थियो,’ श्रेष्ठले भने ।

फन रन फागुन ३० गते शनिबार बिहान ७ः३० बजे सुरु हुनेछ । एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु हुने फन रन पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ । संयोजक श्रेष्ठले करीब तीन किलोमिटरको सो फन रन दुरीमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन पनि गर्ने बताए ।

फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल संघसंस्था, कुटनीतिक व्यक्तित्व, सुरक्षा फौजका प्रतिनिधि गरी करीब एक हजारको सहभागिता रहने अपेक्षा गरेको संयोजक श्रेष्ठले बताए ।

फन रनमा आइची नागोया एसियन गेम्सको आयोजक कमिटका प्रतिनिधि, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिका साथै नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने जानकारी संयोजक श्रेष्ठले दिए ।

एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीले ३२ खेलको दर्ता गरिसकेको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||