फाल्गुन २६, २०८२ मंगलबार | २२:२९:२३
पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो

पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध

काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) मा नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी अनुबन्ध रहेको इस्लामाबाद युनाइटेडको पहिलो खेल अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर स्टिभ स्मिथआबद्ध मुल्तान सुल्तानविरुद्ध रहेको छ ।

मंगलबार पिएसएलद्वारा यस वर्षको लिगको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार यस संस्करणको लिग चैत १२ बाट सुरु हुदैछ । उद्घाटन खेलमा नवप्रवेशी हैदराबाद किङ्सम्यानले लाहोर कलन्दर्ससँग खेल्दैछ ।

चैत १४ गते लिगको चौथो खेलमा इस्लामाबादले मुल्तानको सामना गर्नेछ । लिगमा ८ टोलीको सहभागीता रहेको छ । पहिलो पटक भएको अक्सनबाट इस्लामाबादले दिपेन्द्रलाई ६० लाख पाकिस्तानी रुपी (३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

दीपेन्द्रको यो तेस्रो विदेशी लिग हो । दीपेन्द्रले यसअघि क्यानाडाको ग्लोबल ट्वान्टी–२० लिग र युएईमा हुने आइएल ट्वान्टी–२० मा सहभागीता जनाइसकेका छन् । पिएसएल खेल्ने हकमा भने दीपेन्द्र दोस्रो नेपाली क्रिकेटर हुन् । सन् २०१९ मा भएको पिएसएलको चौथो संस्करणमा लाहोर कलन्दर्सबाट खेलेका सन्दीप लामिछाने पाकिस्तानको लिग खेल्ने पहिलो नेपाली हुन् ।

इस्लामाबादको टोली पिएसएलको सर्वाधिक सफल टिम हो । सन् २०१६ मा पिएसएल सुरु हुँदादेखि नै यो टोली निरन्तर रहेको छ । हालसम्मका दश मध्ये तीन संस्करणमा इस्लामाबाद च्याम्पियन भइसकेको छ ।

लिगको पहिलो संस्करणमा नै च्याम्पियन भएको इस्लामाबाद एक संस्करणबाहेक हरेक पटक प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

इस्लामाबाद सन् २०२० को पाँचौ संस्करणबाट निरन्तर अलराउण्डर शाडब खानको कप्तानीमा खेलिरहेको छ । पाकिस्तानी फ्रेन्चाइज क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिताको पहिलो संस्करणमा नखेलेका शाडब त्यसयता सधै इस्लामाबादकै टोलीमा छन् ।

यसै संस्करणबाट मात्र अक्सनबाट खेलाडी छान्ने चलन सुरु गरिएको पिएसएलमा इस्लामाबादले शाडब सहित आन्द्रेस गौस र सलमान इर्शादलाई रिटेन गरेको थियो । डेभन कन्वेलाई टोलीले अक्सन अघि नै अनुबन्ध गरिसकेको थियो ।

इस्लामाबादले अक्सनबाट फहिम अर्सरफलाई ८ करोड ५ लाख पाकिस्तानी रुपीमा भित्र्याएको छ । उनले जारी विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरी इस्लामाबादले न्युजिल्याण्डका ब्याटर मार्क च्याम्पम्यानलाई ७ करोड पाकिस्तानी रुपीमा भित्र्याएको छ ।

अस्ट्रेलिया र न्युजिल्याण्डको राष्ट्रिय टोलीबाट खेलिसकेका लुक रुन्ची इस्लामाबाटको मुख्य प्रशिक्षकको भूमिकामा छन् । इस्लामाबादको टिममा पाकिस्तानका मोहम्मद हुस्नैन, इङ्ल्याण्डका रिचार्ड ग्लेसन, अस्ट्रेलियाका म्याक्स ब्रायन्ट, पाकिस्तानका समिर मिनास लगायतका खेलाडीको उपस्थिती छ ।

पिएसएलको खेल तालिका 

May be an image of text

भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||