चैत्र ६, २०८२ शुक्रबार | ०३:०२:५३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सद्भावको अग्रता कायमै

सद्भाव आचार्य तस्विरः रोयल नेपाल गल्फ क्लब ।

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपकाे पुरुष १७-२१ वर्ष उमेर समूहमा दोस्रो दिन पनि अग्रता कायम राखेका छन् । 

उनले बुधबार १-अन्डर ६७ को सानदार प्रदर्शन गर्दै ३६ होलको समाप्तीमा कूल इभन-पार १३६ स्कोर बनाए । उनले प्रकृत तामाङलाई ९ स्ट्रोकले पछि पारेका छन् ।

प्रकृतले ५-ओभर ७३ खेल्दै कुल ९-ओभर १४५ को स्कोर निकाले । स्वप्निल भट्टराई ७-ओभर ७५ खेल्दै १४-ओभर १५० सहित तेस्रो स्थानमा छन् ।

सद्भावले फ्रन्ट नाइनमा २-अन्डर ३२ खेले । पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी गरेका उनले दोस्रो र सातौं होलमा बोगी प्रहार गरे।त्यसपछि ११र १७औं होलमा बर्डी खेले तर १४, १५ र १६औं होलमा बोगी खेपेपछि उनी ब्याक नाइन १-ओभर ३५ मा सकाउन बाध्य भए।

प्रकृतले फ्रन्ट नाइनमा २-ओभर ३६ र ब्याक नाइनमा ३-ओभर ३७ खेले । स्वप्निलले ४-ओभर ३८ र ३-ओभर ३७ स्कोर बनाए ।

पुरुष १२-१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा शीर्षस्थानमा उक्लिएका छन् । उनले ११-ओभर ७९ खेल्दै ३६ होलको खेल सकिँदा कुल ३०-ओभर १६६ स्कोर बनाए । उनले पहिलो दिनको लिडर इधान्तसिंह साउदलाई एक स्ट्रोकले पछि पारे ।

इधान्तले दोस्रो दिन १९-ओभर ८७ खेल्दै कुल ३१(ओभर १६७ को स्कोर जोडे । सोहम अग्रवाल १७४ स्कोर सहित तेस्रो स्थानमा छन् । उनले आज ८२ स्कोर बनाए।

सिद्धान्तले फ्रन्ट नाइनमा ४-ओभर ३८ र ब्याक नाईनमा ७-ओभर ४१, इधान्तले ९-ओभर ४३ र १०-ओभर ४४, तथा सोहमले ४२ र ४० स्कोर गरे ।

महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राईले आफ्नो अग्रता अझ फराकिलो बनाएकी छन् । उनले १७-ओभर ८५ खेल्दै कूल ३७-ओभर १७३ स्कोर जोडिन् ।

अनभद्धया मल्ल ९७ को स्कोरमा कुल १९५ सहित दोस्रो स्थानमा छिन् । पहिलो दिन पश्चात सात गल्फर बाहिरिएपछि यो विधामा यी दुई गल्फरलबीच मात्र प्रतिस्पर्धा चलिरहेको छ ।

अभानीले ४७ र ३८ तथा अनभद्धयाले ५३ र ४४ स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो