पुस १६, २०८२ बिहीबार | १९:५८:१८
एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय

एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौं । एमेच्योर राहुल विश्कर्माले सुर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता– सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।

करिअरको तेस्रो उपाधि जित्ने क्रममा साबिक विजेता राहुलले प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराए । राहुलले प्रो र एमेच्योर दुबैमा उपलब्धि हासिल गरे ।

प्रतियोगिताको अन्तिम दिन आज  ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४–अन्डर २ सय ७४ सहित उपाधि जितेका हुन् ।

जयराम श्रेष्ठले आज खराब प्रदर्शन गर्दै पाँच–ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार दुई सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे । प्रोतर्फ पहिलो भएका जयरामले एक लाख ७० हजार पुरस्कार प्राप्त गरे।

समग्रमा दुई–ओभर दुई सय ९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । तोरणले इभन–पार ७२ र भुवनले चार–अन्डर ६८ मा चौथो दिनको खेल सकाए । उनीहरूले एक लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे।

नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा तीन–ओभर दुई सय ९१ को स्कोरमा पाँचौं स्थान हात पारे । उनले आज तीन–अन्डर ६९ मा खेल सकाए । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा चार–ओभर दुई सय ९२ को स्कोरमा भुवन कुमार रोक्का, शुक्र बहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए। भुवनले चार–ओभर ७६ खेल्दा शुक्र र दिनेशले दुई–ओभर ७४ मा खेल पुरा गरे । उनीहरूले ६४ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरे ।

एमेच्योर रूबेनले दुई–अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड दशौं भए। उनले आज एक–ओभर ७३ को स्कोर सहित समग्रमा आठ–ओभर दुई सय ९६ स्कोर गरे ।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योरगरि कूल ६२ खेलाडीको सहभागिता थियो । कूल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेकोमा कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ‘डेप्युटी जनरल म्यानेजर’ केशव प्रधान र नेपाल गल्फ संघ(एनजीए)का अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।
 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC