फाल्गुन ३, २०८२ आइतबार | २२:०६:५३
जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ?

एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौं । एमेच्योर राहुल विश्कर्माले सुर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता– सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।

करिअरको तेस्रो उपाधि जित्ने क्रममा साबिक विजेता राहुलले प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराए । राहुलले प्रो र एमेच्योर दुबैमा उपलब्धि हासिल गरे ।

प्रतियोगिताको अन्तिम दिन आज  ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४–अन्डर २ सय ७४ सहित उपाधि जितेका हुन् ।

जयराम श्रेष्ठले आज खराब प्रदर्शन गर्दै पाँच–ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार दुई सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे । प्रोतर्फ पहिलो भएका जयरामले एक लाख ७० हजार पुरस्कार प्राप्त गरे।

समग्रमा दुई–ओभर दुई सय ९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । तोरणले इभन–पार ७२ र भुवनले चार–अन्डर ६८ मा चौथो दिनको खेल सकाए । उनीहरूले एक लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे।

नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा तीन–ओभर दुई सय ९१ को स्कोरमा पाँचौं स्थान हात पारे । उनले आज तीन–अन्डर ६९ मा खेल सकाए । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा चार–ओभर दुई सय ९२ को स्कोरमा भुवन कुमार रोक्का, शुक्र बहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए। भुवनले चार–ओभर ७६ खेल्दा शुक्र र दिनेशले दुई–ओभर ७४ मा खेल पुरा गरे । उनीहरूले ६४ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरे ।

एमेच्योर रूबेनले दुई–अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड दशौं भए। उनले आज एक–ओभर ७३ को स्कोर सहित समग्रमा आठ–ओभर दुई सय ९६ स्कोर गरे ।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योरगरि कूल ६२ खेलाडीको सहभागिता थियो । कूल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेकोमा कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ‘डेप्युटी जनरल म्यानेजर’ केशव प्रधान र नेपाल गल्फ संघ(एनजीए)का अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।