पुस ११, २०८२ शनिबार | १७:१२:३२
एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित अञ्जिलाको सेथुले गोकुलमसँग खेल्दै उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एनभिए भलिबल लिगको रौनक, अरुणा गइन्, प्रतिभा आइन्, कुन टिम हाेला च्याम्पियन ? भारतीय प्रशिक्षकको अगुवाइमा महिला क्रिकेटलाई ठूलो अवसर सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित अञ्जिलाको सेथुले गोकुलमसँग खेल्दै उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एनभिए भलिबल लिगको रौनक, अरुणा गइन्, प्रतिभा आइन्, कुन टिम हाेला च्याम्पियन ? भारतीय प्रशिक्षकको अगुवाइमा महिला क्रिकेटलाई ठूलो अवसर सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका

सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको १९औं संस्करण डिसेम्बर २९ (सोमबार) देखि जनवरी १ सम्म गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने सूर्य नेपाल सेन्ट्रल ओपनसँगै सुरु हुँदैछ ।

सेन्ट्रल ओपन ७२ ‘होल’मा खेलाइनेछ । जसमा ३६ होल (दोस्रो चरण)पछि ‘कट’ हुनेछ । दोस्रो चरणपछि शीर्ष १८ मा रहने प्रोफेस्नल गल्फर फाइनल दुई चरण (बाँकी ३६ होल)का लागि छनोट हुनेछन् । फाइनल चरणमा एउटै ‘कट लाइन’ भित्र वा सोभन्दा राम्रो स्कोर गर्ने एमेच्योर गल्फरले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । उता कट लाइनभन्दा खराब स्कोर भएका खेलाडीको यात्रा भने सकिनेछ ।

प्रतियोगिताको कूल पुरस्कार रकम १० लाख ५० हजार रुपैयाँ हुनेछ । विजेताले एक लाख ७० रुपैयाँ प्राप्त गर्दा उपविजेताले एक लाख २५ हजार पाउनेछ । त्यस्तै तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः एक लाख, ८२ हजार र ७२ हजार प्राप्त गर्नेछ । त्यस्तै शीर्ष १८ प्रोफेस्नलबीच बाँकी रकम बाँडफाँड गरिनेछ ।

नेपालका शीर्ष वरियताका गल्फर निरज तामाङ प्रतियोगिताकै हेर्नलायक खेलाडी हुन् । त्यस्तै साबिक एमेच्योर च्याम्पियन राहुल विश्वकर्माले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन् । अनुभवी गल्फरहरुः भुवन नगरकोटी, तोरण शाही, दीनेश प्रजापति, संजय लामा र रवि खड्काले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

सिजन २०२५–२६ मा पनि देशभर आठ प्रतियोगिताहरु हुनेछन् । जसको कूल पुरस्कार राशी ८० लाख १० हजार रहने आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले बताएको छ । जुनमा सूर्य नेपाल प्रिमियर गल्फसँगै सिजनको समापन हुनेछ ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I