चैत्र १४, २०८२ शनिबार | ०३:४४:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको १९औं संस्करण डिसेम्बर २९ (सोमबार) देखि जनवरी १ सम्म गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने सूर्य नेपाल सेन्ट्रल ओपनसँगै सुरु हुँदैछ ।

सेन्ट्रल ओपन ७२ ‘होल’मा खेलाइनेछ । जसमा ३६ होल (दोस्रो चरण)पछि ‘कट’ हुनेछ । दोस्रो चरणपछि शीर्ष १८ मा रहने प्रोफेस्नल गल्फर फाइनल दुई चरण (बाँकी ३६ होल)का लागि छनोट हुनेछन् । फाइनल चरणमा एउटै ‘कट लाइन’ भित्र वा सोभन्दा राम्रो स्कोर गर्ने एमेच्योर गल्फरले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । उता कट लाइनभन्दा खराब स्कोर भएका खेलाडीको यात्रा भने सकिनेछ ।

प्रतियोगिताको कूल पुरस्कार रकम १० लाख ५० हजार रुपैयाँ हुनेछ । विजेताले एक लाख ७० रुपैयाँ प्राप्त गर्दा उपविजेताले एक लाख २५ हजार पाउनेछ । त्यस्तै तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः एक लाख, ८२ हजार र ७२ हजार प्राप्त गर्नेछ । त्यस्तै शीर्ष १८ प्रोफेस्नलबीच बाँकी रकम बाँडफाँड गरिनेछ ।

नेपालका शीर्ष वरियताका गल्फर निरज तामाङ प्रतियोगिताकै हेर्नलायक खेलाडी हुन् । त्यस्तै साबिक एमेच्योर च्याम्पियन राहुल विश्वकर्माले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन् । अनुभवी गल्फरहरुः भुवन नगरकोटी, तोरण शाही, दीनेश प्रजापति, संजय लामा र रवि खड्काले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

सिजन २०२५–२६ मा पनि देशभर आठ प्रतियोगिताहरु हुनेछन् । जसको कूल पुरस्कार राशी ८० लाख १० हजार रहने आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले बताएको छ । जुनमा सूर्य नेपाल प्रिमियर गल्फसँगै सिजनको समापन हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो