चैत्र २, २०८२ सोमबार | ०६:१२:०७
फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित

राहुल विश्वकर्मालाई सूर्य नेपाल प्रिमियरको उपाधि

च्याम्पियन राहुल विश्वकर्मा,तस्विरः केशव थापा/खेलाडी ।

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

बिहीबार प्रतियोगिताको अन्तिम दिन गोकर्णेश्वरस्थित गोकर्ण गल्फ कोर्समा राहुलले समग्रमा २१-अन्डर २६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पारे ।

अन्तिम दिन (आज) ५–अन्डर ६७ को स्कोर गरेका राहुलले पहिलो पटक सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका हुन् । समग्रमा राहुलले सिजनको दोस्रो उपाधि जितेका हुन् । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि हात पारेका थिए ।

दोस्रो स्थानका भुवनले समग्रमा १९-अन्डर २६९ को स्कोर गरे । उनले आज ८-अन्डर ६४ स्कोर गरे । प्रोतर्फ साबिक विजेता सुवास तामाङलाई पछाडि पार्दै भुवन च्याम्पियन बने । च्याम्पियन बनेसँगै उनले २ लाख रुपैयाँ प्राप्त गरे ।

सुवास समग्रमा १५-अन्डर २७३ को स्कोरसहित चौथो भए । सुवासले आज इभन–पार ७२ को स्कोर गरे । प्रोतर्फको प्रतिस्पर्धामा दोस्रो भएका सुवासले १ लाख ८५ हजार रुपैयाँ हात पारे ।  

भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २७४ सहित पाँचौं स्थानमा रहे । आज ६-अन्डर ६६ को स्कोर गरेका निम एमेच्योरतर्फ तेस्रो स्थान हासिल गर्न सफल रहे ।

राहुल विश्वकर्मालाई ट्रफी प्रदान गरिदै, तस्विरः केशव थापा /खेलाडी । 

नेपाल एमेच्योर नम्बर एक सद्भाव आचार्य समग्रमा १८-अन्डर २७० को स्कोरमा तेस्रो भए । एमेच्योरतर्फ दोस्रो भएका सद्भावले आज ५-अन्डर ६७ को स्कोर बनाए ।

समग्रमा छैटौं भएका धरानका निरज तामाङले समग्रमा १०-अन्डर २६८ को स्कोर बनाए । प्रोतर्फ तेस्रो भएका निरजले १ लाख २५ हजार रुपैयाँ हात पारे । सिजनमा तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्दै ‘अर्डर अफ मेरिट’मा पहिलो भएका निरज आगामी सिजनको नम्बर एक प्रो खेलाडी बनेका छन् ।

त्यस्तै दीनेश प्रजापति समग्रमा ९-अन्डर २७९ को स्कोरमा सातौं भए । प्रोतर्फ चौथो भएका उनले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी शुक्रबहादुर राई समग्रमा ८-अन्डर २८० को स्कोरसहित आठौं भए । प्रोतर्फ पाँचौं भएका उनले ९२ हजार रुपैयाँ प्राप्त गरे ।

समग्रमा ३-अन्डर २८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर बाङ्चेन ढोन्डुप संयुक्तरुपमा नवौं स्थान हासिल गरे । प्रोतर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रोतर्फ शीर्ष १० मा रहे ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

एनपिजिएको आयोजनामा चार दिनसम्म चलेको प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरि कूल ५५ गल्फरले सहभागिता जनाएका थिए । 

‘पहिलो दिन देखि नै मेरो खेल राम्रो भएको थियो । ५-६ स्ट्रोकको अग्रता बनाउँदा नै जित्छु भन्ने आत्मविश्वास बढिसकेको थियो । उपाधि जित्दा एकदमै खुसी लागेको छ,’ जितपछि राहुलले भने ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||