माघ १६, २०८२ शुक्रबार | ०२:४४:२९
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

राहुल विश्वकर्मालाई सूर्य नेपाल प्रिमियरको उपाधि

च्याम्पियन राहुल विश्वकर्मा,तस्विरः केशव थापा/खेलाडी ।

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

बिहीबार प्रतियोगिताको अन्तिम दिन गोकर्णेश्वरस्थित गोकर्ण गल्फ कोर्समा राहुलले समग्रमा २१-अन्डर २६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पारे ।

अन्तिम दिन (आज) ५–अन्डर ६७ को स्कोर गरेका राहुलले पहिलो पटक सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका हुन् । समग्रमा राहुलले सिजनको दोस्रो उपाधि जितेका हुन् । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि हात पारेका थिए ।

दोस्रो स्थानका भुवनले समग्रमा १९-अन्डर २६९ को स्कोर गरे । उनले आज ८-अन्डर ६४ स्कोर गरे । प्रोतर्फ साबिक विजेता सुवास तामाङलाई पछाडि पार्दै भुवन च्याम्पियन बने । च्याम्पियन बनेसँगै उनले २ लाख रुपैयाँ प्राप्त गरे ।

सुवास समग्रमा १५-अन्डर २७३ को स्कोरसहित चौथो भए । सुवासले आज इभन–पार ७२ को स्कोर गरे । प्रोतर्फको प्रतिस्पर्धामा दोस्रो भएका सुवासले १ लाख ८५ हजार रुपैयाँ हात पारे ।  

भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २७४ सहित पाँचौं स्थानमा रहे । आज ६-अन्डर ६६ को स्कोर गरेका निम एमेच्योरतर्फ तेस्रो स्थान हासिल गर्न सफल रहे ।

राहुल विश्वकर्मालाई ट्रफी प्रदान गरिदै, तस्विरः केशव थापा /खेलाडी । 

नेपाल एमेच्योर नम्बर एक सद्भाव आचार्य समग्रमा १८-अन्डर २७० को स्कोरमा तेस्रो भए । एमेच्योरतर्फ दोस्रो भएका सद्भावले आज ५-अन्डर ६७ को स्कोर बनाए ।

समग्रमा छैटौं भएका धरानका निरज तामाङले समग्रमा १०-अन्डर २६८ को स्कोर बनाए । प्रोतर्फ तेस्रो भएका निरजले १ लाख २५ हजार रुपैयाँ हात पारे । सिजनमा तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्दै ‘अर्डर अफ मेरिट’मा पहिलो भएका निरज आगामी सिजनको नम्बर एक प्रो खेलाडी बनेका छन् ।

त्यस्तै दीनेश प्रजापति समग्रमा ९-अन्डर २७९ को स्कोरमा सातौं भए । प्रोतर्फ चौथो भएका उनले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी शुक्रबहादुर राई समग्रमा ८-अन्डर २८० को स्कोरसहित आठौं भए । प्रोतर्फ पाँचौं भएका उनले ९२ हजार रुपैयाँ प्राप्त गरे ।

समग्रमा ३-अन्डर २८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर बाङ्चेन ढोन्डुप संयुक्तरुपमा नवौं स्थान हासिल गरे । प्रोतर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रोतर्फ शीर्ष १० मा रहे ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

एनपिजिएको आयोजनामा चार दिनसम्म चलेको प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरि कूल ५५ गल्फरले सहभागिता जनाएका थिए । 

‘पहिलो दिन देखि नै मेरो खेल राम्रो भएको थियो । ५-६ स्ट्रोकको अग्रता बनाउँदा नै जित्छु भन्ने आत्मविश्वास बढिसकेको थियो । उपाधि जित्दा एकदमै खुसी लागेको छ,’ जितपछि राहुलले भने ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।