काठमाडौं । नेपाली फुटबलका सफल प्रशिक्षक बालगोपाल महर्जन विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रशिक्षकमा नियुक्त भएका छन् ।
क्लब र महर्जनबीच एक वर्षको लागि सम्झौता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यक्रमअनुसार राष्ट्रिय लिगको लागि आर्मीले प्रतिस्पर्धा गर्दैछ ।
२०७९-०८० सालमा भएको साहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीले मेघराज केसीको प्रशिक्षणमा खेलेको थियो । भारतमा भएको डुरान्ड कपमा पनि आर्मीले केसीलाई नै प्रशिक्षणको जिम्मेवारी दिएको हो ।
अब भने आर्मीले एक वर्षको लागि महर्जनसँग सम्झौता गरेको छ । लिगमा आर्मी शीर्ष ६ मा स्थान बनाउन सकेन । तर, एन्फाले राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिग खेल्ने सबै टोलीलाई ढोका खुल्ला गरेसँगै आर्मीले सहभागिता जनाउने सुनिश्चित गरेको हो ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
