माघ ८, २०८२ बिहीबार | १९:०७:४०
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा

बिर्तामोड, झापा । विभागीय टोली नेपाल पुलिस क्लबले झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा बिहीबार न्यु डायमण्ड क्लबमाथि सोझो सेटमा जित हासिल गरेको छ ।

बिहीबारको दोस्रो खेलमा पुलिसले २५–१, २५–१४, २५–१७ को सोझो सेटमा न्यु डायमण्डमाथि जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनायो ।

खेलमा पुलिसकी रिमा कुँवर प्लेयर अफ द म्याच चुनिइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी बलराम कार्कीलगायतले पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरे ।

बिहीबारै यसअघि भएको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित हासिल गरेको थियो ।

प्लेयर अफ दी म्याच शृष्टि खड्गीको उच्च प्रदर्शन प्रेरित एपिएफले २५–१५, २२–२५, २५–१८, २५–१८ को नतिजा निकालेको थियो । प्लेयर अफ दी म्याच शृष्टीलाई प्रमूख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमूख खड्गमाया पराजुली र नगद सौजन्यकर्ता सीता ढकाललगायतले पुरस्कारस्वरुप ५ हजार रुपैयाँ प्रदान गरे ।

जारी प्रतियोगितामा यो एपिएफको दोस्रो जित हो । टोलीले यसअघि एभरेष्ट भलिबल क्लबमाथि जित हासिल गरिसकेको थियो । लगातार दुई जित हासिल गरेपछि एपिएफ समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गरेको छ ।

समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो शुक्रबार एभरेष्ट र आर्मीबीचको खेलले लगाउनेछ । शुक्रबार विजयी हुने टिम समूहबाट उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।

शुक्रबार प्रतियोगितामा पहिलो खेल एभरेष्ट र आर्मीबीच हुनेछ । दोस्रो खेलमा समूह ‘बी’का कोशी प्रदेश भलिबल टिम र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र आर्मी छन् भने ‘बी’ मा न्यु डायमन्ड, कोशी र पुलिस छन् ।

प्रतियोगिताको दुवै सेमिफाइनल शनिबार हुनेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता तथा समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार फाइनल हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

यसैगरी धिमालका अनुसार सर्वोत्कृष्ट खेलाडीले १५ हजार र प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै  बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले जनही १० हजार रुपैयाँ पाउने बताइएको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate