मंसिर १८, २०८२ बिहीबार | १३:५३:५३
महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा

उपाधि घरमै राख्छौंः प्रशिक्षक पाण्डे

काठमाडौं । एपिएफ क्लबका प्रशिक्षक जीवेशकुमार पाण्डेले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको उपाधि घरमै राख्ने बताएका छन् ।

साफको आयोजनामा पाँच राष्ट्र सहभागी भएको च्याम्पियनसिप शुक्रबारबाट दशरथ रंगशालामा आयोजना हुँदैछ । एपिएफले पहिलो खेलमै बंगलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीको सामना गर्दैछ । खेल साझ ६ बजे हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक पाण्डेले भने, ‘हामी घरमै उपाधि राख्न खेल्नेछौं । तयारी पनि राम्रो छ,’ उनले भने, ‘राष्ट्रिय टिमका खेलाडीसँग सँगै अभ्यास गर्न पाएका छैनौं । त्यसमा केही समस्या हुन सक्छ । तर, हामी तयार छौं ।’

साफले पहिलो पटक महिला क्लब च्याम्पियनसिप आयोजना गरेको हो । सहभागी राष्ट्रका लिग च्याम्पियनले क्लब च्याम्पियनसिपमा सहभागी हुने अवसर पाएका हुन् । नेपालबाट विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफसँगै, बंगलादेशबाट नास्रिन, भारतबाट इष्ट बंगाल एफसी, पाकिस्तानबाट कराची एफसी तथा भुटानबाट ट्रान्सपोर्ट्स युनाइटेड सहभागी छन् । माल्दिभ्स र श्रीलंकाबाट भने कुनै पनि टिम सहभागी भएका छन् ।

च्याम्पियनसिपमा सहभागी टिमले पाँच खेलाडीसम्म अनुबन्ध गर्न पाउँछन् । जसमा तीन खेलाडी मैदान उतार्न पाउने नियम छ । तर, एपिएफले भने विदेशी खेलाडी नै अनुबन्ध गरेन । एपिएफले विदेशी क्लबबाट खेलिरहेका आफ्नै खेलाडीहरु गोलकिपर अञ्जिला तुम्बापो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रीति राईलाई गुमाएको छ । उनीहरु एपिएफको खेलाडी सूचीमा छैनन् ।

यसपटक एपिएफले नेपाल पुलिस क्लबबाट स्ट्राइकर मिना देउवालाई अनुबन्ध गरेको छ । रक्षकद्वय पूजा राना र विमला वि.क.लाई अनुबन्ध गर्ने तयारी गरेपनि सफल भएन । ‘विदेशी खेलाडी अनुबन्ध गर्ने सोच बनाएका थियौं । तर, नेपाली खेलाडी नै हामीले अन्तिम २४ घण्टा अगाडि मात्रै पाएका छौं । हाम्रो सबै खेलाडी राष्ट्रिय टिममा हुँदा ढिलामात्रै टिमसँग जोडिएका छन् । त्यसैले विदेशी खेलाडी अनुबन्धतर्पm ध्यान दिएनौं,’ प्रशिक्षक पाण्डेले भने ।

एपिएफको टोलीमा मीनासहित राष्ट्रिय टोलीबाट खेलिरहेका कप्तान अनिता बस्नेत, रेनुका नगरकोटे, सरु लिम्बू, निशा थोकर, गीता राना, गोलकिपर अञ्जना राना मगर, मनमाया दमाई, प्रतिक्षा चौधरी, हिराकुमारी भुजेल, रश्मीकुमारी घिसिङ, सविता राना मगर, सरस्वती हमाल र अनिता केसी छन् । यस्तै, नेपालको युवा टिमबाट खेलिसकेका गोलकिपर लिला जोशी र सावित्री किसनसँगै सजनी थोकर, हिमा रावत, रोशनी बोहरा क्षेत्री, कुशुम खतिवडा र शोभा कुमारी प्रधान रहेका छन् ।

टोलीमा रहेका सविता र गीता राना पूर्ण रुपमा फिट छैनन् । उनीहरु नहुँदा सविताको स्थानमा अनिता केसी र गीताको स्थानमा प्रतिक्षा चौधरीले अवसर पाउने सम्भावना रहेको छ ।

कप्तान अनिताले एकसाथ अभ्यास गर्ने समय अभाव भएको बताइन् । ‘हामीलाई पहिलो खेलमा गाह्रो हुन सक्छ । एकसाथ अभ्यास गरेका छैनौं । बाँकी खेलमा लय मिल्दै जान्छ,’ अनिताले भनिन्, ‘हामीले राष्ट्रिय टिमबाट कुनै पनि उपाधि जित्न सकेका छैनौं । क्लबबाट पहिलो अवसरमै उपाधि जित्ने योजना बनाएको छौं ।’

एपिएफले आफ्नो दोस्रो खेलमा भुटानको ट्रान्सपोर्टससँग मंसिर २५ गते खेल्नेछ । मंसिर २८ गते पाकिस्तानको कराँची र लिग चरणको अन्तिम खेल पुष २ गते भारतको इष्ट बंगालसँग खेल्ने तालिका छ । लिगमा शीर्ष दुई स्थान रहने टोलीले उपाधिका लागि पुस २० गते खेल्नेछन् । 
 


भिडियो
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll