काठमाडौं । एफसी खुमलटारविरुद्ध १-० को कठिन जित निकाल्दै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु-१८ युथ लिगको शीर्षस्थानमा उक्लिएको छ ।
जितसँगै एनआरटीले १३ खेलमा २८ अंक जोडेको छ । यो दोस्रो स्थानको नेपाल पुलिस क्लबकोभन्दा दुई अंक बढि हो ।
यता पराजित खुमलटार समान खेलबाट सात अंकका साथ ११औं स्थानमा छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा विनायक थारुले गरेको एकमात्र गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
बुधबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार र चर्च ब्वाइज युनाइटेड गोलरहित बराबरीमा रोकिए ।
भिडियो
NPL जित्ने लक्ष्यमा चितवनदेखि मुलपानीसम्मको तयारीमा CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
‘मौका पाए चौका हान्न’ तयार छन्, CHITWAN RHINOS का युवा खेलाडी NEPAL PREMIER LEAGUE
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League