फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:०१
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

अग्रता फराकिलो बनाउँदै तोरण

फाइल तस्विर

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाहीले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।  

उनी समग्रमा ११-अन्डर २०५ को स्कोरसहित शीर्षस्थानमा कायमै  छन् । उनले बुधबार १-अन्डर ७१ को स्कोर निकाले । तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पारे ।

सद्भाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे ।

गोकर्ण गल्फ क्लबमा आज साबिक विजेता सद्भावले दिनको उत्कृष्ट कार्ड निकाले। ६-अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले २-अन्डर ७० को स्कोर दर्ज गरे। धरानका प्रो निरज तामाङ  समग्रमा ४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए ।

नेपाल नम्बर एक भुवन नगरको समग्रमा १-अन्डर २१५ सहित पाँचौ स्थानमा झरे। जयराम श्रेष्ठ समग्रमा इभन-पार २१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन्। समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापामगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे। रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए ।

अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे । ६ होल सकिंदा ४-अन्डर स्कोर गरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२, १५ र १६औं होलमा एक/ एक सट खेर फाले। १३औं होलको बर्डीका बाबजुद ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||