कार्तिक २१, २०८२ शुक्रबार | ०१:११:४८
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

अग्रता फराकिलो बनाउँदै तोरण

फाइल तस्विर

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाहीले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।  

उनी समग्रमा ११-अन्डर २०५ को स्कोरसहित शीर्षस्थानमा कायमै  छन् । उनले बुधबार १-अन्डर ७१ को स्कोर निकाले । तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पारे ।

सद्भाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे ।

गोकर्ण गल्फ क्लबमा आज साबिक विजेता सद्भावले दिनको उत्कृष्ट कार्ड निकाले। ६-अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले २-अन्डर ७० को स्कोर दर्ज गरे। धरानका प्रो निरज तामाङ  समग्रमा ४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए ।

नेपाल नम्बर एक भुवन नगरको समग्रमा १-अन्डर २१५ सहित पाँचौ स्थानमा झरे। जयराम श्रेष्ठ समग्रमा इभन-पार २१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन्। समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापामगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे। रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए ।

अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे । ६ होल सकिंदा ४-अन्डर स्कोर गरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२, १५ र १६औं होलमा एक/ एक सट खेर फाले। १३औं होलको बर्डीका बाबजुद ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?