मंसिर १२, २०८१ बुधबार | २२:१९:५२
अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता

कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल

उमेश पटवाल, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजका मुख्य प्रशिक्षक उमेश पटवालले आफ्ना तीन खेलाडीमध्ये एकजनाले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार हात पार्ने आशा राखेको प्रतिक्रिया दिएका छन् ।

आसन्न एनपिएलका लागि बुधबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा खेलाडी डटकमसँग पटवालले मार्की खेलाडी कुशल मल्लसँगै रिजन ढकाल र उदीयमान खेलाडी दीपक बोहरामध्ये एकजना सर्वोत्कृष्ट चुनिने आशा गरेको बताए ।

‘यी खेलाडीहसँग खेललाई परिवर्तन गर्न सक्ने गुण छ । उनीहरु चुनौतीको सामना गर्न डराउँदैनन्,’ पटवालले भने, ‘उनीहरु जित्नकै लागि मैदानमा उत्रिन्छन् । नेपाली खेलाडीमा यस्तो गुण देखिनु समग्र नेपाली क्रिकेटमा सकारात्मक सन्देश हो ।’

राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्ल विस्फोटक ब्याटर हुन् । चितवनले कुशलको ब्याटबाट धेरैभन्दा धेरै रनको आशा राखेको छ । यसै वर्ष सम्पन्न यु-१९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका दीपक बोहरा मध्यक्रमका ब्याटर हुन् । उनीसँगै सिनियर टोलीमा स्थान बनाउँदै आएका बलर रिजन ढकाल चितवनका हेर्नलायक घरेलु खेलाडीहरु हुन् ।

भारतीय प्रशिक्षक पटवाल नेपाली क्रिकेटबारे जानकार छन् । पटवालले पाँच वर्षअघि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली सम्हालेका थिए । पटवाल, नेपालको पहिलो फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिगको पछिल्लो सिजन पोखरा राइनोजको मुख्य प्रशिक्षक थिए ।

त्यस्तै पटवालले एनपिएल घरेलु खेलाडीका लागि एउटा सुनौलो अवसर रहेको बताए ।

‘नेपाली खेलाडीले एनपिएलबाट मिठो रकम प्राप्त गर्नेछन् । यो रकमको उनीहरु हकदार छन् । यसले गर्दा खेलाडीहरुलाई व्यावसायिक बन्न सिकाउनेछन्,’ पटवाल भन्छन्, ‘विदेशी खेलाडी मात्र व्यावसायिक खेलाडी होइनन् । फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेपछि घरेलु खेलाडीले पनि व्यावसायिक व्यवहार देखाउनुपर्छ ।’

चितवनले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमध्ये इङ्ल्यान्डका पूर्व ब्याटर रवि बोपारा चर्चित नाम हुन् । यसबाहेक टोलीले अफगानिस्तानका हसन एसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन, नामिबियाका जान निकोल लफ्टी इटोन र दक्षिण अफ्रिकाका मर्चान्ट दी लेन्जलाई अनुबन्ध गरेको छ ।

टोलीको आइकनिक खेलाडीमा सल्लाहुदीन खान छन् । यसबाहेक चितवनले ट्यालेन्ट हन्टबाट अन्य दुई खेलाडीलाई पनि बन्द प्रशिक्षणमा राखेको छ ।

चितवनले मंसिर १७ गते सोमबार काठमाडौं गुर्खाजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 


भिडियो
NPL जित्ने लक्ष्यमा चितवनदेखि मुलपानीसम्मको तयारीमा CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
‘मौका पाए चौका हान्न’ तयार छन्, CHITWAN RHINOS का युवा खेलाडी NEPAL PREMIER LEAGUE
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League