चैत्र ५, २०८२ बिहीबार | २१:३०:३२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

लिगको संरचना र अन्तर्राष्ट्रिय खेल राम्रो गरे फुटबलले लय समाउँछः हरि खड्का

काठमाडौ‌ । हरि खड्का नेपाली फुटबलका कीर्तिमानी खेलाडी हुन् । राष्ट्रिय टोलीका पूर्व कप्तान खड्काको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको संयुक्त कीर्तिमान छ । खड्काका टिम सहयात्री निराजन रायामाझी र वर्तमान टिमका स्ट्राइकर अञ्जन बिष्टसँगै उनको नाममा समान १३ गोल छन् ।

पछिल्लो समय नेपाली फुटबल प्रशासनको हेलचक्रयाईका कारण दिनानुदिन ओरालो लाग्दैछ । कुनै समय एसियाली स्तरमा पुगिसकेको युवा फुटबल अचेल दक्षिण एसियामा संघर्ष गरिरहेको छ । दशरथ रंगशालाको मैदान फुटबल खेलाउन लायक नरहेपछि सातदोबाटोको कृत्तिम मैदानले साफ यु–२० च्याम्पियनसिप आयोजना गरिरहेको छ ।

यही प्रतियोगितामा नेपालको प्रदर्शन र त्यसआधारमा नेपाली फुटबलको समग्र भविश्य विषयमा खेलाडी डटकमले खड्कासँग गरेको छोटो कुराकानीको सम्पादित अंशः

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान हरि खड्का

– यु–२० साफ च्याम्पियनसिपमा नेपाली टिमको प्रदर्शन कस्तो पाउनु भयो ?

समग्ररुपमा खेल हेर्दा नेपाली टिम राम्रो देखिएको छ । पहिलो अट्याकिङ थर्डमा हामी चुकेका छौं । विपक्षीको रक्षापंक्ती राम्रो देखियो । यसमा हामी चुकेका छौं । धेरै पासहरु बढी भएका छन् । समग्रमा ब्यालेन्स टिम छ । कसरी प्रयोग गर्ने भन्ने हो । त्यसमा ध्यान दिन जरुरी छ ।

– लगातार दुईपटक उपाधि जित्यौं । त्यसपछि तीन पटक संघर्ष गरिरहेका छौं । फाइनल पुग्नै सकेनौं । किन ?

हामी पछिल्लो तीन संस्करणमा संघर्ष गरिरहेका छौं । यसैबाट पाठ सिक्ने हो । अहिले जिल्ला र प्रदेश हुँदै केन्द्रमा छनोट गरेर टिम बनाएका छौं । धेरै खेलाडीले उमेर समूहमा खेलिसकेका छन् । हामी सेमिफाइलन पुगिसकेका छौं । अब, उपाधिमा ध्यान दिनुपर्छ ।

– यो टिमलाई हेरेपछि नेपाली राष्ट्रिय टिमको भविष्य कस्तो देख्नुहुन्छ ?

यसलाई कसरी निरन्तरता दिन सक्छौंं भन्नेले धेरै कुराको निर्धारण गर्छ । यो प्रतियातिगा मात्रै खेल्ने कि ? त्यसो गरेर त हुँदैन । निरन्तर रुपमा निखार्ने काम गरिरहनुपर्छ । छाड्यो भने लथालिंग हुन्छ । कसरी अन्तर्राष्ट्रिय अनुभव बढाउने भन्नेमा ध्यान दिनुपर्छ । यसमै काम गरिरहेका छौं । यदि यो टिमलाई जोेगाउन सकियो भने भोली राम्रो राष्ट्रिय टिम निर्माण हुन्छ भन्ने विश्वास छ ।

– खेलाडी विदेश पलायन हुने क्रमले निरन्तरता पाइरहँदा त्यसलाई कसरी रोक्न सकिन्छ जस्तो लाग्छ ?

खेलाडीलाई टिकाउन हामीले लामो लिग गराउनु पर्छ । विदेश पलायनको कुरामा हामीले राम्रो अवसर पाउँछौं भने गइहाल्छौं । यो मेरो व्यक्तिगत बुझाइ हो । भोली हरी खड्कालाई राम्रो प्रशिक्षक बन्न अफर आयो भने, जान्छ । जाने कि नजाने भन्ने हो । राम्रो भविष्य कसरी बन्छ त्यसमा राज्यले ध्यान दिनुपर्छ । भविष्य सुनिश्चिता हुनुपर्याे । त्यसका बावजुद पूर्ण रुपमा रोक्न सकिन्न । विश्वभर नै एक ठाउँबाट अर्को ठाउँ बसाई सराई गर्ने चलन छ । तर कम चाँही हुन सक्छ ।

– क्रिकेट र भलिबल निक्कै चर्चामा छ । फुटबल चाँही ओरालो लागेको जस्तो लाग्छ कि लाग्दैन ?

मलाई फुटबल ओरालो लागेको जस्तो लाग्दैन । फुटबलको सहभागिता र प्रतियोगिता नै हेरौं न । आज फुटबलको उमेर समूहको छनोट गर्दा सहभागिता उस्तै छ । कम भएको छैन । फुटबलको क्रेज अझै माथि छ ।

क्रिकेटको पनि क्रेज छुट्टै छ । क्रिकेट दक्षिण एसियामा राम्रो छ । फुटबल युरोप र अमेरिकामा बढी खेलिन्छ । उनीहरुले नै उपलब्धी धेरै निकाल्छन् । फेरी फुटबल दुई सय भन्दा बढि देशले खेल्छन् । क्रिकेट खेल्ने कति नै छन् र । क्रिकेट राम्रो छ । हामीले पनि लिगको संरचना राम्रो गर्याै । अन्तर्राष्टिय खेल राम्रो गर्याै भने लयमा आइहाल्छौंं ।

– नेपाली फुटबललाई पुरानै लयमा ल्याउन के गर्नुपर्छ ?

हामीले पहिला ग्रासरुटमा ध्यान दिनुपर्छ । कसरी काम गर्याै, त्यसलाई डाटा बेसमा हाल्नुपर्छ । एकेडेमी महिलासहित चार ओटा छन् । त्यसलाई ध्यान दिनुपर्छ । त्यसलाई राम्रो गर्याै भने बिस्तारै राम्रो हुन्छ । युथ टिमलाई हामीले धेरै भन्दा धेरै ध्यान दिनुपर्छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो