काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई माया मेट्रो अस्पतालले ‘मेडिकल पार्टनर’को रूपमा साथ दिने भएको छ ।
सम्झौता पत्रमा सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरे ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
NPL जित्ने लक्ष्यमा चितवनदेखि मुलपानीसम्मको तयारीमा CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
‘मौका पाए चौका हान्न’ तयार छन्, CHITWAN RHINOS का युवा खेलाडी NEPAL PREMIER LEAGUE
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League