काठमाडौं । नेपाल प्रियिमर लिगका लागि नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटन नेपाल आइपुगेका छन् ।
इटनलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितवनका पदाधिकारीले स्वागत गरेका थिए ।
। इटनले नामिबियाका लागि ३९ ट्वान्टी-२० खेलमा एक शतकसहित ४१४ रन प्रहार गरेका छन् । यसैगरी उनको नाममा १२ विकेट पनि छ ।
चितवनको मार्की खेलाडी राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन् । टोलीले राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।