श्रावण १५, २०८२ बिहीबार | १७:००:२१
साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने

शीर्ष दुईको लक्ष्यसहित कोर्टमा उत्रिँदै हेल्प नेपाल

काठमाडौं । मध्य एसिया भलिबल संघ (काभा) पुरुष च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा आज नेपाली प्रतिनिधि हेल्प नेपाल स्पोर्टस क्लबले श्रीलंका पोर्टस अथोरिटीसँग खेल्दैछ ।

नेपाल च्याम्पियन हेल्प नेपाल चार खेलको समाप्तीमा ८ अंकका साथ तेस्रो स्थानमा छ भने श्रीलंका पोर्ट अथोरिटी ६ अंकका साथ चौथो स्थानमा छ ।

शीर्ष दुईमा रहेर उपाधि सम्भावना कायम राख्नका लागि आजको खेलमा जित नेपाली टिमको अनिवार्य आवश्यकता हो । तथापि आफ्नो जितले मात्र टोलीलाई शीर्ष दुईमा पुर्याउने छैन । त्यसका लागि हेल्प नेपालले शीर्ष दुई स्थानमा रहेका किर्गिज टोली बिस्के किर्गिस्तान र कजाकस्तानको झाइयक भिसीबीच आजै राती हुने खेलको नतिजा पनि आफ्नो पक्षमा आएको देख्न पाउनुपर्नेछ ।

चार खेलको समाप्तीमा बिस्के ११ अंकका साथ शीर्ष स्थानमा छ भने झाइयकको खातामा १० अंक छ । आजको खेलमा हेल्प नेपालले आफ्नो खेल जितेर बिस्केले झाइयकलाई हराएको देख्न पाए हेल्प नेपाल शीर्ष दुईमा पर्नेछ ।

माल्दिभ्समा भइरहेको प्रतियोगितामा नेपाली टोलीले समूह चरणको अन्तिम खेलमा आज साँझ श्रीलंकासँग खेल्नेछ भने बिस्के र झाइयकबीचको खेल त्यसपछि हुनेछ ।

६ टिमको सहभागिता रहेको प्रतियोगितामा भोली अन्तिम दिन पाँचौं स्थानको टिमले पुछारको प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो र चौथो स्थानका टिमले एक-आपसमा खेल्नेछन् । यसैगरी शीर्ष दुई टिमबीचको खेलले प्रतियोगिताको च्याम्पियन टुंगो लगाउनेछ ।

प्रतियोगितामा नेपालबाट हेल्प नेपाल सहभागी रहँदा कजाकस्तानको झाइयक, किर्गिस्तानको बिस्के, श्रीलंकाको पोर्ट अथोरिटी तथा माल्दिभ्सका दिभेही सिफाइङ्गे र क्लब एचडिसी सहभागी छन् ।

आयोजक देशका दुवै टिम पुछारका दुई स्थानमा छन् । दिभेहीको खातामा १ अंक छ भने क्लब एचडिसीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । 


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081