काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष क्लब च्याम्पियन्स लिगमा कांस्य पदक हात पारेको छ ।
बुधबार तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले श्रीलंका पोर्टस अथोरिटीविरुद्ध ३-१ को सेटमा जित दर्ता गर्यो।
सुरुआती दुई सेट २५-२०, २५-१५ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने २०- २५ ले गुमायो ।
चौथो २५-२१ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले तेस्रो स्थान सुरक्षित गर्यो ।
लिग चरणमा हेल्प नेपाल तेस्रो र श्रीलंका पोर्टस चौथो स्थानमा रहेका थिए ।
हेल्प नेपालले लिग चरणमा पनि श्रीलंका पोर्टसलाई पराजित गरेको थियो । यसैगरी काजकिस्तानको झाइयक तथा माल्दिभ्सकाधिवेही सिफाइङ्गे र क्लब एचडिसीलाई हराएको हेल्प नेपालले किर्गिस्तानको बिस्केसँग हार बेहोरेको थियो ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA