फाल्गुन २५, २०८२ सोमबार | १६:१६:११
ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन

महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

घानी खेलाडीद्धय डोरा बोटेमा र क्वीनबेल अकोसुआ अमनक्राहलाई नेपालमा स्वागत गर्दै संकटा एफसी, तस्विर सौजन्यः संकटाको फेसबुकबाट ।

काठमाडौं । आसन्न सहिद स्मारक एन्फा महिला लिग २०८२ का लागि संकटा एफसीले दुई विदेशी खेलाडी भित्र्याएको छ ।

उमेर समूहको बाक्लो अन्तर्राष्ट्रिय एक्सपोजर भएका खेलाडीले भरिएको संकटाले घानी खेलाडीद्धय डोरा बोटेमा र क्वीनबेल अकोसुआ अमनक्राहलाई अनुबन्ध गरेको हो । दुबै खेलाडी आइतबार नेपाल आइपुगेका हुन् ।

डोरा बोटेमा, तस्विर सौजन्यः संकटाको फेसबुकबाट ।

आसन्न लिगका लागि संकटाको यो तेस्रो विदेशी अनुबन्धन हो । यसअघि संकटाले मोजाम्बीकी फरवार्ड हाजे लुसी मोकाम्बीलाई अनुबन्ध गरेको थियो । लुसीले दुई साताअघि उदयपुरमा सम्पन्न एन्फा महिला च्याम्पियनसिप खेलेकी थिइन् ।

लिग २०८२ चैत ४ गतेदेखि सुरु हुँदैछ । लिगमा गत वर्ष दोस्रो चरणमा पुग्न सफल पाँच र भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट छानिएका पाँचगरि कूल १० टोलीको सहभागिता रहनेछ ।

 क्वीनबेल अकोसुआ अमनक्रा, तस्विर सौजन्यः संकटाको फेसबुकबाट ।

संकटा छनोट प्रतियोगिताबाट आएको टोली हो । अपराजित रहँदै समूह ‘बी’को शीर्ष स्थानमा रहँदै संकटाले महिला लिगमा स्थान बनाएको थियो । सहभागि १४ टोलीमध्ये संकटा एक मात्र अपराजित टोली थियो ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||