फाल्गुन २५, २०८२ सोमबार | १९:२१:३०
विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि

काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन

काठमाडौं । कप्तान इशान पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा काठमाडौं जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश छनोटमा विजयी सुरुवात गरेको छ ।

काठमाडौंले सोमबारबाट सुरु छनोटको पहिलो खेलमा नुवाकोट जिल्लामाथि ५९ रनको जित हात पारेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंलाई जित दिलाउन इशानले ८४ बलमा सर्वाधिक ९५ रन बनाउँनुको साथै महत्वपुर्ण ५ विकेट समेत लिएका थिए ।

पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभरमा ९ विकेट गुमाएर २४५ रन जोडेको थियो । काठमाडौंका इशान ९५ तथा उत्तम थापा मगर ३६ रनमा आउट भएका थिए । नुवाकोटको लागि इशान पालीले ४ तथा अफ्जल मन्सुरले ३ विकेट लिएका थिए ।

२४६ रनको लक्ष्य पछ्याएको नुवाकोटले ४८ ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउँन सक्यो । नुवाकोटका लागि दिनेश सुवेदी सर्वाधिक ५६ तथा अनुभब खनाल ३९ रनमा आउट भए । काठमाडौंका लागि कप्तान इशानले ९ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए ।

यस्तै आजै भएको अर्को खेलमा भक्तपुर जिल्लामाथि ललितपुरले २३ रनको जित हात पारेको छ । पहिले ब्याटिङ गरेको ललितपुरले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रनको योगफल तयार गरेको थियो ।May be an image of text that says 'MAX TIGER ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's On ne Province Selection Cricket Teurnament MATCH SUMMARY DAY 1 MATCH NO 1/UPPER MULPANI TOSS: BHAKTAPUR WON THE TOSS ELECTED TO FIELD LALITPUR DISTRICT RONIM TIWARI 266-8 88 (89) 50 SANCHIN LEKHAK BISHAL SHAH AN 30 (51) 3-47 20E65 SUBASH KHATRI 2-44 DISTRICT KRISH KARKI 93 (82) 243-10 (49.2) RINGZIN LAMA PANKAJ PANDEY 41 41(57) 3-43 TILAK RAJ BHANDARI 2-38 LALITPUR DISTRICT WON BY BY 23 RUNS Organized Tile KpoBA PLAYER OF THE MATCH: RONIM TIWARI Poweredby NedkcaiPartner Medieal Partner HAPPYDENT SPARLIOSMILE EMILE'

माथिल्लो मुलपानी मैदानमा भएको खेलमा ललितपुरका ओपनर रोनिम तिवारी ८९ तथा कप्तान आशुतोष घिरैया २८ रनमा आउट भए । भक्तपुरका लागि विशाल शाहले ३ तथा सुवास खत्री र सक्रिय कार्कीले समान २ विकेट लिए ।

२६७ रनको लक्ष्य पछ्याएको भक्तपुर ४९ दशमलब २ ओभरमा २४३ रनमा अल आउट भएको थियो । भक्तपुरका लागि कप्तान कृश कार्की ९३ तथा सुवास खत्री ३७ रनमा आउट भए । ललितपुरका लागि पंकज पाण्डेले ३ तथा सुर्य तामाङ र तिलक राज भण्डारीले समान २ विकेट लिए ।

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||