फाल्गुन २५, २०८२ सोमबार | २०:३६:१८
विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि

विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो

काठमाडौं । अर्को वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपको १०औं संस्करणमा पुग्ने बंगलादेशको चुनौती समाप्त भएको छ ।

सोमबार एएफसी एसियन कपमा लगातार तेस्रो हार बेहोर्दै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । एसियन कपबाट बाहिरिएसँगै बंगलादेशको सपना समाप्त भएको हो ।

जितबाहेक विकल्प नरहेको समूह ‘बी’को अन्तिम खेलमा बंगलादेशले उज्वेकिस्तानसँग ४-० को नमिठो हार बेहोर्यो । उता यो जितले उज्वेकिस्तानलाई क्वार्टरफाइनलमा पुर्याएको छ ।

यो समूहबाट चीन र उत्तर कोरियाले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेका थिए । उज्वेकिस्तान उत्कृष्ट तेस्रो स्थानका आधारमा अर्को चरण पुगेको हो । पर्थ रेक्ट्याङ्गुलर रंगशालामा उज्वेकिस्तानका लागि नोजिमोभाले दुई तथा खबिबुलाएभा र कुद्रातोभाले एक-एक गोल गरे । तीन गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

आजै भएको समूहको अर्को खेलमा चीनले कोरियाको चुनौती २-१ ले पन्छायो । जितसँगै चीनले शीर्ष स्थानमा रहेर पहिलो चरणको अन्त्य गर्यो ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ । सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतियोगितामा दक्षिण एसियाबाट बंगलादेश र भारतले प्रतिनिधित्व गरिरहेका छन् । भारतको पनि सम्भावना न्युन छ । दुई खेल सकिँदा भारतले एक अंक पनि जोड्न सकेको छैन । समूह ‘सी’को अन्तिम खेलमा भारतले मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को चरणमा जाने हो भने भारतले चाइनिज ताइपेइलाई कम्तिमा पनि १२ गोलको अन्तरले पराजित गर्नुपर्नेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||