कार्तिक १५, २०८२ शनिबार | १५:२२:१५
दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

आरभ र अभिलाषाको जोडीलाई उपाधि

अभिलाषा विष्ट, फाइल तस्विर ।

काठमाडौं । आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि  जितेका छ ।

शुक्रबार सम्पन्न फाइनलमा आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार च्याम्पियन बने । उनले फाइनलमा सन्तोष खत्रीलाई २-६, ६-१, १०-५ ले हराए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्रले इमल दीक्षितसँग मिलेर अर्को स्वर्ण  पदक हात पारे । उक्त जोडीले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६-३, ६-४ को सोझो सेटमा हरायो  ।

५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही पहिलो भए । उनले फाइनलमा विमलकुमार गुरुङलाई ६-४,७-५ ले निरास बनाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई सीधा सेटमा ६-१, ६-४ ले हराए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणको जोडीमाथि ७-६, ७-५ को जित दर्ता गर्यो ।

५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६-१, ६-३ ले हराउँदै स्वर्ण  पदक हात पारे ।

प्रतियोगितअन्तर्गत अब दुई स्पर्धाको फाइनल हुन बाँकी छ । अन्तिम दिन शनिबार पुरुष सिंगल्समा निशान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्ट भिड्ने छन् ।


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।