चैत्र ७, २०८२ शनिबार | २२:४९:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पलेशाको पुरस्कार रकममा कर नकाटिने

पलेशा गोबर्धनसँग प्रभानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सरकारले कर कट्टा नगरी ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकममा कुनै कर नकाटिने घोषणा गरे ।  

पेरिस पारा ओलम्पिकमा के-४४ अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

उनी ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी  हुन् ।

प्रधानमन्त्री ओलीले यो उपलब्धी इतिहासमा लेखिने भन्दै अझ धेरै गर्न बाँकी रहेको बताए ।

‘यस पटक हामीले पारा ओलम्पिकमा सहभागितामा मात्रै सिमित भएनौं । पलेशाको जित नेपालीको जित हो । नेपालको इज्जत बढाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो उपलब्धी इतिहासमा लेखिने छ । तर एउटै उपलब्धीमा चित्त बुझाएर बस्नु हुँदैन । यो त सुरुआत मात्रै हो, अझ धेरै गर्न बाँकी छ ।’

प्रधानमन्त्री ओलीले प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि सम्मान गरेका थिए ।

गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो