माघ १४, २०८२ बुधबार | ०७:०२:०५
श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा

ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन

काठमाडौं । शिव बाबा स्कुल दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।

ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न एकदिन च्याम्पियनसिपमा १८ स्कुललाई पछि पार्दै शिव बाबा च्याम्पियन भएको हो ।

काठमाडौँको खुसिबुस्थित ह्वाइटफिल्ड स्कुलमा भएको च्याम्पियनसिपमा शिव बाबा सर्वाधिक १६ स्वर्ण जित्दै च्याम्पियन बन्यो ।

शिव बाबा स्कुलले थप ६ रजत र ११ कांस्य पदक पनि जित्यो । जेसिस इन्टरनेसनल बोर्डिङ स्कुल दोस्रो भयो । जेसिसले १४ स्वर्ण, ११ रजत र १२ कांस्य पदक जितेको थियो ।

आयोजक ह्वाइटफिल्ड स्कुलले तेस्रो स्थान प्राप्त ग¥यो । आयोजकले ११ स्वर्ण, १३ रजत र ७ कांस्य पदक जित्यो ।

प्रतियोगितामा कूल १९ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेतालाई ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा उनले प्रतियोगिताबाट तेक्वान्दो खेल विकासमा महत्वपूर्ण योगदान दिने आशा व्यक्त गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य तथा तेक्वान्डो संघका उपाध्यक्ष भानबहादुर चन्दले खेलकी रेफ्री अस्मिता खड्कालाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गरे । ग्योरोगीतर्फ चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाएका छन् ।

ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा भएको ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए । स्पिड किकमा तीन वटा पेटी (बेल्ट) समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ ।

ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गल्र्स र ब्वाइजमा गरी कुल ८० तौल समूहमा प्रतिस्पर्धा भएका थिए ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate