काठमाडौं । जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौं टिआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कांस्य गरी ११ पदक जितेका छन् ।
पुम्सेमा रोजेन प्रजापती र मुविक्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको टोली प्रमूखको रुपमा कोलकाता गएका डोजाङका प्रमूख राजेश प्रजापतीले जानकारी गराएका छन् ।
ग्योरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजिव गुरुङ र मुविक्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कांस्य पदक जितेका थिए ।
प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियलका रुपमा सहभागी भएका थिए । प्रतियोगिता भारतको कोलकातास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा डिसेम्बर २१ देखि २३ तारिखसम्म भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
