चैत्र ६, २०८२ शुक्रबार | ०१:३९:४०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक

यु–१९ ब्वाइज टिम इभेन्टका स्वर्ण पदक विजेता नेपाली टोली ।

काठमाडौं । दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा घरेलु टोली नेपालले एक स्वर्ण, ६ रजत र पाँच कांस्य गरि १२ पदक जितेको छ ।

 यु-१५ र १९ उमेर समूहमा १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण पदक भारतले कब्जा गर्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले नेपाललाई स्वर्ण पदक दिलाए ।

सोही स्पर्धाको गर्ल्समा नेपालका इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले रजत  पदक जिते । इभाना र वियंकाको जोडीले यु-१९ गर्ल्स डबल्समा पनि रजत पदक हात पारे । यु-१५ गर्ल्स डबल्समा नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडीले रजत पदक प्राप्त गरे ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत  पदक प्राप्त गरे । यु–१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी तथा यु-१५ ब्वाइज डबल्समा नेपालका प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी रजत पदक जित्न सफल भए ।

प्रतियोगिताका पदक विजेतालगायत ।

यु-१५ गर्ल्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यु-१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यु-१५ गर्ल्स सिंगल्समा शुभश्री, यु-१९ गर्ल्स सिंगल्समा इभाना, यु-१५ ब्वाइज सिंगल्समा प्रजिल भट्टराई तथा यु-१९ ब्वाइज सिंगल्समा गनञ्जय दाहालले कांस्य पदक जिते ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, महासचिव कुँवेरप्रकाश सिंहलगायतले पुरस्कृत गरे ।

चार दिने प्रतियोगितामा भुटान बाहेक ६ दक्षिण एसियाली राष्ट्रका ८५ खेलाडी सहभागी थिए । यु-१९ को ब्वाइज/गर्ल्स टिम इभेन्टका शीष दुई टोली टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट भएको आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो