काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा १७ अंक जोडेको चर्च ब्वाइज छैटौं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन आयर्न नेगीले दुई तथा सुशन थापामगरले एक गोल गरे । आर्मीका लागि सोहित वाइबाले गोल गरे ।
खेलको ३४औं मिनेटमा आयर्नको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ११ मिनेट पछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
सोहितले ५८औं मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर इन्जुरी समयमा सुशनले गोल गर्दा चर्च ब्वाइजको जित पक्का भयो ।
भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team