श्रावण १८, २०८२ आइतबार | ०१:३८:१७
युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’ युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’

महिला लिग छनोटको उद्घाटन खेलमा छहारी र रिएले भिड्ने

काठमाडौं। एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार  सर्वाजनिक गरेको तालिकाअनुसार यी दुई बीचको खेल भदौ २७ गते हुनेछ ।

उद्घाटन खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मध्यान्ह १२ः३० बजे सुरु हुनेछ। सोही दिन दिउँसो चार बजे सुरु हुने खेलमा संकटा फुटबल क्लब र नेपाल खेलकुद क्लब भिड्ने छन् ।

छनाेट प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ। जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब छन् ।

यसअघि असार पहिलो साता एन्फाले महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा रहेकामध्ये चित्लाङ एफसी र कन्काइ खेलकुद प्रतिस्ठानले समयमा कागजात नबुझाएपछि प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

प्रतियोगिताबाट शीर्ष पाँच टोली मुख्य प्रतियोगिताका लागि छनोट हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

‘हरेक समूहका शीर्ष दुई टोलीले सिधै मुख्य प्रतियोगितामा स्थान पक्का गर्नेछन् । यसैगरी तेस्रो स्थानमा रहने टोलीबीच प्ले अफ खेलाइने छ । प्ले अफमा विजयी हुने टोलीले पनि मुख्य प्रतियोगिता खेल्नेछ,' प्रवक्ता शाहले 

मुख्य प्रतियोगितामा तीन विभागीय टोली एपिएफ, आर्मी र पुलिससहित बागमती युवा क्लब र वालिङ नगरपालिकाले स्थान पक्का गरिसकेका छन् । 


भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team