माघ ३, २०८२ शनिबार | २२:०६:०१
प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो

नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने

काठमाडौं । नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करण यही कार्तिक १४ र १५ गते हुने भएको छ ।

बिहीबार आयोजनक नेपाल स्विमिङ क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा हुने प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिहएको नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए । प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको संख्या बढाउनुका साथै पौडीको स्तरलाई उकास्न सहयोग गरिरहेको न्यौपानेले तर्क गरे ।

‘प्रतियोगिताले छोटो समयमै नेपालगन्जमा पौडी खेलको सम्भावनालाई बढाउँदै लगेको छ । राष्ट्रिय स्तरमा पहिचान बढाएको छ । दोस्रो संस्करणले प्रतियोगिताको स्तरलाई बढाउन थप सहयोग गर्नेछ,’ न्यौपानेले भने ।

प्रतियोगितामा यु-८, यु-१०, यु-१२, यु-१४, यु-१७ र अतिरिक्त उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा यु-८ समूहका खेलाडीले २५ मिटर, यु-१० ले ५० मिटर, यु-१२ र यु-१४ ले ५० र १०० मिटर तथा खुला समूहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणी अधिकारीले बताए ।

प्रतियोगितामा सहभागी हुने बाँके जिल्लाभन्दा बाहिरका खेलाडीहरुलाई निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था आयोजकले गर्नेछ । उद्घाटन समारोहमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमानश्रेष्ठ, लुम्बिनीप्रदेश खेलकुद परिषदका पदाधिकारीलगायत अतिथीहरुको सहभागिता रहनेछ । प्रतियोगिता आयोजना गर्न लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषदलगायत विभिन्न व्यापारिक प्रतिष्ठान, बैंक, अस्पताल, उद्यमि, व्यवसायीहरुको सहयोग रहेको अधिकारीले जानकारी गराए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate