काठमाडौं । काठमाडौं जिल्ला त्रिकोणात्मक सिरिजको उपाधी घरेलु टोलीले जितेको छ ।
मंगलबार सम्पन्न लिगको अन्तिम ललितपुरलाई ९१ रनले हराउँदै काठमाडौंले सिरिज जितेको हो ।
मंगलबार तल्लो मुलपानी मैदानमा काठमाडौंले पहिले ब्याटिङ गर्दै ३९ ओभरमा सबै विकेट गुमाएर १८५ बनाएको थियो । काठमाडौका लागि प्लेयर अफ दि म्याच सोनु देवकोटाले नटआउट ६२ बनाए । उनले ४५ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर रित गौतमले ६६ बलमा ६० रनबनाउँदै आउट भए ।
जवाफी ब्याटिङ ललितपुर २२ दशमलब ५ ओभरमा ९४ मा अलआउट भयो। ललितपुरका लागि आदिल खानले सर्वाधिक २३ रन जोडे । जोय थापाले १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
बलिङमा काठमाडौका सन्दीप पराजुली, सुमन विश्वकर्मा, दयानन्द मण्डल र धिरज देउवाले समान २ विकेट लिए।
काठमाडौं जिल्ला क्रिकेट संघले उपत्यकाका तीन टोलीबीच आयोजना गरेको सिरिजको लिग चरणमा तीनै टोलीले समान १ खेल जितेका थिए । समान अंक भए पनि रनरेटको आधारमा शीर्ष स्थानमा रहेको काठमाडौं विजेता बनेको हो ।
तीन जिल्लाको सहभागीता रहेको सिरिज शनिबारबाट सुरु भएको थियो ।
