फाल्गुन १९, २०८२ मंगलबार | १९:१४:४३
साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी

एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित

काठमाडौं । एएफसी महिला एसियन कपको आफ्नो ऐतिहासिक पहिलो खेलमा बंगलादेशले साबिक विजेता चीनसँग २-० को हार बेहोरेको छ ।

मंगलबार सिड्नीस्थित वेस्टर्न सिड्नी रंगशालामा दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए । जितसँगै समूह ‘बी’मा रहेको चीनले तीन अंक जोडेको छ ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा वाङ स्वाङले बक्स बाहिरबाट गोलकिपर मिली अक्तरलाई बिट गरेकी थिइन् । इन्जुरी समयमा जाङ रुइको प्रहार विपक्षी रक्षकसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा बंगलादेश सुरुआती गोलको निकै करिब थियो । तर, अट्याकिङ मिडफिल्डर रितु पोर्ना चक्माको लेफ्ट फुटेड सुन्दर प्रहार चीनकी गोलकिपरले बचाइन् । त्यसपछि चीनले गरेको गोललाई ‘भिएआर’पछि अफसाइड दिइयो ।

एसियन कपको २१औं संस्करण आइतबारबाट सुरु भएको हो ।

अस्ट्रेलियाका तीन सहर पर्थ, गोल्ड कोस्ट र सिड्नीमा हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गरिरहेका छन् । दक्षिण एसियाबाट बंगलादेशले ऐतिहासिक पहिलो पटक महादेशीय प्रतियोगिता खेलिरहेको छ । त्यस्तै भारतको यो नवौं अनुभव हुनेछ ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ । सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछ ।

बंगलादेश रहेको समूहमा चीनसँगै दक्षिण कोरिया र उज्वेकिस्तान छन् । बंगलादेशले आफ्नो दोस्रो खेलमा शुक्रबार उत्तर कोरियासँग खेल्नेछ ।

गत जुनमा उज्वेकिस्तानविरुद्ध दूर्भाग्यजनक हार बेहोरेसँगै नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको थियो ।

भारत समूह ‘सी’मा छ । बुधबार भारतले आफ्नो पहिलो खेलमा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||