काठमाडौं । नेपाली पौडीबाज अथर्व सिंहले ११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५०० मिटर फ्रिस्टाइलमा १७ मिनेट ४३.५७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । उनले १० वर्षअघि शिरिष गुरुङले कायम गरेको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान तोडे ।
सोही स्पर्धामा कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिए ।
अथर्वले ४०० मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डको अर्को कीर्तिमान बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै कायम गरेको गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
