काठमाडौं । नेपाली पौडीबाज अथर्व सिंहले ११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५०० मिटर फ्रिस्टाइलमा १७ मिनेट ४३.५७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । उनले १० वर्षअघि शिरिष गुरुङले कायम गरेको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान तोडे ।
सोही स्पर्धामा कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिए ।
अथर्वले ४०० मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डको अर्को कीर्तिमान बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै कायम गरेको गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
