फाल्गुन १९, २०८२ मंगलबार | २०:००:४०
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । । माल्दिभ्समा मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मंगलबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले फरवार्ड धर्मेन्द्र कुंवरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली तयार पारेको हो ।

गत माघ २५ गते पहिलो चरणको छनोटका लागि ८० खेलाडीलाई बोलाइएको थियो । तीन दिनपछि दोस्रो चरणको छनोटका लागि ४० खेलाडी छानिएका थिए ।

फागुन १३ गते फाइनल चरणका लागि ३० खेलाडी छानिएका थिए । ६ दिनपछि सात खेलाडी बाहिरिएका हुन् ।

समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ । सोही दिन समूह ‘ए’ अन्तर्गतनै राति ९ः१५ बजे घरेलु टोलीले श्रीलंकासँग खेल्नेछ ।

सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन् । सिंगल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

भुटानपछि नेपालले मार्च २५ मा श्रीलंका र २७ मा माल्दिभ्ससँग खेल्नेछ ।

माथिल्लो उमेर समूहको यो प्रतियोगितामा नेपालको टचलाइन लगातार तेस्रोपटक उर्जन श्रेष्ठले सम्हाल्दैछन् । यसअघि श्रेष्ठले सन् २०२४ मा घरेलु भूमिमा सम्पन्न छैटौं संस्करण अनि गत वर्ष भारतमा भएको सातौं संस्करणमा टोलीको नेतृत्व गरेका थिए ।

माथिल्लो उमेर समूहमा नेपाल दुईपटकको च्याम्पियन हो । काठमाडौंमा सम्पन्न पहिलो र थिम्पुमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जितेको थियो । त्यसयता नेपाल एकपटक उपविजेता बनेको छ ।

दुई वर्षअघि श्रेष्ठको टोली बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । सातदोबाटोमा भएको फाइनलमा नेपाल ४-१ ले निराश बनेको थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||