काठमाडौं । स्पेनिस महारथी क्लब रियाल मड्रिड स्पेनिस ला लिगामा घरमै पराजित भएको छ ।
सोमबार राति सान्तियागो बर्नाबेउमा भएको खेलमा रियाल गेटाफेसँग १–० ले स्तब्ध भयो । यो हारपछि उपाधि यात्रामा रियाललाई धक्का लागेको छ ।
रियालसँग शीर्ष स्थानको बार्सिलोनाले स्पष्ट चार अंकको अग्रता बनाएको छ । रियालको २६ खेलबाट ६० अंक छ । बार्सिलोनाको ६४ अंक छ । रियाललाई गेटाफेलाई हराउँदै अंकदूरी एक अंकमा झार्ने अवरस थियो ।
रियाललाई हराएको गेटाफे भने ११औं स्थानमा उक्लियो । २६ खेलबाट गेटाफेको ३२ अंक रहेको छ ।
बर्नाबेउममा ६५ हजार समर्थकमाझ मार्टिन साट्रियानोले निर्णायक गोल गरेका थिए । उनले खेलको ३९औं मिनेटमा भली गोल गरेका हुन् । रियालका रक्षकहरुले राम्रोसँग क्लियर गर्न नसकेको बललाई उनले बक्स बाहिरबाट सानदार गोल गरेका हुन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
