फाल्गुन १९, २०८२ मंगलबार | ०९:३४:३५
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का

खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले आफ्नो खेलाडीलाई जरिवाना गराएको छ ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेकोे विश्वकपमा पाकिस्तान सुपर ८ को समूह ‘२’ बाटै बाहिरिएको थियो । सुपर ८ को अन्तिम खेलमा श्रीलंकालाई पाँच रनले पराजित गरेपनि नेट रनरेटका कारण पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरियो ।

त्यसपछि पिसिबीले विश्वकप खेलेका प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (१८ हजार अमेरिकी डलर) जारिवाना गराएको जनाएको छ ।  पिसिबीले जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको हो ।

विश्वकपको समूह ‘ए’मा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो । यही खेलपछि टिमलाई जरिवाना गरिएको बताएको छ ।

पिसिबीले राष्ट्रिय खेलाडीहरूको चार समूह वर्गीकरण गरेर पारिश्रमिक दिने गरेको छ । अब, त्यही पारिश्रमिकबाट काटिने बताइएको छ ।

श्रेणी ‘ए’का खेलाडीले प्रतिमहिना बोर्डबाट ६५ लाख पाकिस्तानी रुपैयाँ पाउँछन् । यसैगरी, ‘बी’का खेलाडीले ४५ लाख , समूह ‘सी’मा रहेका खेलाडीले २० लाख र समूह ‘डी’का खेलाडीले बोर्डबाट प्रतिमहिना १२.५० लाख पाकिस्तानी रुपैयाँ पाउँदै आएका छन् । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||